आफ्नो खाता सुरक्षित राख्नुहोस्

यहाँ केही सुझावहरू छन् जसबाट तपाईँले आफ्नो खाता सुरक्षित राख्न गर्न सक्नुहुन्छ:

क. आफ्नो पासवर्ड सुरक्षित राख्नुहोस् ।

ख. आफ्नो मिनी नेपालको पासवर्ड अन्य कतै अनलाइन प्रयोग नगर्नुहोस्, र यसलाई अन्य व्यक्तिहरूसँग कहिल्यै साझा नगर्नुहोस्।

ग. तपाईँको पासवर्ड अनुमान गर्न गाह्रो हुनुपर्छ, त्यसैले आफ्नो नाम वा सामान्य शब्दहरू समावेश नगर्नुहोस्।

घ. सुरक्षित पासवर्ड सिर्जना गर्ने बारे थप जानकारी लिनुहोस्।

ङ. आफ्नो लगइन जानकारी कहिल्यै साझा नगर्नुहोस् ।

च. स्क्यामहरू (Scammers) ले मिनी नेपाल जस्तो देखिने नक्कली वेबसाइटहरू सिर्जना गर्न सक्छन् र तपाईँलाई आफ्नो इमेल ठेगाना र पासवर्डको साथ लग इन गर्न सोध्न सक्छन्।

छ. तपाईँले आफ्नो लगइन गर्नु अघि सधैँ वेबसाइटको URL जाँच गर्नुहोस्। जब शङ्का छ, मिनी नेपालमा जानको लागि आफ्नो ब्राउजरमा www.mininepal.org टाइप गर्नुहोस्।

ज. मिनी नेपालबाट प्राप्त इमेल वा इमेलका सूचनाहरू अन्य व्यक्तिहरूलाई इमेलहरू फरवार्ड नगर्नुहोस्, किनकि तिनीहरूसँग तपाईँको खाताको बारेमा संवेदनशील जानकारी हुन सक्छ।

झ. तपाईँले अन्य व्यक्तिहरूसँग साझेदारी गर्नुभएको कम्प्युटर प्रयोग गर्दा जहिल्यै मिनी नेपाल बाट लग आउट गर्नुहोस्  ।

ञ. शंखास्पद वा अपरिचित सफ्टवेयर बेबस्ता हेर्नुहोस् ।

ट. शंखास्पद वा अपरिचित लिङ्क कहिल्यै क्लिक नगर्नुहोस् (यदि तिनीहरू साथी वा तपाईँलाई चिनेको कम्पनीबाट आएको देखिए पनि) ।

सुरक्षित पासवर्ड निर्माणमा ध्यान दिनुपर्ने सुझावहरू

यदि तपाईँलाई तपाईँको हालको पासवर्ड थाहा छ भने, तपाईँ यसलाई परिवर्तन गर्न सक्नुहुन्छ। जब तपाईँ नयाँ पासवर्ड बनाउनुहुन्छ, याद गर्नुहोस्:

क. तपाईँको पासवर्ड तपाईँलाई सम्झन सजिलो तर अरूलाई अनुमान गर्न गाह्रो हुनुपर्छ।

ख. तपाईँको मिनी नेपालकाे पासवर्ड तपाईँले अन्य खाताहरूमा लग इन गर्न प्रयोग गर्नुहुने पासवर्डहरू भन्दा फरक हुनुपर्छ, जस्तै तपाईँको फेसबुक, टिकटक, इमेल वा बैंक खाता।

ख. लामो पासवर्डहरू सामान्यतया बढी सुरक्षित हुन्छन्। तपाईँको पासवर्ड तपाईँको इमेल ठेगाना, फोन नम्बर वा जन्म मिति हुनु हुँदैन।

यदि तपाईँलाई आफ्नो पासवर्ड परिवर्तन गर्न समस्या भइरहेको छ भने, लगइन र पासवर्ड कसरी गर्ने  भन्ने बारेमा मद्दतबाट सिक्नसक्नु हुनेछ ।

मिनी नेपालमा तपाईँको नाम प्रयोग

मिनी नेपालमा प्रयोग भएका नाम तपाईँको आधिकारिक प्रतिनिधित्व गर्छ भन्ने आधिकारिकता चिन्ह (verified Icon) प्रदान गर्ने भएकाले नाम राख्न अनुरोध गर्दछौ ।तथापि तपाईँले दैनिक जीवनमा प्रयोग गर्ने नाम तपाईँको कानुनी नाम भन्दा फरक हुन सक्छ भन्ने कुरा हामी बुझ्छौँ। हामी तपाईँलाई आफ्नो मिनी नेपालको प्रोफाइलमा सबैभन्दा धेरै चिन्ने नाम प्रयोग गर्न सक्षम भएको हेर्न चाहन्छौँ।

मिनी नेपालले अनुमति नदिएका नामहरूः

प्रतीकहरू, सङ्ख्याहरू, असामान्य क्यापिटलाइजेशन, दोहोरिने क्यारेक्टरहरू वा विराम चिन्हहरू। धेरै भाषाहरूका वर्णहरू। कुनै पनि प्रकारको शीर्षक (जस्तै व्यावसायिक, धार्मिक)। नामको सट्टामा शब्द वा वाक्यांशहरू। कुनै पनि प्रकारको आपत्तिजनक वा सुझावात्मक शब्दहरू।

स्प्याम (spams) र स्याक्मस (scams) हरूबाट बच्नुहोस्

स्प्याम (spams)ले अनावश्यक सामग्री वा अनुरोध भएका मानिसहरूलाई सम्पर्क गर्नु बुझाउँछ। यसमा धेरै सन्देशहरू पठाउने, मानिसहरूको पाेस्ट वा अन्तर्क्रियामा अत्यधिक रूपमा लिङ्क वा फोटोहरू पोस्ट गर्ने आदि समावेश हुन्छ। यस्ता स्प्यामहरू असुरक्षित लिङ्कहरूमा वा शङ्कास्पद सफ्टवेयर क्लिक गरेर फैलिन सक्छ।

स्क्यामरहरू(Scammers) ले  स्प्याम (spams) पठाइ वा स्यामहरूबाट कहिलेकाहीँ मानिसहरूको मिनी नेपालकाे खाताहरूमा पहुँच प्राप्त गर्न सक्छन् । यदि तपाईँले कुनै चीजमा क्लिक गरी स्पाम भई तपाईँको खाताले अनावश्यक पोस्टहरू, वा पृष्ठहरू सिर्जना गरिरहेको छ भने, यी चरणहरू प्रयास गर्नुहोस्:

क. आफ्नो खाता सुरक्षित गर्नुहोस् वा सुरक्षित छ छैन चेकजाँच गर्नुहोस् । यदि तपाईँ आफ्नो खातामा लग इन गर्न सक्नुहुन्छ भने, पासवर्ड परिवर्तन गर्न हामी तपाईँलाई सिफारिस गर्दछौँ।

ख. यदि कसैले बारम्बार केही पोस्ट गर्दै छ जुन तपाईँलाई स्प्याम हो जस्तो लाग्छ भने हामीलाई रिपोर्ट गर्नुहोस्।

यदि तपाईँले मिनी नेपालमा स्प्याम भेट्नुभयो भने, हामीलाई रिपोर्ट गर्नुहोस्। त्यसो गरेर, तपाईँले हामीलाई अन्य मानिसहरूलाई हुनसक्ने क्षति वा स्याक्मबाट जोगाउन मद्दत गर्न महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।