मिनी नेपालको ‘पोस्ट’ के हो ? 

‘पोस्ट’ अभिव्यक्तिको मुख्य द्वार हो । निश्चित विषयवस्तु माथिका समग्र जानकारीको प्रस्तुतिका लागि लेखनका साथ साथै भिडियो, अडियो, फोटो, सङ्केत, चिन्ह एकीकृत प्रस्तुतिले अभिव्यक्तिलाई अझ बलियो, प्रस्ट र बुझनीय बनाउँछ । यस कारण पोस्ट अभिव्यक्तिको सशक्त माध्यम पनि हो । पोस्ट निश्चित विषयवस्तु माथि सिर्जना गरिएको एक स्वतन्त्र पेज हो तर यसले सामाजिक अभिव्यक्तिलाई त्यतिकै महत्त्व साथ अङ्गीकार गर्छ जति ज्ञानले बहुल दृष्टिकोण, बहुपक्षीयता, सूक्ष्म र विस्तृत पक्षहरू ग्रहण गर्छ । अर्थात् पोस्टले ज्ञानको फैलावट र गहिराइको असीमित परिधिलाई बहुपक्षिय अभिव्यक्तिहरू मार्फत एकीकृत संरचना प्रदान गर्छ भन्ने विश्वास छ । त्यसैले यहाँ पोस्ट भन्नाले कुनै एक विषय माथिको समग्र ज्ञानमूलक-सूचनामूलक विवरणको प्रस्तुति हो जुन अन्तर्क्रिया, छलफल, आदानप्रदान, समीक्षाबाट सधैँ अद्यावधिक, विस्तारित र फैलिरहन्छ । 

मनी नेपालको पोस्ट सामग्री कसरी निर्माण गर्न सकिन्छ ? 

स्वतन्त्र ज्ञान निर्माण वा सिर्जना कुनै पनि मापदण्ड र परिधिभित्र सीमित रहन सक्दैन भन्नेमा हामी विश्वास गर्छौ । तथापि मिनी नेपालको पोस्ट सामग्री बहु आयामिक, नवीन, सृजनशील भइकन पनि ज्ञानमूलक, समस्या समाधान केन्द्रित र सूचनामूलक होस् भन्नेमा कटिबद्ध छ । पोस्टको प्रस्तुतिका लागि निर्माण गरिएको निश्चित प्राविधिक ढाँचालाई सहज उपयोग गर्न तलका केही महत्त्वपूर्ण जानकारीले रचनात्मक र सहयोगी भूमिका खेल्छ भन्ने अपेक्षा लिएका छौ ः 

क. तपाईँको वरिपरि रहेका सबै विषयवस्तु/सामग्रीहरू ज्ञानमूलक छन जस्तै: 

सबै विषयवस्तुको नाम हुन्छन् जस्तो ‘गाई’को गाई भने झैँ । विभिन्न ठाउँ वा भाषामा यिनीलाई विभिन्न नामले चिनिन्छन् । यी कुनै समय कुनै स्थानमा उत्पत्ति भएका हुन् । यिनका शरीरहरू स साना अङ्गहरू मिलेर बनेका हुन्छ । यिनीलाई विभिन्न भागमा छुट्टाउन सकिन्छ । अङ्कमा मापन गर्न सकिन्छ । समग्र शरीरले कसरी काम गर्छ भनेर भन्न सकिन्छ । यी समय अनुसार हुर्कँदै (विकास क्रम) आएका हुन्छन् । विभिन्न जात प्रजातिका हुन्छन् । कुनै समयमा नाश वा मृत्यु वा परिमार्जन भइरहेका छन् । यी सँग मानिसको सम्बन्ध छ । प्रकृतिसँग । समाजसँग । बजारसँग । धर्मसँग । संस्कृतिसँग । राष्ट्रियतासँग । कानुनसँग लगायत विभिन्न विषयसँग । यिनको उपयोगिता पनि छ । अर्थात् फाइदा÷राम्रो पक्ष पनि छ । बेफाइदा ÷नराम्रो पक्ष पनि छ । बेफाइदा/नराम्रो पक्ष लाई न्यून गर्ने तरिका पनि छन् । आज यस्ता छन् । हिजो यस्ता थिए र भोलि यस्ता हुन सक्नेछन् भनी परिकल्पना गर्न सकिन्छ । अन्य धेरै कुराहरू हुन्छन् । एक पटक सोचौँ र हेरौँ त !

ख. तपाई जस्तै धेरै मानिसहरू यस्तै कुरा खोजिरहेका छन्/हुन्छन् जस्तै ः यो बाटो कहाँ पुग्छ? यो रुख के हो ? मौरीले मह कसरी बनाउँछ? तरकारी कसरी पकाउने? ढल थुनियो, के गर्ने? साइकललाई कति पर्छ? हजुरबुबाको जन्म कहिले भएको हो ? यस्ता करौडौ प्रश्नहरू दैनिक रूपमा मानिसहरू एक अर्कालाई सोधिरहेका हुन्छन् । तपाई पनि सोध्नुहुन्छ । तपाईँलाई पनि सोधिन्छ । केहीको उत्तर दिन सकिन्छ । केहीको सकिन्न वा अगरुसँग सोध्न/खोज्न आग्रह गरिन्छ ।

अर्थात् मानिसहरू सधैँ सोधखोज गरिरहन्छन् । यदि तपाईँको पोस्टले आम मानिसका सोधखोजका जिज्ञासा पुरा गर्छन् भने मानिसहरू सधैँ तपाईँको पोस्टको सोधखोज गरिरहन्छन् । त्यसैले तपाईँले आम मानिसहरू गाईको बारेमा के कस्ता कुराहरूको जानकारी जिज्ञासा राख्छन् भन्ने बारेका ध्यान दिनु भयो भने तपाईँको पोस्ट अझ प्रभावकारी, उपयोगी हुनसक्छ । यसका लागि गाई सम्बन्धीका सम्भावित जिज्ञासाहरू सङ्कलन गर्न सक्नुहुन्छ । अर्थात् के गाई? कस्तो गाई? कहिलेको गाई? कसरी गाई भएको? किन गाई भनिएको? कति÷कत्रो आकार प्रकार, वजन? जस्ता प्रश्नहरू सहयोगी हुन सक्छन् । गाई सम्बन्धित विषय सामग्रीलाई भिडियो, अडियो, फोटोको उपयोग गरी अझ विस्तृत जानकारीलाई समेटी प्रस्तुति दिन सक्नुहुन्छ विशेष गरी नेपाल र नेपालभित्र रहेका स्थानीय गाइको बारेमा । 

मिनी नेपालले हाम्रा वरपर रहेका स्थानीय विषय बस्तुमाथि पोस्ट सामग्री निर्माणका गर्न उत्प्रेरित गर्छ ता कि तपाईँको पोस्टबाट आम मानिसले नेपालका स्थानीय विषयवस्तु माथिको जिज्ञासा÷कौतुहलता/ खोजका आवश्यकताहरू पुरा गर्नका लागि सहयोगी बन्न सकोस् । 

ग. तपाई लाग्न सक्छ तपाईँको कुरा सबैलाई थाहा छ तर वास्तविकता त्यसो नहुन पनि सक्छ ।  

सबै विषय बस्तुहरू ज्ञानको स्रोत हुन् तर अधिकांश मानिसहरू आफ्ना वरिपरि रहेका स्थानीय विषय बस्तुमाथि ज्ञानमूलक सामग्री निर्माण गर्न आवश्यकता ठान्दैनन् वा यो कुनै नयाँ कुरा होइन भन्ने ठान्छन् वा सबैलाई थाहै छ किन संङकलन गर्नु वा कसले के भन्लान् भन्ने सङ्कोच वा डर वा बेवास्ता गर्ने गरेको पाइन्छ । तर वास्तविकता फरक छ । 

संसारका धरै मानिसहरूका लागि तपाईँको विषयवस्तु नयाँ नौलो लाग्न सक्छ । उनीहरूको लागि शैक्षिक विषय बन्न सक्छ । जीवन उपयोगी बन्न सक्छ । तपाई मध्ये धरैका लागि बुझ्न÷बुझाउन÷छलफल गर्नका लागि महत्त्वपूर्ण बन्न सक्छ । पुस्तौँ पुस्ता सम्म रहने गरी सबैको लागि जानकारीमूलक सामाग्री बन्न सक्छ । 

त्यसैले महत्त्वपूर्ण कुरा के बुझ्नु पर्ने हुन्छ भने हाम्रै वरिपरि छरिएका विषयवस्तु ज्ञानको मुख्य स्रोत हो । खाली ती विषयवस्तुका सूचनाहरू कोही हामीसँग छ । कोही परिवारसँग छ । कोही हजुरबुबा, हजुरआमासँग छ । केही बाबुआमासँग छ । केही साथीभाइसँग छ । केही समाजसँग छ । केही अभिभावसँग छ । केही किसानसँग छ । केही समाजसेवीसँग छ । केही व्यापारीसँग छ । केही धामी झाँकीसँग छ । केही किताबमा छ । केही बजारसँग छ । केही विद्यालयसँग छ । केही हाम्रा खाना पाना, रहनसहन, संस्कृति, पर्वमा छन् । बस ! हामी तिनीहरूलाई खोजी गर्ने हो । संङकलन गर्ने हो । एकीकृत गर्ने हो । छलफल गर्ने हो । सुझाव लिने हो । यस्ता पोस्ट सामग्री निर्माण÷सिर्जना गर्ने हो जसले लाखौँ खोजकर्ताहरूको समस्या समाधान गर्न सहयोग गर्न सकोस् ।

मनी नेपालमा पोस्ट सामग्री कसरी अपलोड गर्ने ? 

मिनी नेपालमा पोस्ट सामग्रीको सङ्कलन, सम्पादन गरी तयारी अवस्थामा राख्दा राम्रो हुन्छ । पोस्ट सामग्री अपलोड गर्दा पोस्टको शीर्षकमा सर्वप्रथम शीर्षक राख्नुहोस् । शीर्षक विषय सामग्री अनुसार सुहाउँदो र प्रस्ट बुझिने राख्नुपर्छ । शीर्षक राखेपछि लेखन विवरणहरूलाई राख्नका लागि पोस्ट व्याख्यामा राख्नुहोस् । पोस्ट सामग्रीको लेखनलाई विभिन्न उपशीर्षकहरू मार्फत राख्न सकिन्छ । त्यसपछि पोस्टको व्याख्या भन्दा दाहिने तिर रहेको साइट फोटो र तथ्यहरू भन्ने बक्समा तपाईँले अपलोड गर्नु भएको विषय सामग्रीको मुख्य सारस, तथ्य, महत्त्वपूर्ण विवरणहरू राख्नुपर्ने हुन्छ । जस्तो कि गाईको बारेमा लेख्नुभएको पोस्ट सामग्रीमा  शीर्षक, व्याख्या गरिसक्नु भइसकेपछि साइट फोटोको रूपमा गाईको फोटो राख्नुहोस् र तथ्य बक्समा जनावर प्रकार, वैज्ञानिक नाम, जात, औसत उमेर, तौल, बच्चा जन्माउने उमेर जस्ता पोस्ट लेखनका मुख्य अंशहरू जुन महत्त्वपूर्ण र चाखलाग्दा हुन सक्छन् सोही कुराहरू राख्नुहोस् । त्यसपश्चात्, पोस्ट सामग्रीको रूपमा सङ्कलन गर्नुभएको फोटो, भिडियो, अडियो र गाई सम्बन्धी लेखिएका अन्य सामग्रीहरू पिडिएफका रूपमा शीर्षक अनुसार अपलोड गर्दै जानुहोस् । त्यसपछि लेखन सामग्रीको वर्गीकरण अनुसार वर्गीकरणको छनौट गर्नुहोस् । जस्तै गाई, जीव जनावर, घरपालुवा जनावर छनौट गर्नुहोस् । तपाईँले तयार गर्नुभएको पोस्ट सामग्रीहरू कुनै स्थान विशेषको हुन कि होइन यकिन गर्नुहोस् । यदि स्थान विशेष भएमा कुन प्रदेश, जिल्ला, पालिका, वडा र गाउँको हो त्यसको विवरण राख्नुहोस् । यदि समग्र देशको भएमा यस्ता विवरणहरू भर्नुपर्दैन । अन्तिममा ट्यागहरूको बारेमा लेख्नुहोस् । ट्याग भनेको मानिसहरू तपाईँको पोस्ट सामग्रीलाई के के भनेर खोज्न र भेटाउन सक्छन् लेखिएका शब्दहरू हो । त्यसपछि तपाईँको पोस्ट सामग्री अपलोडको तयार भयो । अपलोड गर्नुहोस् भन्ने बक्समा थिचेर अपलोड गर्नुहोस् । अपलोड सम्पन्न भएको वा समस्या भएको सूचना तपाईँले प्राप्त गर्नुहुन्छ । 

पोस्ट अपलोड हुन सकेन ? 

पोस्ट अपलोड विविध कारणले नहुन सक्छन् । यदि पोस्ट अपलोड हुन नसकेमा निम्न कुरामा ध्यान दिनुहोस्: 

क. तपाईँले अपलोड गर्नु भएको फोटो, भिडियो, भिडियो लिङ्क, अडियो को फ्रेम, ढाँचा नमिलेको हुनसक्छ । तिनीहरू तोकिएका ढाँचा वा फ्रेममा छन् कि छैन भनी चेकजाँच गर्नुहोस् । 

ख. वर्गीकरणको छनौट गर्न बिर्सनुभयो कि त्यसलाई एक पटक पुनः जाँच गर्नुहोस् । 

ग. पोस्ट व्याख्यामा लेख्न छुटाउनु भयो कि पुन ः एक पटक जाँच गर्नुहोस् । 

घ. पोस्टको शीर्षक राख्नु भएको छैन भने पनि अपलोड हुदैन् । 

ङ. पोस्ट सामग्रीहरू अन्य स्रोतबाट सिधै कपी (प्रतिलिपि) गरे राखेमा वा सामग्रीहरूमा बग, मालवेअर, भाइरस रहेको खण्डमा पनि अपलोडमा समस्या देखा पर्छ ।

च. भिडियो, फोटो अपलोड नभई समग्र पोस्ट अपलोड गरेमा पनि अपलोड हुदैन् । 

पोस्ट सामग्री अपलोड नहुने समस्या यदि भिडियो, फोटो, अडियो मध्ये कुनै एक वा सबैका कारण भएको छ भने पहिले अपलोड गर्ने र सम्पादन गरी बिस्तारै फोटो, भिडियो, अडियो हरू थप्दै जान सक्नुहुन्छ । 

पोस्ट भित्रको साइट फोटो र तथ्यहरू के हुन ?

पोस्ट भित्रको साइट फोटो र तथ्यहरू पोस्ट लेखन सामग्रीको सारस वा महत्त्वपूर्ण तथ्य विवरणहरू प्रदर्शन गर्ने उपपेज हो । यसमा राखिएको फोटो पोस्टको मुख्य पृष्ठको रूपमा देखा पर्छ । तथ्यहरूले विषय सामग्रीको शीर्षक र त्यसमा महत्त्वपूर्ण जानकारीहरूलाई प्रदर्शन गर्दछ जसका कारण पाठकहरूले फोटो, शीर्षक र सरसको आधारमा विषय सामग्रीबाट छिटो र सजिलै महत्त्वपूर्ण जानकारी प्राप्त गर्छन् । यो पोस्टको मुख्य अंश हो जसले समग्र पोस्ट सामग्रीको प्रतिनिधित्व गर्छ । 

म/हामीसँग फोटाहरू मात्र छन्, के गर्न सकिन्छ ? 

तपाई सँग फोटाहरू मात्र छन् । पोस्टका लागि त्यो पर्याप्त छ तर तपाईँले यसमा केही थप मेहनत गर्नुपर्छ । त्यो भनेको फोटो मार्फत तपाईँले कस्ता सूचना जानकारी दिन खोज्नु भएको हो सबैभन्दा पहिले त्यसको निर्क्योल गर्नुहोस् । के ती जानकारीहरू फोटोले अभिव्यक्त गर्न सक्छन् जाँच गर्नुहोस् । यदि गर्न सक्दैन भने लेखन मार्फत जानकारीलाई पूर्ण बनाउँछ सक्नुहुन्छ । फोटो सामग्रीको शीर्षक दिनुहोस् । फोटोको कुन सन्दर्भको बारेमा पाठकलाई भन्नुहोस् । यसले भन्न खोजेको मुख्य सूचनाहरूको बारेमा थप दिन सक्नुहुन्छ । त्यसपछि साइट फोटोमा फोटो राख्न सक्नुहुन्छ । तपाईँको फोटो सामग्रीसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी राख्नुहोस् । वर्गीकरण छान्नुहोस् । स्थान विशेष भए सोही अनुसार ठाउँहरू भर्नुहोस् । ट्यागका शब्द राख्नुहोस् अपलोड गर्नुहोस् । तपाईँको सामग्रीलाई तपाईँको इच्छा अनुसार कुनै पनि समयमा सम्पादन गर्न, थप्न र हटाउन सक्नुहुनेछ । 

 

मसँग भिडियो मात्र छ, के गर्न सकिन्छ ? 

तपाई सँग भिडियो मात्र छ । पोस्टका लागि यो पर्याप्त छ । तर कहिलेकाहीँ तपाईँले यसमा केही थप मेहनत गर्नुपर्छ । भिडियोले के सूचना जानकारी दिन खोजेको कुरा बनाउन केही थप पृष्ठभूमि सहितको जानकारी दिन सक्नुहुन्छ । त्यसका लागि तपाईँले भिडियोको बारेमा व्याख्या गर्नु पर्ने हुन्छ । भिडियो सामग्रीको शीर्षक दिनुहोस् । भिडियोको मुख्य सन्देशको बारेमा पाठकलाई भन्नुहोस् । त्यसपछि भिडियोको कभर फोटो साइट बारमा राख्नुहोस् । अनि भिडियो सामग्रीसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी तथ्यमा राख्नुहोस् । वर्गीकरण छान्नुहोस् । स्थान विशेष भए सोही अनुसार ठाउँहरू भर्नुहोस् । ट्यागका शब्द राख्नुहोस् अपलोड गर्नुहोस् । तपाईँको सामग्रीलाई तपाईँको इच्छा अनुसार कुनै पनि समयमा सम्पादन गर्न, थप्न र हटाउन सक्नुहुनेछ । 

मसँग लेख छ तर फोटो, भिडियो र अडियो नै छैनन्, के गर्न सकिन्छ ?

तपाईँले पोस्ट सामग्रीका सिर्जना गर्नका लागि लेखन विषयवस्तु तयार गर्नुभएको छ भने तपाईँले सामाग्री सिर्जनाको आधा यात्रा तयार गरिसक्नुभएको छ । त्यसैले लेखन सामग्री मात्रै पनि पोस्टका लागि योग्य हुनसक्छ । लेखन सामग्रीलाई फराकिलो बुझाई का लागि तपाईँले बिस्तारै सम्भव भए सम्म फोटो, भिडियोहरू थप्दै जान सक्नुहुन्छ । यसका लागि तपाई साथी, समुदाय तथा मिनी नेपालको सम्पादकसँग सहयोग लिन सक्नुहुन्छ । तपाईँले पोस्ट गर्नुभएको कुनै पनि पोस्ट सामग्रीहरू कुनै पनि समयमा सम्पादन, थप्न र हटाउन सक्नुहुनेछ । त्यसैले महत्त्वपूर्ण कुरा के छ भने तपाईँको लेखन सामग्री जानकारीमूलक हुनुपर्दछ र यसले पाठकको आवश्यकतालाई पुरा गर्ने हुनुपर्ने हुन्छ । 

हरेक पोस्ट गर्नका लागि फोटो, भिडियो, अडियो, पिडिएफ सबै चाहिने नै हो ? 

हरेक पोस्ट सामग्रीको लागि फोटो, भिडियो, अडियो, पिडिएफ सबै चाहिँदैन तर यी माध्यमबाट तपाईँले तपाईँको अभिव्यक्तिलाई प्रखर, बहु आयामिक, सटिक, फराकिलो र थप मजबुत बनाउन सक्नुहुन्छ । सम्भव भए सम्म लेखन र फोटो, भिडियो, अडियो, पिडिएफ भए राम्रो हुन्छ । 

पोस्ट लेखन भित्रको भिडियो लिङ्क भन्नाले के बुझिन्छ? 

पोस्ट लेखन भित्रको भिडियो लिङ्क भन्नाले तपाईँले वा अरू कसैले तेस्रो पक्षको वेबसाइट, सोसल मिडिया आदिमा अपलोड गरेका भिडियो र त्यसको लिङ्क भन्ने बुझिन्छ । यस्ता भिडियो लिङ्क राख्दा भिडियो राख्ने प्रथम पक्षको स्वीकृति आवश्यक हुन्छ । तिनीहरूको स्रोतको उल्लेख गर्नुपर्ने हुन्छ । 

मिनी नेपालमा पोस्ट गर्दा वर्गीकरण किन छान्नुपर्‍यो ? 

मिनी नेपालमा पोस्ट सामग्री अपलोड गर्दा वर्गीकरण छान्नुपर्ने हुन्छ । तपाईँले अपलोड गर्नुभएको पोस्ट सामग्रीलाई व्यवस्थापन गर्न, सुरक्षा प्रदान गर्न र पुर्न प्रयोगका लागि सजिलै प्राप्त होस् भन्ने हेतुले तपाईँको पोस्ट सामग्रीलाई वर्गीकरणमा छनौट गर्नै पर्ने हुन्छ । मिनी नेपालमा पोस्ट अपलोड गर्दा वर्गीकरण छान्नुपर्ने व्यवस्था गरिएको छ ।

पोस्ट गर्दा के स्थानको वर्गीकरण छान्नै पर्ने हो ? 

पोस्ट सामग्री अपलोड गर्दा तपाईँले स्थान सम्बन्धित वर्गीकरण छान्नै पर्ने बाध्यता छैन । मिनी नेपालले तपाई अपलोड गर्नुभएको पोस्ट सामग्रीहरूलाई नेपालको प्रशासनिक विभाजन अनुसार स्थानीय ज्ञान, सीप, अभ्यास कहाँ के छन् भनेर व्यवस्थापन गर्न यसको उपयोग गरिएको हो । यदि तपाईँका पोस्ट सामग्रीहरू स्थानिक वा स्थानीय विषयवस्तु माथि लेखिएका छन् भने त्यस वेला तपाईँले लेखिएको पोस्ट सामग्रीको यो स्थान उल्लेख गर्दा उपयुक्त हुन्छ । किनभने तपाईँका स्थानमा पाइएका सोही जानकारी अन्य क्षेत्रमा पनि पाइने भएकाले एक स्थानको जानकारी अर्को स्थानमा कस्तो रूपमा हुन्छन् भन्ने भिन्नता छुट्ट्याउन सकिने र पाठकहरूले स्थान अनुसारको जानकारी खोजलाई सरल र सहज पहुँच दिनका लागि पनि यदि स्थानीय विषयवस्तु माथिका पोस्ट सामग्रीहरूमा स्थान उल्लेख गर्नु आवश्यक हुन्छ । त्यस्ता विषयवस्तु जुन कुनै स्थानिक वा स्थानीय नभई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने विषय सामग्रीको हकमा भने स्थान उल्लेख गर्नु आवश्यक पर्दैन । 

फोटो अपलोड भएन ? 

पोस्टमा फोटो ६०० * ५४० पिक्चल भन्दा साना फोटा अपलोड हुन सक्दैन । यस्तो बेलमा तपाईँलाई फोटोको साइज मिलेन भन्ने सूचना प्राप्त गर्नुहुनेछ । फोटोको साइज पुन बढाएर वा अर्को प्रतिस्थापन गर्नुपर्ने हुन्छ । थप जानकारीका लागि यहाँ थिच्नुहोस् ।  

पोस्टका फोटोहरू/भिडियो/अडियो/पिडिएफ मेटाउन चाहनुहुन्छ  वा प्रतिस्थापन गर्न कसरी सकिन्छ ?  

पोस्टका अपलोड ढाँचा वा आकार नमिलेका फोटोहरू/भिडियो/अडियो/पिडिएफ अपलोड हुँदैनन् । यसको बारेमा तपाईँले सूचना प्राप्त गर्नु हुनेछ । यस्ता ढाँचा नमिलेका फोटोहरू÷भिडियो÷अडियो÷पिडिएफ मेटाउन सकिँदैन बरु यिनीलाई नयाँ फोटोहरू/भिडियो/अडियो/पिडिएफले प्रतिस्थापन गर्न सक्नु हुन्छ ।  

भिडियो अपलोड भएन ?

भिडियो सामग्रीको ढाँचा र आकार मिनी नेपालको तय गरेको ढाँचा अनुसार नमिलेको खण्डमा भिडियो अपलोड हुदैन् । तसर्थ मिनी नेपालको भिडियो अपलोडको ढाँचाको बारेमा तलको लिङ्कमा जानकारी लिन सक्नुहुनेछ । 

अडियो अपलोड भएन? 

अडियो सामग्रीको ढाँचा र आकार मिनी नेपालको तय गरेको ढाँचा अनुसार नमिलेको खण्डमा अडियो अपलोड हुदैन् । तसर्थ मिनी नेपालको अडियो अपलोडको ढाँचाको बारेमा तलको लिङ्कमा जानकारी लिन सक्नुहुनेछ । 

पिडिएफ अपलोड भएन ?

पिडिएफ सामग्रीको ढाँचा र आकार मिनी नेपालको तय गरेको ढाँचा अनुसार नमिलेको खण्डमा पिडिएफ अपलोड हुदैन् । तसर्थ मिनी नेपालको अडियो अपलोडको ढाँचाको बारेमा तलको लिङ्कमा जानकारी लिन सक्नुहुनेछ । 

पोस्ट सामग्रीका सन्दर्भ स्रोत कसरी राख्ने ? 

पोस्ट सामग्रीमा लेखिएका सबै सामग्रीहरू आफ्नै स्वामित्वको हुनुपर्दछ । पोस्ट सामग्रीलाई विश्वसनीय बनाउनका लागि विभिन्न सन्दर्भ स्रोतहरूको आवश्यकता पर्छ । यस्ता सन्दर्भ स्रोतहरूलाई राख्नका लागि हाइपर लिङ्क उपयोगी हुन्छ ।  थप जानकारी हाइपर लिङ्क कसरी सिर्जना गर्नेमा थिच्नुहोस् । 

 म पोस्टको लेखन सामग्रीमा विशेष शब्दहरूको बुझाउनका लागि शब्द र अर्थलाई राख्न चाहन्छु, के सम्भव छ? 

तपाईँले पोस्ट लेखन सामग्री भित्र शब्द अर्थहरू राख्न सक्नुहुन्छ । यसको लागि तपाईँले पोस्ट व्याख्या भित्र उपशीर्षक (शब्दार्थ) निर्माण गर्नुपर्छ । यसका लागि २ कोठे तालिका निर्माण गर्नुहोस् । उपशीर्षक (शब्द र अर्थ) राख्नुहोस् र क्रमशः तपाईँले बुझाउन खोज्नु भएको शब्द र त्यसको अर्थहरू लेखि अपलोड गर्नुहोस् । थप जानकारीका शब्दार्थ भर्न सकिन्छ मा हेर्नुहोस् । 

म कुनै विषयवस्तुको आँचलिकता/भाषिक विविधता/कुन ठाउँमा के भन्छन् भन्ने बारेमा समावेश गर्न चाहन्छु, के सम्भव छ ? 

तपाईँले पोस्ट लेखन सामग्री भित्र आँचलिकता/भाषिक विविधता शब्दहरूको प्रयोग गर्न सक्नुहुन्छ । नेपाली, रोमन नेपाली, अङ्ग्रेजी, संस्कृत, नेपा भाषा, तामाङ, उर्दु, मैथिली, भोजपुरी, हिन्दी भाषाहरू मात्रले काम गर्ने भएकाले अहिलेलाई यी भाषाहरूको माध्यमबाट आँचलिकता र भाषिक विविधतालाई प्रयास गरिएको छ । 

म ग्राफिक्सहरू जस्तै चार्ट, वर्गीकरण, टेबल बनाएर विषयवस्तुलाई प्रस्तुत गर्न चाहन्छु, के यो सम्भव छ ?

पोस्ट सामग्रीमा चार्ट, वर्गीकरण, तालिका बनाएर विषय सामग्रीलाई प्रस्तुत गर्न सकिन्छ । यसको लागि तपाईँले पोस्ट अडिटर भित्र विभिन्न चार्ट, तालिका तथा वर्गीकरणहरूको उपयोग गरी निर्माण गर्न सकिन्छ । थप जानकारी चार्ट, तालिका र वर्गीकरण कसरी निर्माण गर्नेमा हेर्नुहोस् । 

पोस्टमा कति शब्दहरू सम्मको लेख राख्न सकिन्छ ? 

पोस्ट सामग्रीमा अधिकतम ५ हजार शब्द सम्मको लेखन सामग्री राख्न सकिन्छ । पोस्ट लेखन सामग्रीलाई सरल, शुद्ध, स्पष्ट, व्यवस्थित र छोटकरी बनाउने हामी कटिबद्ध छौ । थप जानकारी पोस्ट सामग्री लेखन मार्ग निर्देशिकामा हेर्नुहोस् ।