मिनी नेपालमा नयाँ खाता बनाउनुहोस् । 

मिनी नेपालमा नयाँ खाता बनाउन mininepal.org मा जानुहोस् र नयाँ खाता सिर्जना गर्न लगइन मेन्युमा रहेको साइन अप  क्लिक गर्नुहोस्। याद गर्नुहोस् नयाँ खाता खोल्न, तपाईँले आफ्नो इमेल, मोबाइल फोन नम्बर पुष्टि गर्न आवश्यक छ।

प्राप्त फारममा मागे अनुसार आफ्नो नाम थर, इमेल, मोबाइल फोन नम्बर राखी व्यक्तिगत प्रयोगकर्ता छानेर बुझाउनुहोस् । 

इमेलमा तपाईँलाई मिनी नेपाल मार्फत इमेल वा युजरनेम र पासवर्ड प्राप्त गर्नुहुन्छ । 

त्यही इमेल वा युजरनेम र पासवर्डबाट मिनी नेपालमा रहेको लगइन फारम राखे बुझाउनुहोस् । नयाँ पासवर्ड निर्माण गर्नुहोस् । 

यदि तपाईँलाई लग इन गर्न वा पासवर्ड भर्न समस्या छ भने, तपाईँको पासवर्ड कसरी रिसेट गर्ने जानकारी लिनुहोस्।  

 

मिनी नेपालमा लग इन गर्नुहोस् । 

www.mininepal.org मा जानुहोस् ।

मिनी नेपाल मुख्य पेजमा रहेको लगइन मेन्यु थिच्नुहोस् ।  

लगइन मेन्युमा इमेल वा युजरनेम मध्ये एउटा टाइप गर्नुहोस् : मिनी नेपालमा सूचीबद्ध तपाईँको इमेल वा युजरनेमबाट लग इन गर्न सक्नुहुन्छ।

युजरनेम र पासवर्ड राखेर लगइन मा  थिचेर मिनी नेपालमा लगइन गर्न सक्नुहुन्छ । 

यदि तपाईँलाई लग इन गर्न समस्या भइरहेको छ, तपाइले टाइप गर्नु भएको इमेल वा युजरनेम र पासवर्ड पुन चेक गर्नुहोस् । कहिलेकाहीँ स्पेस भएको वा कुनै अक्षर गलत टाइप भएको वा इमेल वा युजरनेम र पासवर्ड अगाडि, पछाडि स्पेस (खाली ठाउँ) भएको वा नभएको यकिन गरी तपाइले साइन अप गर्दा राख्नु भएको इमेल वा युजरनेम र पासवर्ड राखी लगइन गर्नुहोस् । 

यसरी पनि लगइन भएन भने पासवर्ड कसरी  रिसेट (पासवर्ड परिवर्तन गर्न) पासवर्ड बिर्सिनुभयो मा थिचेर नयाँ पासवर्ड निर्माण गरी पुन लगइन गर्नुहोस् । 

यति गर्दा पनि लगइन भएन भने मिनी नेपाललाई जानकारी गर्नुहोस् । 

 

मिनी नेपालको खाता छ तर विद्यालयमा सहभागी हुन चाहनुहुन्छ ।

विद्यालयमा सहभागी हुन तपाईँको विद्यालय मिनी नेपालमा सहभागी भएको नभएको सुनिश्चित हुनुहोस् यदि विद्यालय सहभागी छ भने 

मिनी नेपालमा लगइन गर्नुहोस् । 

मिनी नेपालमा रहेको तपाईँको विद्यालय पेज खोल्नुहोस् । 

विद्यालय पेज दाहिने पट्टि मेन्यु बार थिच्नुहोस् । 

मेन्युको सबैभन्दा माथि सहभागी देख्नुहुनेछ । 

सहभागी  क्लिक गरेपछि एक फारम देखा पर्छ । तपाइसँग पहिले नै मिनी नेपालमा खाता रहेकाले उक्त फारममा चाहिने सूचना स्वचालित भरिएको देखिन्छ । खाली भएको भागमा मागे बमोजिम सूचना र सन्देश राखी पठाउनुहोस् । 

विद्यालय एडमिनबाट स्वीकृति प्राप्त भए पश्चात् तपाइ सोही इमेल र पासवर्डबाट मिनी नेपाल र विद्यालय दुवैको प्रयोगकर्ता हुन सक्नुहुन्छ । 

यदि कुनै समस्या देखिएमा विद्यालय एडमिन वा मिनी नेपाललाई सम्पर्क राख्नुहोस् । 

मसँग मिनी नेपालको खाता अझै छ कि छैन भनेर कसरी थाहा पाउने ? 

यदि तपाईँले पहिले नै खाता सिर्जना गर्नुभएको छ र यो अझै पनि मिनी नेपालमा छ भने, हामी तपाईँलाई फेला पार्न मद्दत गर्न सक्छौँ।

तपाईँले आफ्नो खातासँग सम्बन्धित इमेल ठेगाना, मोबाइल फोन नम्बर वा युजरनेम नाम थाहा पाउन आवश्यक हुन्छ ।

इमेल वा युजरनेमबाट पासवर्ड बिर्सिनुभयो मा गई इमेल राखेर पठाउनु भयो र यदि तपाइले राख्नु भएको इमेल वा युजरनेम मिनी नेपालको सुचीमा समावेश रहेछ भने तपाईँको इमेलमा नयाँ पासवर्ड पठाउँछ । सोही इमेल र पासवर्डबाट तपाइ पुन मिनी नेपालमा जोडिन सक्नुहुन्छ । 

यदि तपाइले इमेल वा युजरनेम बिर्सनुभएको छ भने मिनी नेपालको खोज बारमा गएर मिनी नेपालमा रहेको खाता, फोन नं वा युजरनेम टाइप गरी खोज्न सक्नुहुन्छ ।  यसले यदि तपाइ मिनी नेपालमा हुनुहुन्छ भने प्रोफाइल देखाउँछ । एक चोटि तपाईँले खाता फेला पार्नुभयो, तपाईँ आफ्नो खाता प्रयोग जारी राख्न वा मेटाउन आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ।