प्रयोगका सर्तहरू

यी प्रयोगका सर्तहरूले तपाईँलाई मिनी नेपालको सेवा; तपाईँसँग एक प्रयोगकर्ताको रूपमा हाम्रो सम्बन्ध, अधिकार र जिम्मेवारीहरूको बारेमा बताउँछ र यसले हामी दुवैलाई मार्ग निर्देश गर्दछ ।  साधरणतया (कुनै कानुनी प्रावधान भन्दा बाहिर गएको वा उल्लङ्घन गरेको वा हाम्रो नीतिको बरखिलाफ देखिएको अपवाद बाहेक) हामी कुनै पनि प्रयोगकर्ता माथि निरीक्षण गर्ने तथा प्रयोगकर्ताले योगदान गरेका विषयवस्तुलाई मेटाउने वा हटाउने गर्दैनौ ।  यसको अर्थ यो हो कि सूचना सामाग्रीको निर्माण, सृजना, व्यवस्थापन र सम्पादकीय नियन्त्रण तपाईँको हातमा छ । हामी केवल यो सामग्रीको होस्ट (व्यवस्थापन, भण्डारण, प्रसारण) गर्छौ ।

समुदाय  – यी समुदाय जसले डिजिटल सिकाइका कृयालकपाहरुसँग जोड्दै सिकाइको स्थानीयकरण प्रवर्धन गर्ने प्रयोगकर्ताहरूको सञ्जाल– को मुख्य माध्यमबाट हाम्रा परिकल्पनाको लक्ष्यहरू प्राप्त हुन्छन् । अर्थात् समुदायले योगदान गर्छन् र हाम्रो साइट सञ्चालन गर्न मद्दत मिल्छ । 

प्रयोगकर्ता – तपाईँलाई एक योगदानकर्ता, सम्पादक, लेखक, सङ्कलक प्रयोगकर्ताको रूपमा स्वागत छ तर यसका लागि तपाईँले सोलार सिनेमा नेपालद्वारा सञ्चालित मिनी नेपालको प्रयोगका नीति तथा गोपनीयता नीतिहरूको पालना गर्नुपर्छ । त्यसका लागि सामान्यतः तपाईँले योगदान गर्नुहुने सबै सामग्रीहरू गैर व्यावसायिक प्रयोजनका लागि निःशुल्क र सार्वजनिक डोमेनमा उपलब्ध हुन आवश्यक छ ।

कृपया ध्यान दिनुहोस् कि तपाई नेपाल सरकारको कानुन र अन्य लागू कानुनहरू (जसमा तपाई बस्ने वा तपाईँले हेर्ने वा हेर्ने कानुनहरू समावेश हुन सक्छ) अन्तर्गत तपाईँले सार्वजनिक रूपमा पोस्ट गर्नुभएको सबै लेख, रचना, भिडियो, श्रब्यदृश्य, श्रव्य सामग्रीहरूको लागि कानुनी रूपमा जिम्मेवार हुनुहुन्छ । यसको अर्थ तपाईँले सामग्री पोस्ट गर्दा सावधानी अपनाउनु महत्त्वपूर्ण हुन्छ । यस जिम्मेवारी भित्र हाम्रा केही नियमहरू छन् जसले तपाईँलाई के गर्नुहुन्छ वा के गर्नुहुँदैन भन्ने दिशानिर्देश गर्छ जसमध्ये धेरै जसो तपाईँको आफ्नै सुरक्षा वा तपाई जस्तै अन्य प्रयोगकर्ताहरूको सुरक्षाको लागि हो । 

मिनी नेपालका सेवाहरू

सोलार सिनेमा नेपालद्वारा सञ्चालित मिनी नेपाल नेपालको मौलिक ज्ञान, सीप, अभ्यास विविधतायुक्त सामग्रीको वृद्धि, विकास र वितरणलाई प्रोत्साहन गर्छ र आम नेपाली समुदायका लागि नेपाल सम्बन्धीका पूर्ण सामग्री होस्ट गर्न समर्पित छ । हाम्रो भूमिका नेपाल भरीबाट सङ्कलन, निर्माण र सृजना भएका सामग्रीहरूको होस्ट गर्नु हो । यसको अलावा हामी निम्न बमोजिमका सेवाहरू उपलब्ध गराउँछौः

सामाजिक अभिव्यक्तिको मञ्चः हामी कुनै पनि व्यक्ति वा संस्थागत अनुभव र सृजनालाई सामाजिकीकरण गर्ने सामाजिक मञ्च उपलब्ध गराउँछौ। 

नेपालका मौलिक विवरणको खोज र उजागर गर्नेः  हाम्रा सेवाहरूले नेपालको मौलिक विवरणको खोज र उजागर गर्नका लागि सरल र सहज पहुँचको उपलब्धता गराउँछ । 

स्थानीय विविधताको डिजिटलकरणः मिनी नेपालले कुनै पनि निश्चित स्थानमा रहेका मौलिक विविधतायुक्त जानकारी वा तथ्य वा विवरणहरूलाई डिजिटलकरण सहयाेग गर्छ। 

डिजिटल सहजीकरणः हामीले प्रयोगकर्तालाई सफ्टवेअरहरु टुल्सहरु तेस्रो पक्षसँगको सहयोग र सहकार्यमा नेपालमा डिजिटल रूपमा पछि परेका वा पछाडि पारिएका समुदाय वा भूगोललाई केन्द्रबिन्दुमा राखी सबैलाई डिजिटल पहुँच सहयोग गर्नका लागि डिजिटल सहजीकरण गर्छौ ।  

बहु दृष्टिकोण र विविधीकरणः हामीले नेपालको समग्र जानकारी विवरणहरूलाई नेपाल जस्तै विविधता र बहु दृष्टिकोणबाट सुसज्जित बनाउन सहजीकरण गर्छाै।  

सुरक्षित इन्टरनेटको अभ्यासः मिनी नेपालले सुरक्षित इन्टरनेटको अभ्यासलाई प्रोत्साहन गर्दछ । 

अध्ययन र अनुसन्धानः हाम्रा सेवाहरू अझ राम्रो बनाउने विभिन्न तरिकाहरूको अनुसन्धान गर्छौ ।

यद्यपि हामी पूर्वाधार र सङ्गठनात्मक ढाँचा कायम राख्दै तपाईँले केही कुरामा ख्याल राख्नुपर्दछ ।

क. हामी सम्पादकीय भूमिका लिँदैनौँः मिनी नेपाल परियोजनामा निर्माण, सृजना वा सङ्कलन गरिएका सामग्रीहरूको होस्ट मात्र गर्ने भएकाले हामी सम्पादकीय भूमिका लिँदैनौ । 

ख. तपाईँ आफ्नो कार्यको लागि आफै जिम्मेवार हुनुहुन्छः तपाई मिनी नेपाल परियोजनाका लागि गर्नु भएको पोस्ट, अन्तर्क्रिया, योगदानका लागि कानुनी रूपमा जिम्मेवार हुनुहुन्छ । 

थप जानकारी प्रयाेगकर्ताकाे सर्तमा हेर्नुहाेस् । 

हामीले होस्ट गरेको सामग्री

हाम्रो सामग्री शैक्षिक जानकारी दिने उद्देश्यको लागि मात्र होः यद्यपि हामी ठुलो मात्राको सूचना एवं जानकारीको होस्ट गरेता पनि हामीले व्यावसायिक विषयसँग सम्बन्धित जानकारीहरू जस्तै चिकित्सा, कानुनी वा वित्तीय मुद्दाका विषयवस्तु पनि शैक्षिक जानकारीका उद्देश्यबाट राखिएको हुन्छ । यसलाई कुनै विषय विशेषज्ञको सुझाएको रूपमा लिनुहुदैन् । यस वेबसाइटमा समावेश कुनै पनि जानकारी, राय वा सल्लाहको सट्टामा सम्बन्धित व्यावसायिक विशेषज्ञबाट परामर्श लिनुहुन अनुरोध गर्दछौँ ।

थप जानकारी प्रयाेगकर्ताकाे सर्तमा हेर्नुहाेस् । 

निषेध गरिएका केही गतिविधिहरू

मिनी नेपालका परियोजनाहरू तपाईँजस्ता प्रयोगकर्ताहरूको सामग्री लेखन, सम्पादनसंगैको सहकार्य र सक्रिय सहभागिताको कारणले मात्र अस्तित्वमा छ । केही गतिविधिहरू, चाहे त्यो कानुनी होस् वा गैर कानुनी, जुन अन्य प्रयोगकर्ताहरूको लागि हानिकारक हुन सक्छ र हाम्रो नियमहरूको उल्लङ्घन गर्न सक्ने गतिविधिहरू तपाईँको लागि कानुनी दायित्वको विषय बन्न सक्छ । त्यस कारण, तपाईँ आफ्नै सुरक्षा र अन्य प्रयोगकर्ताहरूको सुरक्षाको लागि तपाईँले त्यस्ता गतिविधिहरूमा संलग्न हुन सक्नुहुन्न । यी समावेश भएका गतिविधिहरू;  

अरूलाई उत्पीडन र दुर्व्यवहार गर्ने गतिविधिहरू;

क. उत्पीडन, धम्की, पीछा लाग्ने, स्प्यामिङ वा तोडफोड संलग्न हुनु, 

ख. चेन मेल, जङ्क मेल वा अन्य प्रयोगकर्ताहरूलाई स्क्याम पठाउने,

ग. होच्याउने, गिज्याउने, घृणा भाव फैलाउने पोस्टमा संलग्न हुन, 

अरूको गोपनीयता उल्लङ्घन,

क. नेपाल सरकारको कानुन वा अन्य लागू कानुनहरू (जसमा तपाईँ बस्ने ठाउँ वा तपाईँले सामग्री हेर्ने वा पोस्ट गर्ने कानुनहरू समावेश गर्न सक्ने) अन्तर्गत अरूको गोपनीयता अधिकारहरू उल्लङ्घन गर्ने,

ख. मिनी नेपालको कुनै लिखित स्वीकृति बेगर कुनै प्रचार वा व्यावसायिक उद्देश्यका लागि वा उत्पीडन, शोषण वा गोपनीयताको उल्लङ्घन गर्ने कार्यमा व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी माग्ने,  

गलत सूचना सम्प्रेषण, नक्कल वा धोका दिने गतिविधिमा संलग्न,

क. जानाजानी वा जानी बुझी मान हानी वा हीनताबोध गर्ने विषय सामग्रीको पोस्ट गर्ने;

ख. धोका दिने वा बदला दिने नियतले भ्रामक वा गलत सामग्री पोस्ट गर्ने,

ग. कुनै अरू व्यक्ति वा प्रयोगकर्ताको नक्कली रूप धारण गर्ने प्रयास गर्ने वा कुनै व्यक्ति वा संस्थासँगको आफ्नो आबद्धतालाई गलत रूपमा प्रस्तुत गर्ने वा धोका दिने उद्देश्यले अर्को प्रयोगकर्ताको नामको प्रयोग गर्ने; र

घ .गलत नियत तथा धोका दिने गतिविधिमा संलग्न हुने,

दायित्व उल्लङ्घन गर्ने

क. प्रतिलिपि अधिकार, ट्रेडमार्क, पेटेन्ट वा लागू कानुन अन्तर्गत अन्य स्वामित्व अधिकारको उल्लङ्घन गर्ने,

ख. गैर कानुनी उद्देश्यका लागि हाम्रा सेवाहरूको दुरुपयोग गर्ने,

ग. बाल पोर्नोग्राफी वा बाल पोर्नोग्राफी सम्बन्धी लागू कानुनको उल्लङ्घन गर्ने वा अन्य सामग्री पोस्ट गर्ने,

घ. लागू कनुन अन्तर्गत गैर कानुनी रहेका अश्लील सामग्रीमा पोस्ट गर्ने वा प्रचार प्रसार गर्ने,

ङ. लागू कानुनसँग असङ्गत रूपमा सेवाहरूको प्रयोग गर्ने,

सेवाहरूलाई हानी गर्ने र गैर कानुनी दुरुपयोग गतिविधिमा संलग्न,

क. हाम्रो प्राविधिक पूर्वाधार वा प्रणाली वा हाम्रा प्रयोगकर्ताहरूलाई हानी पुर्‍याउन सक्ने कुनै पनि भाइरस, मालवेयर, वर्म, ट्रोजन हर्स, मालिसियस कोडा वा अन्य यन्त्र समावेश भएको सामग्री पोस्ट गर्ने वा वितरण गर्ने,

ख. साइटको स्वचालित प्रयोगहरूमा संलग्न भई गलत प्रयोग गर्ने वा सेवालाई हानी पुर्‍याउने र मिनी नेपालबाट लिखित स्वीकृति बेगरका कुनै पनि गतिविधिहरू गर्ने,

ग. वेबसाइट वा वेबसाइटसँग जडान भएका नेटवर्क वा सर्भरहरूमा अनावश्यक बोझ राखेर सेवाहरू अवरुद्ध गर्ने,

घ. वेबसाइटलाई अवरोध गरी परियोजनाले निर्दिष्ट उद्देश्य प्रति कटिबद्ध नभएको सूचना प्रवाह गर्ने वा प्रचार प्रसार गर्ने,

ङ. जानी बुझी वा जानाजानी वेबसाइट वा हाम्रो कम्प्युटर प्रणालीहरूमा गैर सार्वजनिक क्षेत्रहरू (गोप्य क्षेत्रहरूको) को विना स्वीकृति प्रयोग गर्ने र खोज्ने, स्क्यान गर्ने वा कुनै कमजोरी छ छैन भनी परीक्षण गर्ने कार्यहरू गतिविधिहरूमा संलग्न हुन निषेध गरिएको छ ।

थप जानकारी प्रयाेगकर्ताकाे सर्तमा हेर्नुहाेस् । 

सामग्रीको इजाजत पत्र

तपाईँ निम्न आवश्यक इजाजत पत्र दिन सहमत हुनुहुन्छः

क. बौद्धिक सम्पत्ति अधिकार प्राप्त भएको विषय सामग्रीहरूः तपाईँले सिर्जना गर्ने र शेयर गर्ने सामग्रीहरू जस्तो फोटो, भिडियो, अडियो, लेखन सामाग्री जस्ता तपाइले अपलोड गर्ने समाग्रीहरु बौद्धिक सम्पत्ति सम्बन्धी कानुनद्वारा सुरक्षित हुन सक्छन् ।

ख. प्रतिलिपि अधिकारको अनुसरणः मिनी नेपालले यो सुनिश्चित गर्न चाहन्छ कि हामीले होस्ट गरेका सामग्री अन्य प्रयोगकर्ताहरूले बिना डर, सही सदुपयोगका लागि सदुपयोग गर्न सक्छन् र यसले अरूको स्वामित्व अधिकारको हनन गर्दैन । 

थप जानकारी प्रयाेगकर्ताकाे सर्तमा हेर्नुहाेस् । 

वेबसाइटको व्यवस्थापन

परियोजनाका संस्करणहरूमा लागू हुने नीतिहरू सिर्जना र लागू गर्नमा प्रयोगकर्ता वा योगदान कर्ताको मुख्य भूमिका हुन्छ । मिनी नेपालको नीति र यसको कार्यान्वयनका बारेमा अनावश्यक हस्तक्षेप गर्दैन्। एक असामान्य अवस्था वा समस्याग्रस्त अवस्था वा समस्याग्रस्त प्रयोगकर्ताबाट हुनसक्ने परियोजनाको अवरोध वा खतरनाक व्यवहारको कारणबाट सुरक्षित राख्न सोधपुछ गर्न सक्छौ । यस्तो अवस्थामा, हामी हाम्रो अधिकारको सुरक्षित गर्छौ तर यसको कुनै पनि दायित्व छैनः

क. तपाईँले प्रयोग गर्नुभएको सेवाको न्यायिक जाँच गर्न अनुरोधहरूको जवाफ दिन,

ख. जो प्रयोगकर्ताले यी प्रयोगकर्ता सर्तहरू उल्लङ्घन गरेका छन्, यी प्रयोगका नियमको उल्लङ्घन विरुद्ध कानुनी कारबाही गर्ने हाम्रा प्रयोगकर्ता, इजाजतपत्रदाताहरु, साझेदारहरू र सर्वसाधारण अधिकार, सम्पत्ति र सुरक्षाको सुनिश्चित गर्ने हिसाबले व्यवस्थापन गर्न कुनै पनि दायित्व परियोजनाले लिने छैन ।

प्रयोगकर्ताको अख्तियारीलाई सीमित नगरी, मिनी नेपालले साँचो मनले गरेको आलोचना वा अन्यथा यी प्रयोगका सर्तहरू वा समुदायको हित विपरीत नहुने कुनै पनि आलोचनात्मक कार्य वा सुझावका कारणले गर्दा प्रयोग गर्न, योगदान गर्न वा प्रयोगकर्ताको खाता बन्द गर्ने वा प्रतिबन्ध लगाउने छैन ।

यद्यपि मिनी नेपालसँग कुनै प्रयोगकर्ता जसले यी प्रयोगका सर्त भङ्ग गरेको छ भने कसैको बिना स्वीकृति चेतावनी दिने, अनुसन्धान गर्ने, बन्द गर्ने वा प्रतिबन्ध लगाउने अख्तियारी रहेको छ ।

थप जानकारी प्रयाेगकर्ताकाे सर्तमा हेर्नुहाेस् ।