गोपनीयता नीति

स्वागतम !

मिनी नेपाल अभियान नेपालको समग्र जानकारीहरू के छन्, के थिए, कस्तो हुन सक्ला भन्ने आधारभूत सिद्धान्तमा आधारित छ । नेपालमा रहेका यी बहुपक्षिय विविधतायुक्त सूचना जानकारीहरूको सङ्कलन, विश्लेषण र निमार्ण बृहत् साझेदारी र सहकार्य नगरी सम्भव छैन । तसर्थ मिनी नेपाल निर्माणको लागि बहुपक्षिय प्रयोगकर्ताहरूको सहभागिता (एक थुकी सुकी हजार थुकी समुन्द्र भनेझै) आवश्यकता छ । यस कारण हामी हाम्रा प्रयोगकर्ताहरूको सहभागिता, सहकार्य र साझेदारीले मात्र हामीले मिनी नेपालका साइटलाई थप प्रयोग योग्य, सुरक्षित र थप लाभदायक बनाउन नयाँ तरिका खोज्न सक्छौ । हामी सूचना सङ्कलन र प्रयोगको पारदर्शिता होस भन्नेमा विश्वास गर्दछौ । यो गोपनीयता नीतिले सोलार सिनेमा नेपाल, एक गैर-नाफामूलक परोपकारी संस्थाद्धार सञ्चालित मिनी नेपालले कसरी होस्ट गर्छ र तपाईँले मिनी नेपाल साइटको प्रयोग मार्फत तपाईँको कस्ता जानकारीको सङ्कलन, प्रयोग, शेयर (साझा) गर्छ भन्ने बारेमा व्याख्या गर्दछ । मिनी नेपालको साइट प्रयोग गरेर तपाई यस गोपनीयता नीतिमा वर्णन गरिए अनुसार तपाईँको जानकारीको सङ्कलन, स्थानान्तरण, प्रशोधन, भण्डारण, खुलासा र प्रयोग गर्न सहमत हुनुहुन्छ । यसको मतलब यो नीति ध्यानपूर्वक पढ्नु महत्त्वपूर्ण हुन्छ ।

हामी विश्वास गर्छौ कि तपाईँले नेपाल सम्बन्धी निःशुल्क ज्ञानको निर्माण गर्ने महाअभियानमा सहभागी लिनको लागि व्यक्तिगत जानकारी र गैर व्यक्तिगत जानकारी प्रदान गर्नुपर्छ । अर्थात् मानक खाताको लागि साइन अप गरी मिनी नेपालको साइटहरूमा सामाग्री पोस्ट गर्न र अन्तर्क्रिया सहभागी हुन तपाईँले आफ्नो वास्तविक नाम, ठेगाना वा जन्म मिति, फोन नं. जस्ता सूचनाहरू प्रदान गर्नु पर्ने हुन्छ ।

हामी तपाईँको व्यक्तिगत जानकारी बेच्दैनौ वा भाडामा लिँदैनौ, न त हामीले केही बेच्नका लागि अरूलाई दिन्छौ । हामी यसलाई कसरी मिनी नेपालको साइट थप आकर्षक र पहुँचयोग्य बनाउने, कुन कुराले काम गर्छ वा गर्दैन भनेर हेर्न, सिक्न, सूचनालाई वैधता प्रदान गर्न, विविधतालाई समावेश गर्न र थप रमाइलो बनाउन प्रयोग गर्छौ । सरल भाषामा भन्नुपर्दा: हामीले यो जानकारी मिनी नेपालको साइटलाई तपाईँको लागि राम्रो बनाउन प्रयोग गर्छौ ।

आखिर तपाईँहरूको सहभागिताले नै मिनी नेपालको निःशुल्क ज्ञानको निर्माण र सामाजिक अभिव्यक्ति दिने माध्यमको अस्तित्व दिने मात्र नभई यसको वृद्धि र विकासको सम्भावना पनि देखाउँछ ।

१) परिभाषा

मिनी नेपालको गोपनीयता नीतिले  किन र कसरी व्यक्तिगत जानकारीको सङ्कलन र उपयोग गर्छ भन्ने कुरा सबै जानाले सजिलो र सरल तरिकाले बुझ्न आवश्यक पर्ने भएकाले, हामी औपचारिक नीतिगत कुरालाई व्यावहारिक रूपमा प्रस्तुत गर्छौ । तपाईँले प्रस्ट बुझ्न सहयोग होस् भन्नका लागि तल तालिकामा केही नीतिगत शब्दहरूलाई परिभाषित गरेको छौ:

जब हामी भन्छौ...   

हाम्रो अर्थ (यो बुझिन्छ)... 

“मिनी नेपाल”/“हामी”/“हाम्रो”

सोलार सिनेमा नेपाल (शौर्य चलचित्र नेपाल), एक गैर नाफामूलक परोपकारी संस्थाद्वारा सञ्चालित मिनी नेपालको साइट(www.mininepal.org) भन्ने बुझिन्छ ।

“मिनी नेपालको साइट”/ “हाम्रा सेवाहरु”

मिनी नेपालको वेबसाइट र यसका सेवाहरू सहितका इमेल, सूचनाहरू यद्यपि मिनी नेपालको साइट र सेवाले “हाम्रो गोपनीयताको नीतिले के समेट्दैन” भन्ने बाहेकलाई समेट्दछ ।

“तपाई”/“तपाईको”/“मेरो”

तपाई जो कोही व्यक्तिगत, समूहगत, संस्थागत चाहे त्यो तपाई आफै वा कसैको अन्तर्गत रही मिनी नेपालको साइट र सेवाको उपयोग गर्नुहुन्छ ।   

“महाअभियान”/“अभियान”

नेपालका विविधतायुक्त विवरणलाई सङ्कलन (भौतिक वा डिजिटल रूपमा), विश्लेषण गरी ज्ञानको निर्माण गर्ने, संरक्षण वा प्रवर्धन गर्ने र ती विवरणहरूलाई सिकाइ, आयआर्जन र सहकार्य जोड्ने साना देखि ठुला (स्थानीय स्तर देखि अन्तर्राष्ट्रिय) स्तर सम्मका परियोजनाहरू

“योगदान”

यस अभियानको कार्यान्वयनमा सशर्त, प्रत्यक्ष, सक्रिय र निरन्तर रूपमा प्राप्त कुनै पनि आर्थिक वा प्राविधिक वा विषय सामग्रीहरूको सहयोग र सहभागितालाई जनाउँछ ।

“योगदान कर्ता”

यस अभियानको कार्यान्वयनमा सशर्त, प्रत्यक्ष, सक्रिय र निरन्तर रूपमा आर्थिक वा प्राविधिक वा विषय सामग्रीहरू सहयोग गर्ने कुनै पनि व्यक्ति, समूह वा सङ्घसंस्था, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई बुझाउँछ । 

“स्थानीय संङ्ग्रहालय”

नेपालको कुनै एक स्थान र उक्त स्थानको स्थानीय स्तरमा रहेका समग्र जानकारीको सङ्कलन, प्रशोधन गरी व्यवस्थित रूपमा जानकारी राख्ने, प्रयोग गर्न मिल्ने मिनी नेपाल वेबसाइट भित्र एक सेवा वा यस महाअभियान अन्तर्गत कुनै स्थानीय स्तरको विवरण संङकलन गरी भौतिक रूपमा निर्माण गरिएको सङ्ग्रहालयलाई बुझाउँछ ।

“अनुदान”

यस अभियानको कार्यान्वयनको लागि स्वैच्छिक रूपमा कुनै पनि आर्थिक वा प्राविधिक वा विषय सामग्रीहरूको प्राप्ति अनुदानलाई बुझाउँछ ।

“अनुदान कर्ता”

यस अभियानको कार्यान्वयनका लागि स्वतःस्फूर्त र स्वैच्छिक रूपमा आर्थिक वा प्राविधिक वा विषय सामग्रीहरूको अनुदान गर्ने कुनै पनि व्यक्ति वा समूह वा सङ्घसंस्थालाई बुझाउँछ ।  

“यो गोपनीयताको नीति÷यो नीति”

“मिनी नेपालको गोपनीयता नीति” नामक यस आलेखलाई बुझाउँछ ।

“व्यक्तिगत जानकारी”

तपाईँले हामीलाई उपलब्ध गराउनु भएको तपाईँको व्यक्तिगत पहिचान खुल्ने सूचना विवरण हो । स्पष्ट रूपमा भन्नुपर्दा, हामीले तपाईँको सङ्कलन गरिएका विवरणहरू सबै आवश्यकता नभएता पनि तपाईँका निम्न लिखित तपाईँलाई पहिचान गर्न मिल्ने गैर व्यक्तिगत विवरणहरूलाई “व्यक्तिगत जानकारी” मानी सङ्कलन गर्छौ:

क) तपाईँको वास्तविक नाम थर, ठेगाना, फोन नं., इमेल ठेगाना, पासवर्ड, सरकारी कार्यालयबाट जारी पहिचान विवरण वा नम्बर, आइपि ठेगाना, प्रयोगकर्ता– एजेन्ट जानकारी, बैक खाता नं.

ख) माथिका सबै मध्ये थप आवश्यक भए त्यस सम्बन्धित उपविवरणहरू; अ) जन्म मिति, लिङ्ग, भाषा, जातजाति, धर्म, वैवाहिक अवस्था, शिक्षा, पेसा, भूगोल, मेडिकल अवस्था वा अपाङ्गता, संस्कृति, रहनसहन, भेषभुषा र जीवनशैली । 

 

“तेस्रो पक्ष वा तेस्रो पक्षहरू”

जो व्यक्तिहरू, विषय सामग्रीहरू (लेखन र गैर–लेखन मिडिया सामग्रीहरू जस्तै फोटो, भिडियो र अडियो), वेबसाइट, सेवाहरू, उत्पादन र एप्लिकेशनहरु मिनी नेपालद्वारा नियन्त्रित छैनन् वा व्यवस्थापन गरेका छैनन् वा सञ्चालन भएका छैनन् । यसले ती प्रयोगकर्ता जसले यस महाअभियानको प्रवर्धन, उन्नति र विकासमा सहयोग गर्ने सङ्घसंस्था, स्वयंसेवक, कर्मचारी, निर्देशक, अनुदानकर्ता, र यस संस्थामा सम्झौता गरेका अन्य संस्थाहरू तथा समूहहरूलाई समेट्दछ । 

“कुकिज”

कुकिज एउटा सानो सुचना सामाग्री हो जसलाई हामीले प्रत्येक भ्रमणकर्ताको कम्प्युटरमा एक विषेश, अनियमित संख्यात्मक पहिचानयुक्त सङ्केतबाट उस/उनीको कम्प्युटरमा तोकिएको फाइलमा राख्ने काम गर्न प्रयोग हुन्छ ।

“डिभाइस (यन्त्र) पहिचानकर्ताहरु”

डिभाइस पहिचानकर्ताहरू अक्षरहरू र सङ्ख्याहरूको सिलसिलेवार श्रृखला हो जसलाई कुनै एक डिभाइसबाट अर्को डिभाइसलाई छुट्टाउने काममा प्रयोग हुन्छ ।

“इन्टरनेट प्रोटोकल (आईपी) ठेगाना”

आइपि ठेगाना भनेको एक सङ्ख्या हो जुन स्वचालित रूपमा प्रयोगकर्ताहरूको कम्प्युटरमा निर्माण हुन्छ जुन बेला उनीहरूको इन्टरनेट पहुँच हुन्छ, जुन प्रयोगकर्ताको कम्प्युटरको अनुरोधको आधारमा वेब सर्भर पहिचान गरी सुचना पठाउन प्रयोग हुन्छ ।

“गैर-लेखन मिडिया सामग्री”

गैर-लेखन मिडिया सामग्रीले श्रव्य, दृश्य वा फोटो, श्रव्य दृश्य, चिन्ह, सङ्केतहरू भन्ने बुझाउँछ ।

“गैर-ब्यक्तिगत पहिचानको सूचना”

गैर-व्यक्तिगत पहिचानको सूचनामा व्यक्ति विशेषको पहिचान बाहेकका जानकारीहरू समावेश हुन्छन् ।

२) सूचना सङ्कलन र उपयोग सम्बन्धी जानकारी

मिनी नेपालमा तपाईँले कुनै पनि पोस्ट वा अन्तर्क्रिया गर्नुभएको कुरा सबै जनाले सधैँ भरीका लागि हेर्न र उपयोग गर्न पाउँछन् । जब तपाईँले मिनी नेपालमा कुनै पोस्ट सहित अन्तर्क्रियामा सहभागी हुन भएको, च्याट बक्समा लेख्नुभएको वा अनुदान गर्नुभएको वा योगदान गर्नु भएको कुनै पनि विषयवस्तुहरू वा कुनै विषयवस्तुको अंश वा पूर्ण विषय सामग्री तपाईँले सार्वजनिक र सधैँ भरीको लागि निर्माण गर्नु भएको हो र यसको सम्पादन, मेटाउने वा थप्ने विषयवस्तु तपाईँको हातमा नै रहने छ । यद्यपि एडमीनले आवश्यकता ठानेमा यस्ता विषयवस्तु हटाउन वा सम्पादन गर्न वा विषयवस्तु थप्ने अधिकार रहने छ तर यस सम्बन्धी कुनै कार्य गर्दा तपाईँलाई विद्युतीय सूचना वा सन्देश दिइनेछ ।  हामी तपाइले सार्वजनिक रूपमा निर्माण गर्नु भएको पोस्टलाई नयाँ फिचर वा सम्बन्धित डेटा वा गैर- लेखन मिडिया सामग्रीहरूको सम्पादन गर्न, थप्न वा नयाँ बनाउन वा उपयोग गर्न सक्छौ ।

योगदानकर्ता (मिनी नेपालका भित्रका समुदाय)ले स्थानीय युवा, विद्यार्थी, अभिभावक, शिक्षक, प्रतिनिधि, विषय विज्ञलाई स्वतन्त्र रूपमा परिचालन गरी स्थानीय स्तरमा रहेका मौलिक ज्ञान, सिप, अभ्यास, तथ्य, विवरण, जानकारीको सङ्कलन, भण्डारण गरी स्थानीय संङग्रहालयको निर्माण गरी यस अभियानमा योगदान गर्न सक्छन्। 

२.१. रजिस्ट्रेसन र खाता सम्बन्धी जानकारी

तपाईँले मिनी नेपालमा योगदान गर्न वा पोस्ट गर्न, अन्तरक्रिया सहभागी हुन वा अन्य सेवा प्रयोग गर्नका लागि एउटा खाता खोल्नुपर्ने हुन्छ तर मिनी नेपालका विषयवस्तु हेर्न र पढ्नको लागि भने खाता खोल्नु पर्दैन । खाता खोल्दा तपाईँले हामीलाई तपाईँको नाम थर, ठेगाना, इमेल, पासवर्ड, फोन नं., उमेर, बसोबास गर्नु भएको भूगोल र आपइपी ठेगाना सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ । तपाई मिनी नेपालका सेवाहरूलाई पूर्ण रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने व्यक्तिको लागि व्यक्तिगत पहिचानका जानकारी र संस्थाको हकमा संस्थागत पहिचानको जानकारी, संस्थासँग व्यक्तिको सम्बन्ध स्पष्ट खुलेको परिचय पत्र वा संस्थाको परिचय पत्र विवरण खुलाउनु पर्छ ।

२.२. मिनी नेपालको साइट प्रयोग गर्दा प्राप्त हुने जानकारी

२.२.१ हामी कस्तो खालको सूचना तथा विवरण सङ्कलन गर्छौ ?

हामी तपाईँलाई हाम्रा सेवाको गुणस्तरीय बढाउनका लागि तपाईँको व्यक्तिगत जानकारी सङ्कलन गर्न सक्छौँ । हामी

क. व्यक्तिगत पहिचान जानकारी: हामी तपाईँलाई यस गोपनीयता नीति, प्रयोगका सर्तहरू र प्रकाशित अन्य नीतिमा निर्दिष्ट उद्देश्यका लागि निश्चित व्यक्तिmगत पहिचान गर्ने जानकारी दिन आग्रह गर्न सक्छौ । हाम्रा सेवाहरूमा प्रयोगकर्ताहरूबाट स्वचालित रूपमा कुनै व्यक्तिगत पहिचानका जानकारी सङ्कलन गर्दैनौ । तपाई व्यक्तिगत पहिचानको जानकारी नदिन स्वतन्त्र हुनुहुन्छ तर हामीले प्रदान गर्ने निश्चित सेवाहरू प्रयोग गर्न अस्वीकार गर्न सक्छौ ।

ख. बालबालिकाको व्यक्तिगत–पहिचान जानकारी: मिनी नेपालले बालबालिकाको व्यक्तिगत जानकारी सङ्कलनमा अति संवेदनशील र सचेत छ । मिनी नेपालले १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरू वा तिनीहरूको बारेमा जानाजानी व्यक्तिगत पहिचानका जानकारी सङ्कलन गर्दैन र अनुरोध पनि गर्दैन । तपाई कम्तीमा १८ वर्षको हुनुहुन्छ भनी प्रमाणित गर्न तपाई स्वयम् जिम्मेवार हुनुपर्नेछ । यदि हामीले पत्ता लगाएको खण्डमा हामी कानुन अनुसार त्यो जानकारी मेटाउनेछौँ । तर योगदानकर्ताले बालबालिकाको अभिभावकहरूको स्वीकृतिमा आफ्नै सुपरिवेक्षण वा अभिभावकको सुपरिवेक्षणमा बालबालिकालाई सिकाइको परियोजना लागि गरिएको सहभागिता हुने हकमा भने योगदानकर्ता परिचालन निर्देशिका बमोजिमका सर्तहरू लागु हुने छ । 

ग. गैर व्यक्तिगत पहिचान जानकारी: हामीले हाम्रो वेबसाइट वा सेवाहरू मार्फत निम्नानुसार निश्चित गैर-व्यक्तिगत पहिचान जानकारी सङ्कलन गर्न सक्छौ:

घ. कुकीहरुः हामी कुकीहरु सङ्कलन गर्न सक्छौ र तपाई अर्को पटक सेवाहरूमा जाँदा तपाईँको ब्राउजर पहिचान गर्न जानकारी प्रयोग गर्न सक्छौँ । हामीले कुकीलाई तपाईँले पेस गर्नुभएको व्यक्तिगत पहिचानको जानकारी वा हामीले सङ्कलन गर्ने अन्य जानकारीमा लिङ्क गर्न सक्छौँ ।

ङ. तेस्रो पक्षका कुकीहरुः तेस्रो–पक्षका कुकीहरु “प्रयोगकर्ताले हाल खोली रहनुभएको वेबसाइट बाहेक डोमेन नामको वेबसाइटद्वारा सिर्जना गरिएको” हो ।

च. लग फाइलहरू: हामी ब्राउजरका प्रकारहरू, इन्टरनेट सेवा प्रदायकहरू (क्ष्क्एक), खोलिएको/बाहिर गएको पेजहरू, प्लेटफर्म प्रकार, मिति/समय रेकर्ड, क्लिकहरूको सङ्ख्या र इन्टरनेट प्रोटोकल ठेगाना सहित लग फाइलहरूबारे जानकारी सङ्कलन गर्ने प्रोग्रामहरू प्रयोग गर्न सक्छौ । 

छ. स्वचालित रूपमा सङ्कलन गरिएको जानकारी: हामीले नेटवर्क वा आइपि ठेगाना र ब्राउजरको प्रकार, अपरेटसङ सिस्टमको प्रकार, आई एसपी र त्यस्ता प्रदायकद्वारा प्रयोग गरिएका डोमेनहरू, मोबाइल नेटवर्क, डिभाइस पहिचानकर्ताहरू, डिभाइस सेटिङहरु, ब्राउजर सेजिङहरु, तपाईँले खोल्नुभएका सेवाहरूको वेब पृष्ठहरू, तपाईँले खोल्नु अधि र पछि, चलाउनु भएको सेवाहरू, सेवा प्रयोग गर्न गरिने उपकरणको प्रकार, स्थान जानकारी र तपाईँले पहुँच गर्नु भएको सामग्री, अपलोड गर्नु भएको सामग्री, अन्तरक्रिया सहभागी हुन भएका, अरूलाई फर्वाड वा सेयर गर्नु भएका, रटिङ गर्नु भएको, क्लिक गर्नु भएका जस्ता जानकारीको उपयोग गर्न सक्छौ ।

ज. भू स्थान जानकारी: यदि तपाई मोबाइल उपकरण वा मोबाइल एप्स मार्फत सेवा लिँदै हुनुहुन्छ भने हामी तपाईँलाई आफ्नो सटिक भू स्थानको जानकारी सोध्न सक्छौ ताकि हामी तेस्रो पक्ष वा साझेदारसँग हाम्रा सेवाहरूमा तपाईँको अनुभवलाई अनुकूलित गर्न सकौँ ।

झ. सामाजिक सञ्जाल र अन्य तेस्रो पक्ष प्लेटफर्महरुद्धारा र बाट सङ्कलन गरिएको जानकारी: मिनी नेपालले विभिन्न सामाजिक सञ्जाल तथा अन्य प्लेटफर्महरू जस्तै फेसबुक वा अन्य तेस्रो पक्षको सामाजिक मिडिया प्लगइनहरू, इन्टिग्रेशन तथा एप्लीकेशनहरु मार्फत हाम्रो सामग्रीसँग संलग्न हुनुहुन्छ भने तपाईँले हामीलाई तपाईँको प्रोफाइलमा निश्चित जानकारीको पहुँच राख्ने अनुमति दिनु भएको हुन्छ । यस्ता पहुँचमा तपाइको नाम, इमेल ठेगाना, फोटो, लिङ्ग, जन्मदिन, स्थान हुन्छन् भने तेस्रो पक्षको प्लेटफर्म वा सामाजिक सञ्जालको खाताबाट हामीलाई प्रयोगकर्ताको फाइलहरू जस्तै फोटो, भिडियोहरू, साथीहरूको सूची, तपाईँले फलो गर्ने ब्यतिmहरूसँग सम्बन्धित परिचयपत्र, तपाईँलाई फलो गर्ने वा तपाईँको पोस्ट वा लाइकहरा समावेश हुन सक्छ । 

२.२.२. हामीलाई प्राप्त जानकारीको कसरी उपयोग गर्छौ ?

क. प्रशासनिक प्रयोजन: तपाईँले पेस गर्नुभएको व्यक्तिगत  पहिचान जानकारी हामी आन्तरिक प्रशासनिक प्रयोजनहरू जस्तै वेबसाइटको प्रशासनिक कार्य, समस्या निवारण, सेवा लिए वा दिए बापतको विद्युतीय भुक्तानी गर्न वा हामीले परिवर्तन गर्न लागेका सेवा, नीतिको बारेमा जानकारी दिनका लागि तपाईँसँग सम्पर्क प्रयोग गर्न सक्ने छौ । 

ख. सेवा प्रदायकहरू र तेस्रो पक्षहरू: तपाईँको व्यक्तिगत पहिचान जानकारी, सेवा मार्फत गरिएका सङ्कलन, तपाईँले आफ्नो जानकारी प्रदान गर्दा खुलासा गरे अनुसार तेस्रो पक्षहरूसँग साझेदारी गर्न सकिन्छ । सेवाहरू वा यसका सुविधाहरूको सञ्चालनका लागि समर्थन प्रदान गर्ने तेस्रो पक्षहरूसँग पनि त्यस्ता जानकारीहरूमा पहुँच हुनसक्छ । हामीले हाम्रा प्रयोगकर्ताहरूको बारेमा हामीसँग भएको व्यक्तिगत  पहिचानको जानकारी तेश्रोपक्षसँग साटन सक्छौ ताकि तेस्रो पक्षहरूले तपाईँलाई जानकारी र विषेश प्रस्ताव पठाउन सक्नेछन् जबसम्म तपाईँले “अनसब्क्राइब” गर्नु हुदैन् ।

ग. तथ्याङ्क विश्लेषण: हामीले सेवाहरू को कति सङ्ख्यामा हेरे, उपयोग गरे, अन्तर्क्रिया गरे, कुन विषयवस्तुमा कति समय, कुन उमेर समूह, कुन भूगोल प्रयोगकर्ताले उपयोग गरे वा “क्लिक गरे”, “अपलोड गरे”, “रटिङ गरे”, “अन्तरक्रिया सहभागी भए” जस्ता विषयको विश्लेषण गरी सेवा प्रभा हलाई प्रभावकारी बनाउन जानकारीको प्रयोग गर्न सक्छौ ।

घ. आधिकारिक उद्देश्य र विषेश प्रस्तावहरू: तपाईँले पेस गर्नुभएको व्यक्तिगत  पहिचानको जानकारीलाई आधिकारिक उद्देश्य तथा विषेश प्रस्तावहरूका लागि प्रयोग गर्न सकिनेछ । 

३) खुलासा

३.१.) कहिले हामी जानकारी खुलासा गर्छौ ?

यदि तपाई हामीलाई कानुनी कारणहरूको लागि र तल वर्णन गरिएका अन्य परिस्थितिहरूमा अनुमति/ स्वीकृति दिनुहुन्छ भने तपाईँको व्यक्तिगत जानकारी प्रयोग र साझा (शेयर गर्ने) गर्दछौः

३.१.१.) आवश्यक कानुनी कार्यका लागि

हामी तपाईँको व्यक्तिगत जानकारी कानुनी रूपमा मान्य भएका सार्वजनिक अधिकारी वा अन्य आधिकारिक व्यक्ति वा संस्थाले कानुनी प्रक्रियाका लागि लिखित आग्रह, निर्देशन, आग्रह वा परिपालन गर्दा हामी व्यक्तिगत जानकारीको खुलासा गर्नेछौँ । हामी तपाईँलाई सम्भव भएमा त्यस्ता अनुरोधहरूको बारेमा सूचित गर्नेछौँ । हामी हाम्रो वैद्य हितलाई अगाडि बढाउन र हाम्रा कानुनी दायित्वहरूको पालना गर्न त्यसो गर्छौ । 

३.१.२.) संस्था फेरिएमा वा स्थानान्तरण भएमा

मिनी नेपालको स्वामित्व परिवर्तन हुने सम्भावित घटनामा, हाम्रो वैद्य हित अनुरूप पुनर्गठन गर्दा ( जस्तै मर्जर, एकीकरण वा अधिग्रहण गर्दा), हामी तपाईँलाई कुनै पनि व्यक्तिगत जानकारी नयाँ व्यवस्थापकलाई हस्तान्तरण गर्नु अघि वा फरक गोपनीयता नीतिको अधीनमा हुनु सक्नेछ । त्यसको सूचना अधीनमा हुनु अघि कम्तीमा ३० क्यालेन्डर दिन अघि तपाईँलाई सूचना प्रदान गर्छौ ।

३.१.३.) तपाईहाम्रो र अरूको सुरक्षाको लागि

हामी वा केही प्रशासनिक अधिकार भएका प्रयोगकर्ताहरूले यथोचित रूपमा आवश्यक पर्ने व्यक्तिगत जानकारी प्रयोग र खुलासा गर्छौ:

क. मिनी नेपाल वा मिनी नेपालको समुदायमा आधारित नीतिहरूको सम्भावित उल्लङ्घन भए नभएको अनुसन्धान गर्न

ख. हाम्रो सङ्गठन, पूर्वाधार, कर्मचारी, ठेकेदार वा सार्वजनिक सुरक्षा गर्न वा,

ग. एक व्यक्तिलाई हानि वा गम्भीर शारीरिक हानि वा मृत्यु रोक्न

घ. हामी तपाईँसँगको हाम्रो सम्बन्धलाई व्यवस्थित गर्न, हाम्रो वैध हितलाई अगाडि बढाउन र वा हाम्रा कानुनी दायित्वहरूको पालना गर्नको लागि त्यसो गर्छौ । हामी वा तल वर्णन गरिए अनुसार केही प्रशासनिक अधिकार भएका विशेष प्रयोगकर्ताहरूले, हाम्रो प्रयोगका सर्त, यो गोपनीयता नीति वा कुनै मिनी नेपाल वा सम्भावित लागू उल्लङ्घन गरेको नगरेको अनुसन्धान गर्न आवश्यक ठानेमा तपाईँको व्यक्तिगत जानकारी प्रयोग र साझा गर्न सक्छन् । हामीले कानुनी धम्की वा कार्यहरू विरुद्ध अनुसन्धान गर्न र आफूलाई कानुन धम्की वा कार्य विरुद्धको बचाउका लागि हामीले व्यक्तिगत जानकारी पहुँच र साझेदारी गर्न आवश्यक हुनसक्छ । सामान्यतया साइटको दुरुपयोग, प्रयोगका सर्तले निषेधित गरेका गतिविधिहरू रोक्न, दुर्व्यवहारबाट बचाउन, अन्य प्रयोगकर्ताहरूको उत्पीडन विरुद्ध लड्न र हानिकारक व्यवहारलाई कम गर्ने प्रयासका लागि प्रयोग गर्छन् । हामी कुनै व्यक्तिलाई हुन सक्ने साधारण वा गम्भीर शारीरिक हानि वा मृत्यु रोक्न वा हाम्रो कर्मचारी, ठेकेदार, प्रयोगकर्ता वा आम सर्वसाधारणको सुरक्षा गर्न उचित रूपमा आवश्यक छ भने हामी तपाईँको व्यक्तिगत जानकारी खुलासा गर्न सक्छौँ । यदि हामीले सम्भावित स्क्याम, मालवेयर, धोका, दुरुपयोग, गैर कानुनी गतिविधि र सुरक्षा वा प्राविधिक सरोकारलाई पत्ता लगाउन, रोक्न वा अन्यथा मूल्याङ्कन गर्न र सम्बोधन गर्न आवश्यक ठानेमा हामी तपाईँ व्यक्तिगत जानकारी खुलासा गर्न सक्छौँ ।

३.१.४.) हाम्रो सेवा प्रदायक संस्थाहरूलाई

हामी हाम्रो तेस्रो पक्ष सेवा प्रदायक वा ठेकेदारहरूलाई मिनी नेपालको साइटहरू चलाउन वा सुधार गर्न वा हाम्रो लक्ष्य प्राप्तिका लागि मद्दत गर्न व्यक्तिगत जानकारी खुलासा गर्छौ ।

हामी तपाईँ र अन्य प्रयोगकर्ताहरूको लागि मिनी नेपालको साइट चलाउन, सुधार गर्न मद्दत गर्ने तेस्रो पक्षको सेवा प्रदायक र ठेकेदारहरूलाई प्रयोग गर्छौ । हामी यी प्रदायकहरूलाई उनीहरूको सेवाहरू प्रदर्शन गर्न वा तिनीहरूका उपकरणहरू र सेवाहरू प्रयोग गर्न आवश्यक भएमा हामी तपाईँको व्यक्तिगत जानकारीमा पहुँच दिन्छौ । यी सेवा प्रदायकहरूलाई यस्तो पहुँच दिनु पूर्व गोपनीयता कायम राख्ने सम्झौताहरू आवश्यक सुरक्षाको अवलम्बन गरी यस गोपनीयताको सिद्धान्तलाई कायम राख्ने प्रयास गर्दछौ ।

यदि तपाई आफ्नो मोबाइल यन्त्रको साथ मिनी नेपाल साइट भ्रमण गर्दै हुनुहुन्छ भने हामी तपाईँको आइपि ठेगानालाई उक्त क्षेत्रहरूको समग्र प्रयोगको मात्राको बारेमा सेवा प्रदायकहरूलाई एकमुष्ट जानकारी प्रदान गर्न प्रयोग गर्दछौँ । 

हाम्रा केही सेवा प्रदायकहरूले हामीलाई उनीहरूको गोपनीयता नीतिहरू लिङ्कहरूको रूपमा पोस्ट गर्न भन्न सक्छन्; यी सेवा प्रदायकहरूको सूची र तिनीहरूको नीतिहरूको लिङ्कहरू यस पेजमा फेला पार्न सकिन्छ ।

३.१.५.) परीक्षण तथा अन्वेषण 

हामी स्वयंसेवक विकासकर्ताहरू र अनुसन्धानकर्ताहरूलाई तपाईँको व्यक्तिगत जानकारी समावेश गर्ने प्रणालीमा पहुँच दिन्छौ ताकि उनीहरूलाई मिनी नेपालको साइटको सुरक्षा, विकार र योगदान गर्न अनुमति दिनुहुन्छ ।

हामी मिनी नेपालको साइट अध्ययन गर्न इच्छुक तेस्रो पक्षहरूसँग गैर–व्यक्तिगत जानकारी वा एकत्रित जानकारी पनि साझा गर्छौ ।

जब हामी यी उद्देश्यका लागि तेस्रो पक्षहरूसँग व्यक्तिगत जानकारी साझा गर्दा यस नीति र वैद्य हितसँग मिल्ने गरी तपाईँको व्यक्तिगत जानकारीको सुरक्षा गर्न उचित प्राविधिक र तोकिएको स्तरीय सुरक्षाको मापदण्ड अवलम्बन गर्छौ ।

त्यसै गरी, हामी मिनी नेपालको साइट अध्ययन गर्न चाहने अन्वेषकहरू, विद्धवानहरु, शिक्षाविद् र अन्य इच्छुक तेस्रो पक्षहरूसँग गैर–व्यक्तिmगत जानकारी वा एकत्रित जानकारी साझा गर्छौ । यस्ता जानकारीहरू मिनी नेपालको साइटलाई अझ राम्ररी बुझ्न र सुधार गर्ने हेतुमा केन्द्रित हुन्छन् र त्यस्ता तेस्रो पक्ष विकासकर्ता वा अनुसन्धानकर्तालाई यस नीतिका सिद्धान्तहरू बमोजिम सुसङ्गत रूपमा व्यवहार गर्दछन् भन्ने सुनिश्चितलाई हामी उचित प्राविधिक र सुरक्षाको मापदण्ड प्रयोग गर्छौ र उनीहरूलाई अनुसन्धान पश्चात् प्रकाशित निष्कर्षहरूमा तपाईँको व्यक्तिगत जानकारी खुलासा नगर्न आग्रह गर्छौ । कृपया ध्यान दिनुहोस् कि हामीले विकासकर्ताहरू र अनुसन्धानकर्ताहरूमा लगाएको दायित्वहरूको बाबजुद, हामी उनीहरूले हाम्रो सम्झौताको पालना गर्नेछन् भन्ने ग्यारेन्टी दिन सक्दैनौ, न त हामी उनीहरूका परियोजनाहरू नियमित रूपमा स्किन वा अडिट गर्नेछौ भन्ने ग्यारेन्टी दिन्छौ ।

किनभने तपाई आफैले सार्वजनिक गर्नुभएको होः तपाईँले पोस्ट गर्नुभएको जानकारी सार्वजनिक छ र सबैले देख्न र प्रयोग गर्न सक्छन् । तपाई मिनी नेपालमा सार्वजनिक रूपमा गर्नुभएको कुनै पनि जानकारी (व्यक्तिगत, गैर-व्यक्तिगत, विषय सामग्री) सार्वजनिक हो भन्नेमा सहमत हुनुहुन्छ । 

४.) सुरक्षा

४.१.) तपाईँको ब्यतिगत जानकारीको कसरी सुरक्षित गर्छौ ?

हामी तपाईँको व्यक्तिगत जानकारीलाई अनधिकृत पहुँच, हानि, चोरी, अनधिकृत प्रयोग, परिमार्जन वा खुलासा प्रयोग वा खुलासाबाट जोगाउन मद्दत गर्न विभिन्न भौतिक, प्राविधिक उपायहरू, नीतिहरू र प्रक्रियाहरूको प्रयोग गर्छौ । हाम्रा सुरक्षाको उपायहरू जति नै प्रभावकारी भएता पनि कुनै पनि सुरक्षा प्रणाली अभेद्य छैन । यसबाहेक, तपाईँले हामीलाई प्रदान गर्नुभएको जानकारी प्रसारण गर्दा गतिरोध वा अवरोध हुन सक्दैन भन्ने हामी ग्यारेन्टी दिन सक्दैनौ ।

व्यक्तिगत जानकारीहरू तेस्रो पक्षको कम्प्युटरहरूमा भण्डारण हुन्छ जसले मिनी नेपालको सञ्चालनका लागि प्राविधिक सहयोग प्रदान गर्दछ । अर्थात् यस गोपनीयता नीतिमा खुलासा गरे अनुसारको तपाईँको ब्यतिmगत जानकारी विवरणहरू अन्यसँग पनि पहुँचमा रहन्छ । हामीले त्यस्ता तेस्रो पक्षहरूले प्रयोग गर्ने सुरक्षा उपायहरूलाई नियन्त्रण गर्दैनौ ।

हामी हाम्रो प्रणाली र तपाईँको व्यक्तिगत जानकारीको सुरक्षा गर्न डिजाइन गरिएका विभिन्न भौतिक र प्राविधिक उपायहरू, नीतिहरू र प्रक्रियाहरू (जस्तै पहुँच नियन्त्रण प्रक्रिया, नेटवर्क फायरवालहरू र भौतिक सुरक्षा) प्रयोग गर्छौ । दुर्भाग्यवश, त्यहाँ पूर्ण रूपमा सुरक्षित डेटा प्रसारण वा भण्डारण जस्तो कुनै चीज छैन । त्यसैले हामी हाम्रो सुरक्षा (प्राविधिक उपायहरू वा हाम्रा नीति र प्रक्रियाहरूको उल्लङ्घन कुनै पनि उल्लङ्घन) उल्लङ्घन हुने छैन भनेर ग्यारेन्टी दिन सक्दैनौँ ।

हामी इमेल मार्फत तपाईँको पासवर्ड कहिल्यै सोध्ने छैनौँ (तर यदि तपाईँले पासवर्ड रिसेट अनुरोध गर्नुभएको छ भने इमेल मार्फत तपाईँलाई अस्थायी पासवर्ड पठाउन सक्छौ) यदि तपाईँको पासवर्ड अनुरोध गर्ने इमेल प्राप्त गर्नुभयो भने कृपया हामीलाई privecy@mininepal.org मा जानकारी दिनुहोस् ताकि हामी इमेलको स्रोत खोजी गर्न सक्छौँ ।

४.२.) हामीले तपाईँको डाटा कति समयसम्म राख्छौ ?

तपाईँले मिनी नेपालमा प्रयोगकर्ता, योगदानकर्ता, अनुदानकर्ताको रूपमा खोल्नु भएको खाताको विवरणहरू तपाई मिनी नेपालको सेवा लिइरहुन्जेल सम्म कायम रही रहन्छ । यदि तपाईँले खाता निष्क्रिय बनाउन वा मेटाउन चाहनुहुन्छ वा कुनै प्रचलित कानुन भन्दा बाहिर गई हामीले प्रतिबन्ध गरेको अवस्था बाहेक तपाईँको व्यक्तिगत विवरणको डाटा रहिरहन्छ । खाता निष्क्रिय बनाउनु भएको वा मेटाउनु भएको वा प्रतिबन्धमा परि हटाइएको तपाईँको ब्यतिगत जानकारी, कार्यान्वयन भएको दिन देखि ९० दिन पश्चात् स्वतः सदाको लागि हटाइन्छ । तर यस्तो अवस्था आए पनि तपाईँले सार्वजनिक पोस्ट गर्नु भएका विषय सामग्रीहरू भने हटाइने छैन र तिनीहरूलाई हेर्न र पढ्नका लागि उपलब्ध गराइने छ ।   

५.) तपाईँको अधिकार

यदि तपाईँ आफ्नो ब्यतिगत जानकारीलाई पहुँच दिन वा हटाउन अनुरोध गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तर यदि तपाई ब्यतिगत जानकारीको अद्यावधिक गर्न, सम्पादन गर्न चाहनुहुन्छ वा तपाईँको ब्यतिmगत जानकारी प्रतिलिपि अर्को संस्थामा प्रसारण गर्न तपाई आफै गर्न सक्ने अधिकार सुरक्षित छ । अर्थात्, यी अधिकारको केही प्रयोग हाम्रो हस्तक्षेप बिना नै गर्न सक्षम हुनुहुन्छ । साथै हामी प्रयोगकर्ताको डेटा कुकीहरु र सेसनहरूमा भण्डारण गर्छौ । प्रयोगकर्ताले उनीहरूको डेटाहरू मेटाउन सजिलैसँग ब्राउजर कुकीहरु र सेसनहरू मेटाउन सक्छन् ।

फेसबुक र गुगलबाट मार्फत लगइन गर्दा हामीले प्रयोगकर्ताको नाम र इमेल ठेगाना मात्र सुरक्षित गर्छौ । यसबाहेक प्रयोगकर्ताहरूले आफ्नो जानकारी मेटाउन अनुरोध गर्न सक्नु हुनेछ । हाम्रो सदस्यले प्रयोगकर्ताको इमेल मार्फत पुष्टि गरेपछि मात्र डेटा मेटाउने प्रक्रिया सुरु हुनेछ ।

तर योगदानकर्ताको हकमा भने यस गोपनीयताको सर्त सहित योगदानकर्ता परिचालन निर्देशिका बमोजिमको अधिकार रहेको हुन्छ । यसको विस्तृत जानकारीको लागि योगदानकर्ता परिचालन निर्देशिका हेर्नुहोस् ।  

६.) महत्त्वपूर्ण जानकारी

मिनी नेपाल र अन्य प्रयोगकर्ताको सुरक्षाको लागि यदि तपाई यस गोपनीयता नीतिसँग सहमत हुनुहुन्छ भने तपाईँले मिनी नेपालको साइट प्रयोग गर्न सक्नुहुन्न ।

६.१.) हाम्रो कार्यालय कहाँ अवस्थित छ र यसको अर्थ के हुन्छ ?

सोलार सिनेमा नेपालद्वारा सञ्चालित मिनी नेपाल नेपाल स्थिति काठमाडौँमा रहेको गैर नाफामूलक संस्था हो जसको सर्भर र डाटा सेन्टरहरू नेपालमा अवस्थित छन् । यदि तपाईँले मिनी नेपालको साइट प्रयोग गर्ने निर्णय गर्नुभयो भने, नेपाल भित्र वा बाहिरबाट, तपाई यस गोपनीयता नीतिमा वर्णन गरिए अनुसार तपाईँको ब्यतिmगत जानकारी सङ्कलनलाई स्थानान्तरण, भण्डारण, प्रशोधन, खुलासा वा प्रयोग नेपालबाट वा मिनी नेपालले प्रयोग गरेको डेटाबेस भएको देशहरूमा स्थानान्तरण गर्न सहमत हुनुहुन्छ । अर्थात् यो सेवा तपाईँले नेपालको प्रचलित कानुन अनुसार सञ्चालित प्रयोग गर्दै हुनुहुन्छ । यदि तपाई नेपाल बाहिर हुनुहुन्छ भने तपाईँको जानकारी नेपालमा वा अन्य देशमा जहाँबाट मिनी नेपालको डेटाबेसहरू सञ्चालन हुन्छन्÷हुनेछन् मा हस्तान्तरण र व्यवस्थापन हुन्छ भन्नेमा सहमत हुनुहुन्छ ।   

६.२.) नपछ्याउने सङ्केत (Don't Track -DTN) सङ्केतहरूको प्रयोग

हामी प्रयोगकर्ताहरूको ब्यतिगत जानकारीको सुरक्षा गर्न दृढ प्रतिबद्ध छौँ । यस नीति अन्तर्गत हामीले विशेष परिस्थितिहरूमा मात्र तपाईँको जानकारी आदानप्रदान (साझा) गर्न सक्छौ । यस बारेमा तपाई यस गोपनीयता नीतिको “हामी तपाईँको जानकारी कहिले साझा गर्न सक्छौ ” खण्डमा थप जानकारी लिन सक्नुहुन्छ । विशेष गरी, हामी बजारीकरणको उद्देश्यका लागि तपाईँको ब्यतिगत जानकारी साझा गर्दैनौ । किनभने हामी यस गोपनीयता नीति अनुसार सबै प्रयोगकर्तालाई सुरक्षित गर्छौ । हामी वेब ब्राउजरको “नपछ्याउनुहोस्” सङ्केतको प्रतिक्रियामा हामी परिवर्तन गर्दैनौ । नपछ्याउनुहोस् सङ्केतहरू र हामीले तिनीहरूलाई कसरी व्यवस्थापन गर्छौ भन्ने बारे थप जानकारीका लागि कृपया हाम्रो मद्दत कक्षमा जानुहोस् ।

लिङ्क गरिएका सेवाहरूः केही सेवाहरूमा लिङ्कहरू वा अन्य सेवाहरू जस्तै फेसबुक, टयुइटर, लिङ्कडइन र अन्य मिडिया सेवाहरू र प्लेटफर्महरू जसको जानकारी अभ्यासहरु हाम्रो भन्दा फरक हुनसक्छ । प्रयोगकर्ता, योगदानगर्दा र आगन्तुकहरुले यी अन्य सेवाहरुको गोपनीयता सूचनाहरु जानकारी लिनुपर्ने हुन्छ किनकि हामीसँग यी तेस्रो पक्षहरूलाई पेस गरिएको वा सङ्कलन गरिएको जानकारी माथि कुनै नियन्त्रण हुदैन् । 

६.३.) गोपनीयता नीति परिवर्तन

विषयवस्तु स्वाभाविक रूपमा समयसँगै परिवर्तन हुन्छन् र हामी हाम्रो गोपनीयता नीतिले हाम्रा अभ्यासहरु र कानुनलाई सही रूपमा प्रतिबिम्बित गर्दछ भन्ने सुनिश्चित गर्न चाहन्छौ यस कारण यो गोपनीयताको नीतिलाई समय–समयमा परिमार्जन गर्न आवश्यक हुन सक्छ । हामी कुनै पनि समयमा गोपनीयताको नीतिलाई आंशिक वा पूर्ण रूपमा परिवर्तन गर्ने अधिकार सुरक्षित गर्दछौँ । वेबसाइटको पेजमा सबैभन्दा पछिल्लो समयमा संशोधन भएका नीतिहरू देखा पर्छन् । त्यसैले समय समयमा यसको जाँच गर्नुहोस् । यस गोपनीयता नीतिलाई समयमा गरिएको परिमार्जन पछि पनि तपाईँले हाम्रो सेवामा निरन्तर रूपमा लिइरहनु भएको छ भने यस परिमार्जन गरिएको नीतिमा तपाईँको स्वीकृति रहने छ । यद्यपि यस्ता परिमार्जन भएका नीतिका बारेमा तपाईँहरूलाई कम्तीमा ३० दिन पहिले विद्युतीय सुचना मार्फत जानकारी गराइने छ ।

योगदानकर्ताले मिनी नेपालको गोपनीयता नीति तथा यी प्रयोगका सर्तहरूमा सहयोग र सहकार्य गर्ने भएकाले योगदानकर्ताको हकमा यस गोपनीयता नीतिको अलावा योगदान परिचालन निर्देशिका बमोजिमका सर्तहरू लागु हुनेछन् । यसको विस्तृत जानकारीको लागि योगदानकर्ता परिचालन निर्देशिका हेर्नुहोस् ।  

७.) हामीलाई सम्पर्क गर्नुहोस्

यदि तपाईँसँग यो गोपनीयता नीति वा यस गोपनीयता नीति अन्तर्गत सङ्कलन गरिएको जानकारीको बारेमा प्रश्न वा सुझावहरू छन् भने कृपया हामीलाई support@mininepal.org मा इमेल गर्नुहोस् वा हामीलाई सिधै सम्पर्क गर्नुहोस् ।

सोलार सिनेमा नेपाल

मिनी नेपालको कार्यालय,

पोष्टबक्स नं. ४६७०, काठमाडौँ, नेपाल

 

धन्यवाद !

हाम्रो गोपनीयता नीति पढ्नु भएकोमा धन्यवाद । तपाईँले मिनी नेपालको साइट प्रयोग गरेर रमाइलो गर्नुहुनेछ भन्ने विश्वास छ । नेपालको मौलिक ज्ञान, सीप, अभ्यास, विवरणहरूबाट ज्ञान तथा शैक्षिक सूचनाको निर्माण, अभिव्यक्ति, प्रयोग, आदानप्रदान, भण्डारण र प्रसारणबाट नेपालमा निरन्तर सिकाइ, आयआर्जन र सहकार्यको बृहत्तर श्रृखला निर्माण गर्न तपाईँको सहभागिता र सहकार्यको हामी सम्मान गर्दछौँ ।