प्रगति विवरण भनेकाे के हाे ?

मिनी नेपाल भित्र विद्यालय, शिक्षक, विद्यार्थीहरूले परियोजना कार्य, सिकाइ गतिविधि, अन्तर्क्रिया, मूल्याङ्कन जस्ता गतिविधिहरूलाई स्वचालित गणना गरी महिना, त्रैमासिक, अर्धवार्षिक, वार्षिक रूपमा निरन्तर राखिने अभिलेख प्रगति विवरण भनिएको हो । प्रगति विवरणले विद्यालयमा के  कस्ता गतिविधि कुन सङ्ख्यामा भइरहेको छ भन्ने कुराको जानकारी प्रदान गर्छ । प्रगति विवरणमा विद्यालयको प्रगति विवरण, शिक्षक प्रगति विवरण र विद्यार्थी प्रगति विवरणहरू रहेका छन् ।   

विद्यालयको प्रगति विवरणमा कसरी पहुँच राख्न सकिन्छ ? 

विद्यालयको प्रगति विवरण विद्यालय ड्यासबाेर्ड पहिलो पेजमा छ । विद्यालय प्रशासनले यसको पहुँच सिधै लगइन गरेपछि प्राप्त गर्छन् । विद्यालयको प्रगति विवरणमा ड्यासबाेर्ड पेजमा कुल पोस्ट, कुल शिक्षक, कुल विद्यार्थी, कुल प्रयोगकर्ता, कुल स्थानीय सिकाइ पोस्ट, कुल सक्रिय पोस्ट, कुल विचाराधीन पोस्ट, कुल विद्यालय परिसर, कुल पब्लिक पोस्ट, कुल ५ रेटिङ प्राप्त विद्यार्थी, कुल ४ रेटिङ प्राप्त विद्यार्थी,  कुल ३ रेटिङ प्राप्त विद्यार्थी,  कुल २ रेटिङ प्राप्त विद्यार्थी,  कुल १ रेटिङ प्राप्त विद्यार्थी,  कुल परियोजना सिकाइ पोस्ट, कुल सक्रिय पोस्ट, कुल विचाराधीन पोस्ट, कुल विद्यालय परिसर, कुल पब्लिक पोस्ट, कुल ५ रेटिङ प्राप्त विद्यार्थी, कुल ४ रेटिङ प्राप्त विद्यार्थी,  कुल ३ रेटिङ प्राप्त विद्यार्थी,  कुल २ रेटिङ प्राप्त विद्यार्थी,  कुल १ रेटिङ प्राप्त विद्यार्थी जस्ता गतिविधिहरू समावेश गरिएका छन् । 

के विद्यालय प्रशासनले शिक्षक, विद्यार्थीको प्रगति विवरण माथि पहुँच राख्न सक्छन् ?

विद्यालय प्रशासनले शिक्षक, विद्यार्थी लगायत विद्यालयको सम्पूर्ण विवरण माथि पहुँच राख्न सक्छन् । विद्यालयको प्रगति विवरणहरू विद्यालय प्रशासन, सह प्रशासन (विद्यालयले प्रदान गरेको पहुँच) बाहेकका यसको पहुँच राख्न सक्दैनन् । 

विद्यार्थी प्रगति विवरणकाे पहुँच काे काे सँग हुन्छ ?

विद्यालयको प्रशासक, विषय शिक्षक र स्वयं विद्यार्थी बाहेक अरू कोही सँग विद्यार्थीको प्रगति विवरणको पहुँच हुँदैन । विद्यालयको प्रशासक र विषय शिक्षक हकमा  विद्यार्थीको प्रगति  विवरण ड्यासबाेर्डमा सूचिकृत भएका विद्यार्थीको नाम थिच्दा र विद्यार्थीको हकमा विद्यार्थीको प्रोफाइलमा प्रगति विवरण प्राप्त गर्न सकिन्छ । यो स्वचालित भएकाले कसैले थपघट गर्न सक्दैन । एक्सले रूपान्तरण गर्ने काम विद्यालय प्रशासक बाहेक अरूसँग यसको पहुँच हुँदैन । 

शिक्षक प्रगति विवरण पहुँच काे काे सँग हुन्छ ?

विद्यालयको प्रशासक र शिक्षक स्वयं बाहेक अरू कोही सँग शिक्षकको प्रगति विवरणको पहुँच हुँदैन । विद्यालयको प्रशासक ड्यासबाेर्डमा सूचिकृत भएका शिक्षकको नाम थिच्दा र शिक्षकको हकमा शिक्षकको ड्यासबाेर्डमा प्रगति विवरण उपलब्ध हुन्छ । यो स्वचालित भएकाले कसैले थपघट गर्न सक्दैन । एक्सले रूपान्तरण गर्ने काम विद्यालय प्रशासक बाहेक अरूसँग यसको पहुँच हुँदैन ।