मिनी नेपालमा विद्यालय प्रशासन भन्नाले के बुझिन्छ ?

मिनी नेपालमा विद्यालय प्रशासन (एडमिन) भन्नाले डिजिटल विद्यालय पेज सञ्चालन, व्यवस्थापन र नियन्त्रण गर्ने प्रमुख व्यक्तिलाई बुझाउँछ । विद्यालय प्रशासनको नाम, इमेलबाट डिजिटल विद्यालय रहन्छ । मिनी नेपालको देखि विद्यालयको सम्पूर्ण गतिविधिहरूका नियन्त्रण, व्यवस्थापन र पूर्ण पहुँच (निमार्ण/सृजना गर्ने, थप्ने, हटाउने, निगरानी राख्ने) जस्ता महत्पूर्ण जिम्मेवारी तोकिएको व्यक्ति हो ।

विद्यालयको प्रशासन क्षेत्राधिकार सहितको जिम्मेवार व्यक्ति (प्रधानाध्यापक) वा प्रधानाध्यापकले तोकिएको व्यक्ति हुन सक्नेछन् । विद्यालय प्रशासकले सह एडमनि, सम्पादक शिक्षक, विषय शिक्षक, विद्यार्थी सहभागी गर्ने, हटाउने, स्थानान्तरण गर्ने, पोस्ट हेर्ने, हटाउने, सूचना, समाचार, गतिविधि देखि विद्यालयको सबै काम यहीबाट हुन्छ ।

सुरक्षा, गोपनीयता र जिम्मेवारीको सम्पूर्ण दायित्व विद्यालयको प्रशासकको हुन्छ ।

मिनी नेपालमा एडमिन (विद्यालय प्रशासन)काे नयाँ खाता बनाउनुहोस् । 

मिनी नेपालमा नयाँ खाता बनाउन mininepal.org मा जानुहोस् र नयाँ खाता सिर्जना गर्न लगइन मेन्युमा रहेको साइन अप  क्लिक गर्नुहोस्।

साइन अप मेन्युमा नाम, इमेल, फोन भरे पछि व्यक्तिगत प्रयोगकर्ता र विद्यालय भन्ने दुई विकल्प मध्ये विद्यालय भन्ने छाने र बुझाउनु पर्छ ।  याद गर्नुहोस् नयाँ खाता खोल्न, तपाईँले आफ्नो इमेल, मोबाइल फोन नम्बर आधिकारिक हो भन्ने पुष्टि गर्न आवश्यक छ।

यसको लागि मिनी नेपालमा पेस गर्नु भएको इमेलमा तपाईँलाई एक पिडिएफ फाइल पठाइएको हुन्छ ।  पिडिएफ फाइल अरू केही नभई स्वीकृति पत्र हो विद्यालयको । विद्यालयबाट पत्र स्वीकृतका लागि आधिकारिक हस्ताक्षर र विद्यालयको छाप लगाइ पुन पेस गर्नु पर्छ । मिनी नेपालको एडमिनले पत्रको प्रमाणीकरण पश्चात् सोही इमेलमा तपाईँलाई मिनी नेपाल मार्फत इमेल वा युजरनेम र पासवर्ड प्राप्त गर्नुहुन्छ । 

त्यही इमेल वा युजरनेम र पासवर्डबाट मिनी नेपालमा रहेको लगइन फारम राखे बुझाउनुहोस् । नयाँ पासवर्ड निर्माण गर्नुहोस् । 

यदि तपाईँलाई लग इन गर्न वा पासवर्ड भर्न समस्या छ भने, तपाईँको पासवर्ड कसरी रिसेट गर्ने जानकारी लिनुहोस्। 

नोट ः साइन अप काे लागि प्रयोग गरिएको इमेल नै विद्यालय प्रशासन (एडमिन) हुने भएकाले आधिकारिक इमेलको उपयोग गर्न प्रोत्साहन गरिन्छ ।  

मिनी नेपालमा लग इन गर्नुहोस् । 

मिनी नेपालमा लग इन गर्नः

www.mininepal.org मा जानुहोस् ।

मिनी नेपाल मुख्य पेजमा रहेको लगइन मेन्यु थिच्नुहोस् ।  

लगइन मेन्युमा इमेल वा युजरनेम मध्ये एउटा टाइप गर्नुहोस् : मिनी नेपालमा सूचीबद्ध तपाईँको इमेल वा युजरनेमबाट लग इन गर्न सक्नुहुन्छ।

युजरनेम र पासवर्ड राखेर लगइन मा  थिचेर मिनी नेपालमा लगइन गर्न सक्नुहुन्छ । 

यदि तपाईँलाई लग इन गर्न समस्या भइरहेको छ, तपाइले टाइप गर्नु भएको इमेल वा युजरनेम र पासवर्ड पुन चेक गर्नुहोस् । कहिलेकाहीँ स्पेस भएको वा कुनै अक्षर गलत टाइप भएको वा इमेल वा युजरनेम र पासवर्ड अगाडि, पछाडि स्पेस (खाली ठाउँ) भएको वा नभएको यकिन गरी तपाइले साइन अप गर्दा राख्नु भएको इमेल वा युजरनेम र पासवर्ड राखी लगइन गर्नुहोस् । 

यसरी पनि लगइन भएन भने पासवर्ड कसरी  रिसेट (पासवर्ड परिवर्तन गर्न) पासवर्ड बिर्सिनुभयो मा थिचेर नयाँ पासवर्ड निर्माण गरी पुन लगइन गर्नुहोस् । 

यति गर्दा पनि लगइन भएन भने मिनी नेपाललाई जानकारी गर्नुहोस् । 

विद्यालयको पेज सेट अप प्रक्रिया के के हुन ?

विद्यालयको पेज सेट अप प्रक्रियामा

क. विद्यालयको डोमेन नाम (विद्यालयको नाम छोटकरीमा राख्ने)

ख. विद्यालयको लोगो राख्ने

ग. विद्यालयको बारेमा

घ. विद्यालयको स्लाइड तस्बिरहरू

ङ. विद्यालयको फिचर फोटो

च. विद्यालयको ठेगाना (स्थानीय गाउँ टोल सहित)

छ. फोन नं. विद्यालयको (प्रशासकको साइन अप गर्दा नै हुन्छ)

ज. विद्यालयको वेबसाइट भए त्यसको लिङ्क राख्ने

झ. विद्यालयको सोसल मिडिया (फेसबुक, युट्युब, ट्युटर...) लिङ्क राख्ने

ञ. कोड (विद्यालयको इमिस कोड) राख्ने

ट. महत्त्वपूर्ण लिङ्कहरू (सरकारी वा स्थानीय सरकार वा कुनै महत्त्वपूर्ण) वेब लिङ्क राख्ने

जस्ता विवरणहरू राखी विद्यालयको मुख्य पेजको निर्माण गर्नुपर्ने हुन्छ ।

विद्यालयको कक्षा सेट अप कसरी गर्ने हो ?

विद्यालयको कक्षा सेक्सनहरू भए कक्षा अनुसारको सेक्सन थप्ने र विद्यालयको कक्षा अनुसार मिलाउनु पर्ने हुन्छ । यदि कुनै कक्षामा कुनै पनि सेक्सन छैन भने यसको सेट अप गरिरहनु पर्दैन ।