मिनी नेपालमा विद्यार्थी प्रयाेगकर्ता

मिनी नेपालकाे केन्द्रबिन्दु विद्यार्थीहरू हुन् । विद्यार्थीहरूका आफ्नोपनको अभिव्यक्ति, ज्ञान निर्माण, सृजना, प्रतिभा, सिकाइ क्रियाकलाप, सिकाइ आदानप्रदान र स्वः मूल्याङ्कन अवसर प्रदान गर्छ ।

मिनी नेपालमा विद्यार्थीहरू दुई तरिकाबाट सुविधा प्रदान गरिएको छ । मिनी नेपालकाे साधारण प्रयोगकर्ताको रूपमा मिनी नेपालकाे प्रयोग कर्ता हुन सक्नुहुन्छ । साइन अप वा लग इन गरेर मिनी नेपालमा सहभागी हुन पाउनु हुन्छ ।

विद्यालय मार्फत पनि मिनी नेपालकाे प्रयोगकर्ता हुन सक्ने व्यवस्था गरिएको छ । विद्यालयको पेजमा रहेको मेन्युमा रहेको सहभागी शीर्षकमा सहभागी फारम भरी विद्यालयमा पठाउन सक्नुहुन्छ । विद्यालय एडमनिले विद्यालय विद्यार्थी यकिन गरे पछि स्वीकृति गरे पछि मिनी नेपालकाे प्रयोगकर्ता हुन सक्छन् । विद्यालय प्रशासनले विद्यार्थीको ई मिस कोड राख्नु पर्ने हुन्छ । यसले वास्तविक विद्यार्थीहरू सहभागिताको लागि यो व्यवस्था गरिएको हो । इमेल, फोन नं. बाहेक पनि विद्यार्थीहरू मिनी नेपालकाे प्रयोगकर्ता हुन सक्नुहुन्छ ।

विद्यालयबाट प्रयोगकर्ता हुँदा विद्यालय र मिनी नेपाल दुबैलाई उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । मिनी नेपालबाट विद्यालयमा सहभागी हुनका लागि सहभागीमा गई विद्यालय एडमिनबाट ई मिस कोड सहित स्वीकृति गर्नुपर्छ ।

इमेल,फोन दुबै छैन तर मिनी नेपालकाे प्रयाेगकर्ता हुन चाहन्छु ।

इमेल,फोन दुवै  छैन तर मिनी नेपालकाे प्रयोगकर्ता हुन चाहनुहुन्छ भने तपाइले तपाईँको विद्यालय मार्फत सहभागी हुन सक्नुहुन्छ ।

यदि तपाइ पढ्ने विद्यालयमा मिनी नेपालसँग जोडिएको छ भने मिनी नेपाल भित्र रहेको विद्यालय भित्र रहेको मेन्युमा रहेको सहभागी फारम भरी सहभागिता हुन सक्नुहुन्छ । विद्यालय मार्फत सहभागी हुनका लागि विद्यालय एडमिन बाट स्वीकृति भएमा मात्र तपाइले मिनी नेपालकाे प्रयोगकर्ता हुन सक्नु हुन्छ ।

यसरी बन्नुभएको प्रयोगकर्ताले मिनी नेपालकाे सबै सेवा सुविधाको उपयोग गर्न पाउनु हुन्छ ।

कोड भनेको के हो ?

कोड भनेको ई मिस कोड हो । नेपाल सरकारबाट एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीबाट ई मिस कोड जारी भएको हुन्छ । हरेक विद्यालयसँग आफ्ना विद्यार्थीहरूका, शिक्षक, विद्यालयकाे ई मिस कोड पहुँच रहेकाे हुन्छ ।

के विद्यालयमा सहभागी नभई मिनी नेपालमा आफ्ना लेख रचना प्रकाशन गर्न सक्छु ?

सबै विद्यार्थीहरू विद्यालयमा सहभागी नभई पनि मिनी नेपालमा आफ्ना लेख रचना प्रकाशन गर्न सक्नु हुन्छ । त्यसको लागि साइन अप गरी प्रयोगकर्ता बन्नुपर्छ । तपाईँको पहुँचमा रहेको इमेल हुनु पर्छ ।

इमेल कसरी बनाउने थाहा पाउन इमेल कसरी बनाउने भन्नेमा हेर्नुहोस् ।

विद्यार्थीकाे प्रोफाइल

विद्यार्थी प्रोफाइल विद्यार्थी स्वयं ऐना हो । आफ्नो बारेमा, आफ्ना कृति, सृजना, कार्यहरू प्रतिबिम्बित हुन्छ । यहाँ प्रोफाइल फोटो, पृष्ठभूमि फोटो, आफ्नो बारेमा, पोस्टहरू सार्वजनिक रूपमा प्रदर्शन हुन्छ ।   विद्यार्थी प्रोफाइल विद्यार्थीको ड्यासबाेर्ड पनि हो ।

प्राेफाइल कसरी भर्ने भन्ने मा हेर्नुहाेस् ।

प्रोफाइल र कभर फाेटाे थप्नुहोस् वा परिवर्तन गर्नुहोस् ।

मिनी नेपालको मुख्य भागमा गोलो फोटो चिन्हमा आफ्नो प्रोफाइल तस्बिर क्लिक गर्नुहोस्, यहाँबाट, तपाईँ एउटा फोटो चयन गर्न वा नयाँ अपलोड गर्न सक्नुहुन्छ।

कभर फोटो तपाईँको प्रोफाइल तस्बिरको माथि रहेको ठुलो फोटो हो। तपाईँको प्रोफाइल तस्बिर जस्तै, कभर फोटोहरू सार्वजनिक छन्, जसको मतलब तपाईँको प्रोफाइल हेर्ने जो कोहीले तिनीहरूलाई हेर्न पाउनेछन्।

कभर फोटो थप्न वा परिवर्तन गर्न: कभर फोटो माथि रहेको सङ्केतमा क्लिक गरी आफ्नो कम्प्युटर वा मोबाइलबाट नयाँ फोटो अपलोड गर्न फोटो अपलोड गर्नुहोस्।

यदि तपाईँ आफ्नो प्रोफाइल वा कभर फाेटाे परिवर्तन गर्न सकिरहनु भएको छैन वा प्रोफाइल तस्बिर परिवर्तन गर्न समस्या भइरहेको छ भने:

क.  मिनी नेपाललाई रिफ्रेस गर्नुहोस् र पुनः प्रयास गर्नुहोस्। 

ख.   तपाईँ भरपर्दो डाटा वा Wi-Fi नेटवर्क छ वा छैन भनी जाँच गर्नुहोस्।

ग.  उत्तम गुणस्तरको प्रोफाइल फाेटाे लागि कम्तीमा ३२० पिक्सेल चौडा र ३२० पिक्सेल अग्लो (३२०*३२० पिक्सेल) हुनुपर्छ।

घ. स्तरीय कभर फोटो कम्तीमा ७२० पिक्सेल चौडा हुनुपर्छ।

घ.  यदि तपाईँ अझै आफ्नो प्रोफाइल वा कभर फाेटाे परिवर्तन गर्न सक्नु भएन भने, तपाईँले हामीलाई खबर गर्न सक्नुहुन्छ।


नोट: प्रोफाइल र कभर फोटोको कुनै एल्बम हुँदैन । मिनी नेपालले पुराना कभर र प्रोफाइल फोटो सङ्ग्रह गरेर राख्दैन ।