एक्सेल फाइल के हाे ?

मिनी नेपालका विद्यालय भित्र विद्यार्थी, शिक्षक र विद्यालयको समग्र देखि व्यक्तिगत सिकाइ गतिविधि सम्मको स्वचालित अभिलेख भएका डेटाहरूलाई विद्यालयको मूल्याङ्कन, प्रगति विवरण तथा ई मिस भर्नका लागि उपयोगी बनाउन ती डेटाहरूलाई एक्सेल फाइलमा रूपान्तरण गर्ने सुविधा मिनी नेपालले प्रदान गरेको छ ।

मिनी नेपालले विद्यालयको गतिविधि, शिक्षकको गतिविधि र विद्यार्थीको गतिविधि गरी ३ तहको गतिविधिहरू स्वचालित अभिलेख राख्छ । पाठ्यक्रम अनुसार  विद्यालय  सिकाइको आन्तरिक मूल्याङ्कन प्रणालीलाई सहजीकरणको लागि यो सुविधा प्रदान गरिएको हो । 

थप जानकारी विद्यालयको प्रगति विवरणशिक्षक प्रगति विवरणविद्यार्थी प्रगति विवरण हेर्नुहोस् । 

विद्यालयको प्रगति विवरणलाई कसरी एक्सेल फाइलमा रूपान्तरण गर्ने ?

विद्यालयको प्रगति विवरणलाई  एक्सेल फाइलमा रूपान्तरण गर्ने  विद्यालयको एडमिन खाता (विद्यालय प्रशासन) लगइन गर्ने । ड्यासबाेर्डकाे पेजको दाहिने तर्फ एक्सेल भन्ने सङ्केत छ । सँगै महिना र मिति छान्नुहोस् भन्ने २ वटा महिना र वर्ष छान्ने बक्स छ । तपाइलाई चाहे अनुसारको मिति (त्रैमासिक, चालु वर्ष, विगत वर्ष यदि छ भने) छनौट गरी एक्सेल सङ्केतमा थिच्नुहोस् । एक्सेल फाइल डाउनलोड हुन्छ ।   

शिक्षकको प्रगति विवरणलाई एक्सेल फाइलमा कसरी रूपान्तरण गर्न सकिन्छ ?

शिक्षकको प्रगति विवरणलाई एक्सेल फाइलमा  रूपान्तरण गर्न विद्यालय प्रशासकको ड्यासबाेर्डमा रहेको शिक्षकहरू मेन्यु थिच्नुहोस् । विद्यालयमा रहनु भएको शिक्षकहरूको विवरण देखा पर्छ । शिक्षकको नाममा थिच्नुहोस् । अर्का पेजमा शिक्षकको प्रगति विवरण विस्तृत पेज देखिन्छ । उक्त पेजको माथि एक्सेल भन्ने सङ्केत थिच्नुहोस् । एक्सेल फाइल डाउनलोड हुन्छ । 

शिक्षकको नाम अनुसार हरेक शिक्षकको व्यक्तिगत प्रगति विवरणहरू रूपान्तरण गर्न सकिन्छ । 

के शिक्षकहरूको मात्रै वा विषय शिक्षकहरू एकै पटक प्रगति विवरण एक्सेलमा रूपान्तरण गर्न सकिन्छ ?

हाललाई यो सेवा उपलब्ध छैन । व्यक्तिगत शिक्षकहरू मात्रै प्रगति विवरण मात्र एक्सेलमा रूपान्तरण गर्न सकिन्छ । 

विद्यार्थीकाे प्रगति विवरणलाई एक्सेल फाइलमा कसरी रूपान्तरण गर्न सकिन्छ ?

विद्यार्थीकाे प्रगति विवरणलाई एक्सेल फाइलमा  रूपान्तरण गर्न विद्यालय प्रशासकको ड्यासबाेर्डमा रहेको विद्यार्थीकाे मेन्यु थिच्नुहोस् । विद्यालयमा भएको विद्यार्थीहरूको विवरण देखा पर्छ । विद्यार्थीकाे नाममा थिच्नुहोस् । अर्का पेजमा शिक्षकको प्रगति विवरण विस्तृत पेज देखिन्छ । उक्त पेजको माथि एक्सेल भन्ने सङ्केत थिच्नुहोस् । एक्सेल फाइल डाउनलोड हुन्छ । 

के कक्षागत/लिङ्ग/विषयगत आधारमा विद्यार्थीको प्रगति विवरणहरू रूपान्तरण गर्न सकिन्छ ?

हाललाई यो सेवा उपलब्ध छैन । व्यक्तिगत विद्यार्थीहरूका प्रगति विवरणलाई मात्र एक्सेलमा रूपान्तरण गर्न सकिने व्यवस्था छ ।