परियाेजना कार्य के हाे ?

परियोजना कार्यले विद्यालयको शिक्षकहरूले विषय र कक्षा अनुसार विद्यार्थीहरूलाई सिधै विभिन्न परियोजना गतिविधि, गृहकार्य तथा खोज कार्यहरू दिन मिल्ने सुविधालाई समावेश गर्दछ । साथै परियोजना निर्माणको लागि आवश्यक सन्दर्भ सामग्री, विश्लेषण, सहयोगी सामग्री, निर्देशन दिने कामहरू पनि गर्न सकिन्छ ।विषय शिक्षकले डिजिटल माध्यमबाट सिधै विद्यार्थीहरूलाई घर, विद्यालय जहाँबाट पनि यस्ता रचनात्मक, खोजमूलक, सृजनात्मक क्रियाकलाप दिन सक्छन् । विद्यार्थीहरूले परियोजना कार्य प्राप्त सूचना प्राप्त गर्छन् । शिक्षकको निर्देशन, सुपरिवेक्षण, सहयोग र सहकार्य अनुसार परियोजना कार्य गरी बुझाउने काम गर्न सकुन् भन्ने उद्देश्यले परियोजना कार्यले रहेको छ । परियोजना कार्य एकल, समूहमा गर्न मिल्ने व्यवस्था छ । 

परियोजना कार्यले परियोजना दिने मात्र नभई कक्षा शिक्षणका कक्षाकोठामा शिक्षकलाई प्रस्तुति सामाग्रीको रूपमा उपयोग गर्न सकिन्छ । डिजिटल कक्षा र विपद् तथा भइपरी, लामो बिदामा पनि बालबालिका र शिक्षकको सिकाइ निरन्तर गर्न पनि यसको उपयोग गर्न सकिन्छ। 

परियाेजना कार्य कसरी गर्न सकिन्छ ?

परियाेजना कार्यकाे उपयाेग गर्न विद्यालयकाे कक्षा वा विषय शिक्षक हुनुपदर्छ । मिनी नेपालमा लगइन गर्ने । ड्यासबाेडकाे मेन्युमा परियाेजना कार्य भन्ने शिर्षक थिच्ने । एक फारम देखा पर्छ । फारमा परियाेजनाकाे शिर्षक, उपशिषर्क, व्याख्या, प्रश्न, सन्दर्भ सामग्री राख्नु पर्छ । परियाेजना कार्य कुन कक्षा, सेक्सन भए सेक्सन छान्नुपर्छ । सिकाइकाे प्रकारमा सम्बन्धित विषय छनाैट गर्नुपदर्छ । परियाेजना संग सम्बन्धित कुनै लेख, रचना, फाेटाे, भिडियाे वा कुनै सन्दर्भ सामग्रहसरू भए मिडिया फाइलबाट अपलाेड गरी बुझाए पछि परियाेजना कार्य निर्माण भइ सम्बन्धित कक्षाका विद्यार्थीलाइ सूचना प्राप्त हुन्छ । 

के विषय शिक्षक बाहेक अरू शिक्षकले पनि परियोजना कार्य दिन सकिन्छ ?

विषय शिक्षक अनुपस्थिति भएमा वा कुनै कारणले विषय शिक्षक बाहेक अन्य शिक्षक शिक्षिकाले परियोजना कार्य दिनका लागि एडमिनकाे (विद्यालय प्रशासनको) अनुमित आवश्यक हुन्छ । प्रशासनले परियोजना कार्य विषय शिक्षकको नाममा परियोजना कार्य दिन  सक्छन् ।