निरन्तर मूल्याङ्कन फारम (रेटिङ) भनेको के हो ?

निरन्तर मूल्याङ्कन फारम (रेटिङ) एक विद्यालय पाठ्यक्रम तोकिए अनुसार शिक्षकले विद्यार्थीले बुझाएका परियोजना सामग्रीहरूको आन्तरिक मूल्याङ्कन गरी विद्यालय सिकाइ उपलब्धिसँग जोड्ने मूल्याङ्कन फारम हो । 

विषय शिक्षकले विद्यार्थीबाट प्राप्त परियोजनालाई अध्ययन, सुझाव, सम्पादन पश्चात् परियोजना प्रकाशन गर्नु रेटिङ मार्फत मूल्याङ्कन गर्ने व्यवस्था छ । निरन्तर मूल्याङ्कन फारम (रेटिङ)का १० क्षेत्रहरू रहेका छन् । यी क्षेत्रहरू मध्ये विद्यालय सिकाइको आवश्यकता अनुसार शिक्षकले कुनै एक क्षेत्र वा सबै क्षेत्रको मूल्याङ्कन गर्न सक्ने व्यवस्था छ । विद्यार्थीको परियोजना कार्य प्रकाशन पूर्व यस्ता रेटिङ शिक्षकले चाहे अनुसार परिवर्तन गर्न सक्नुहुन्छ तर प्रकाशन पश्चात् भने यसलाई थपघट गर्न सक्ने छैन । 

ज्ञान  निर्माणको पक्षलाई विद्यालय सिकाइ उपलब्धिसँग जोड्न यसको व्यवस्था गरिएको हो । 

निरन्तर मूल्याङ्कन फारम (रेटिङ)काे १० क्षेत्र के हुन?

निरन्तर मूल्याङ्कन फारम (रेटिङ)को १० क्षेत्रहरू निम्न अनुसार छन् ः

१. सिकाइको उद्देश्य प्राप्ति 

२. समस्या समाधान केन्द्रित 

३. उद्यमशीलता 

४. मौलिकता 

५. व्यक्तिगत/सामूहिक आचरण 

६. सीपको उपयोग र प्रदर्शन 

७. लेखन शैली 

८. बुझाइ 

९. भाषागत शुद्धाशुद्धि 

१०. प्रस्तुतीकरण 

यद्यपि विद्यालयको आवश्यकता अनुसार  यिनीहरू फेरबदल गर्न सकिन्छ । 

निरन्तर मूल्याङ्कन फारम (रेटिङ) गरेको नगरेको थाहा हुन्छ ? 

निरन्तर मूल्याङ्कन फारम (रेटिङ) गरेको नगरेको विषय शिक्षक बाहेक विद्यालय प्रशासक, सह एडमिन र परियोजना बुझाउने विद्यार्थीलाई थाहा हुन्छ । परियोजना मूल्याङ्कन भए पश्चात् विद्यालय प्रशासक, सह एडमिन र परियोजना बुझाउने विद्यार्थीलाई सूचना प्राप्त गर्छन् ।  

निरन्तर मूल्याङ्कन फारम (रेटिङ) गर्न विषय शिक्षक बाहेक अरूको पहुँच हुन्छ कि हुँदैन? 

निरन्तर मूल्याङ्कन फारम (रेटिङ)  विषय शिक्षक बाहेक विद्यालय प्रशासक, सह एडमिन पहुँच हुन्छ। यद्यपि  परियोजना मूल्याङ्कन भए पश्चात् विषय शिक्षक विद्यालय प्रशासक, सह एडमिन र परियोजना बुझाउने विद्यार्थीलाई सूचना प्राप्त हुने भएकाले कस्ले गर्याे भन्नेकुरा थहा हुन्छ ।