अनुदानकर्ता अभिलेख भनेको के हो ? 

कुनै पनि व्यक्ति संस्थाले स्वैच्छिक रूपमा (मापदण्ड) पुरा गरी सहयोग गर्नुभएको आर्थिक वा प्राविधिक वा विषय सामग्रीको कदर स्वरूप मिनी नेपाल भित्र अनुदान अभिलेख भित्र अनुदानकर्ताको परिचय र अनुदानकर्ताले अनुदान दिनु भएको विवरण उल्लेख गरी राखिएको कदर अभिलेखलाई अनुदानकर्ताको अभिलेख भनिएको हो । अनुदान अभिलेख  (अनुदानकर्ताको स्वीकृतिमा) यस महाअभियान सफल गर्नका लागि सहयोग गर्नु भएकोमा कदर स्वरूप राखिएको एक प्रकारको आलेख हो । 

मिनी नेपालले कस्ता अनुदानदाताहरूको अभिलेख राख्छ ? 

अनुदान अभिलेखका मापदण्ड पुर्‍याई रितपूर्वक र स्वैच्छिक रूपमा अनुदान दिएको अनुदानदाताहरूको अभिलेख राखिन्छ । तर अभिलेखमा राख्दा अनुदानकर्ताले अभिलेख राख्नका लागि स्वीकृति दिनुपर्ने हुन्छ ।

मिनी नेपालको साझेदार संस्थाहरू भनेको के हो ?

 मिनी नेपाल परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षिय सहकार्यहरू जस्तै नीतिगत, प्राविधिक तथा आर्थिक सहकार्यहरू आवश्यकता पर्दछन् । ती सहयोग वा सेवाहरू प्रदायक कुनै पनि संस्थासँग मिनी नेपालको यस महाअभियान कार्यान्वयन गर्ने दायित्व, कर्तव्य वा अधिकारहरू साझा गर्ने वा बाँडफाँड गर्ने वा साझेदारी गर्ने कुनै पनि सङ्घसंस्थालाई मिनी नेपालको साझेदार संस्था भनिन्छ । साझेदार संस्थाबाट सेवा, सुविधा, सहयोग र सहकार्य एक आपसमा आदान प्रदान हुन्छ ।  

 मिनी नेपालका साझेदार संस्था किन बन्ने? 

मिनी नेपाल एक महाअभियान हो । यो देशव्यापी छ । नेपालमा भएका वा रहेका मौलिक/स्थानीय/लोक ज्ञान, सीप, अभ्यास, तथ्य, विवरणको सङ्कलन, विश्लेषण गरी ज्ञान निर्माण गर्न समुदायमा रहेका युवा, विद्यार्थी, शिक्षक, विद्यालय, विषय विज्ञ, प्राविधिक, स्वतन्त्र व्यक्तिलाई सशक्त बनाई सहभागिता गराउने र उक्त ज्ञानलाई निःशुल्क रूपमा विश्वव्यापी रूपमा प्रकाशन गर्ने काम गर्छ । यस कार्यका लागि देशैभरका समुदाय, प्रयोगकर्ता, अनुदानकर्ता, पाठकका रूपमा ठुलो परिमाणमा जनसहभागिता रहन्छ । 

मिनी नेपालको यस महाअभियानमा तपाई साझेदारीले अझ प्रभावकारी, सरल र सहज बन्न सहयोग भन्नेमा निश्चित छौ । हाम्रो साझेदारीले मिनी नेपालको लक्ष्य र उद्देश्य प्राप्तिका सहयोगी मात्रै नभई तपाईँको लक्ष्य र उद्देश्य प्राप्तिमा पनि सहयोगी बन्न सक्छ । स्पष्ट रूपमा भन्नुपर्दा परस्पर सहयोग र सहकार्य मार्फत हामी हाम्रो र हाम्रा साझेदारका  लक्ष्य र उद्देश्य प्राप्तिको लागि परिपूरक बन्नुपर्छ भन्नेमा कटिबद्ध छौ । 

मिनी नेपालका साझेदार संस्था बन्न के गर्नु पर्छ? 

मिनी नेपालको साझेदार हुन चाहनु हुन्छ भने तपाईँलाई स्वागत छ । मिनी नेपालको साझेदार बन्नका लागि तपाईँले अभिलेख भित्र गई हामीलाई सूचना दिन सक्नुहुन्छ । हामी तपाई सँग साझेदार गर्न पाउँदा खुसी महसुस गर्छौ ।