मिनी नेपालमा के कस्ता विषयमा जाहेरी दिन सक्ने व्यवस्था छ ?

मिनी नेपाल सिकाइ केन्द्रित छ । यहाँ अभिव्यक्त भएका सबै अभिव्यक्तिहरू सिकाइमा केन्द्रित छन् । मिनी नेपालमा सहभागी सबै प्रयोगकर्ताहरू व्यक्तिगत र संस्थागत रूपमा जिम्मेवार हुनुहुन्छ भने अपेक्षा छ तथापि मिनी नेपालमा निम्न २ विषयमाथि जाहेरी दिने व्यवस्था गरेको छ:

क. प्रतिलिपि अधिकार उल्लङ्घन

ख. भ्रामक तथा गलत सूचना

जाहेरी कसरी दिने ?

प्रयोगकर्ताले मिनी नेपालमा प्रकाशन भएका कुनै पनि लेख,रचना, खोज अनुसन्धानमा प्रतिलिपि अधिकार उल्लङ्घन वा भ्रामक तथा गलत सूचना राखेको पत्ता लागेमा वा निश्चित भएमा पोस्ट (लेख) लेखकको नाम भएको दाहिने तर्फ रहेको ३ वटा थोप्लामा थिच्नुहोस् त्यहाँ जाहेरी भन्ने शीर्षक थिचेर उल्लङ्घन भएको शीर्षक छान्नुहोस् र तपाईँको सन्देश राखी पठाउन सक्नुहुन्छ ।

जाहेरी प्राप्त लेख वा रचनाको कति दिन भित्र प्रक्रिया अगाडि बढ्छ ?

कुनै पनि जाहेरी प्राप्त भए पश्चात् मिनी नेपाल तुरुन्त खोज तलासको काम सुरु गर्छ । जाहेरी प्राप्त भए भन्दैमा मिनी नेपाल कसुरदार प्रमाणित गर्दैन । मिनी नेपालले गहिरो अध्ययन गर्छ । जाहेरी प्राप्त भएको ४५ दिन पछि मिनी नेपाल प्रशासनले ६० दिन भित्र प्रक्रियालाई सम्पन्न गर्छ । प्रतिलिपि अधिकार उल्लङ्घन  वा भ्रामक तथा गलत सूचना यकिन भएमा वा नभएमा प्रयोगकर्ताको सर्तहरू बमोजिम प्रक्रिया अगाडि बढ्छ । थप जानकारी प्रयोगकर्ताको सर्तमा हेर्नुहोस् ।

के जाहेरी दिने व्यक्तिले उक्त प्रक्रियाको बारेमा जानकारी प्राप्त गर्छ ?

मिनी नेपाल प्रशासनले जाहेरी कर्तालाई प्रक्रिया सम्पन्न भए पश्चात् पहुँचेका आधारमा सूचना प्रदान गर्ने प्रयास गर्छ तर जाहेरीकर्तालाई त्यस्ता सूचना दिने अनिवार्य दायित्व बहन गर्दैन । जाहेरी दिएको लेख रचना माथि भएको प्रक्रिया (लेख रचना हटाउने, थपघट गर्न मद्दत गर्ने तथा अन्य काम कारबाही) लेखमा नै हुने भएकाले जाहेरीकर्ताले ६० दिन पश्चात् उक्त लेख रचना हेरी निश्चित हुनुपर्ने छ ।