विद्यालय पोस्ट भनेको के हो ?

विद्यालय पोस्ट विद्यालयको विद्यार्थीहरूलाई परियोजना सिकाइका लागि निर्माण गरिएको पोस्ट मेन्यु हो । विद्यार्थीको लागि मात्र विद्यालय पोस्ट हुन्छ । यसको पहुँच विद्यालय एडमिन, विद्यालयको विषय शिक्षक र परियोजना कार्य बुझाउने विद्यार्थी मात्र हुन्छ । कुनै विद्यालयको विद्यार्थी रूपमा लगइन भइसके पछि यो मेन्यु देखा पर्छ । विद्यार्थीहरूले पोस्ट गर्दा विद्यालय पोस्ट र मिनी नेपाल पोस्ट दुई वटा मध्ये एक छान्नु पर्ने हुन्छ । विद्यालय परियोजना कार्य निर्माण गर्न, बुझाउन वा अभिव्यक्ति गर्न विद्यालय पोस्टमा राखेर बुझाउनु पर्छ ।

विद्यालय पाेस्टमा रहेकाे कभर फोटो

विद्यालय पोस्टमा रहेको कभर फोटोले परियोजना कार्यले चित्रात्मक प्रतिविम्ब गर्छ । यो परियोजनाको बाहिरी आवरण पनि हो । परियोजना कार्यसँग सान्दर्भिक फोटो यसमा राख्न मिल्छ । jpg, png फोटो राख्न मिल्छ ।

विद्यालय पाेस्ट भित्र रहेका मुख्य शिर्षक र उपशिर्षकहरू

विद्यालय पोस्टबाट परियोजना कार्यको निर्माण र बुझाउनको लागि यस भित्र रहेका मुख्य शीर्षक र उपशीर्षकहरू के का लागि हुन भन्ने कुरा बुझ्न महत्त्वपूर्ण हुन्छ। विद्यालय पोस्ट भित्र तलका मुख्य शीर्षक र उपशीर्षकहरू हुन्छन्

क. शीर्षक: परियोजना कार्यको मुख्य शीर्षक हो । यहाँ परियोजना कार्यको शीर्षकमा राख्नुपर्ने हुन्छ ।

ख. कभर फाेटाेः कभर फोटो परियोजना कार्यको चित्रात्मक प्रतिविम्ब गर्छ । यो परियोजनाको बाहिरी आवरण पनि हो । परियोजना कार्यसँग सान्दर्भिक फोटो यसमा राख्न मिल्छ । jpg, png फोटो राख्न सकिन्छ ।

ग. तथ्यहरू: परियोजना कार्य भित्रका महत्त्वपूर्ण, चाखलाग्दा वा आकर्षक तथ्य विवरण तथा जानकारी राख्न यसको प्रयोग गर्न सक्नु हुन्छ । तथ्यसँग रहेको जोड चिन्ह वा सङ्केतलाई थिचेर अधिकतम १० वटा सम्म तथ्यहरू राख्न सकिन्छ । यो परियोजनाको सारंस प्रस्तुत गर्न उपयोग गर्न सक्नु हुन्छ ।

घ. पोस्ट व्याख्या: यसमा परियोजनाको सम्पूर्ण विषयवस्तु, उपशीर्षक, टेबुल राख्ने देखि परियोजनाको निचोड सम्म राख्न यसको उपयोग गर्न सकिन्छ ।

ङ. मिडिया फाइल: परियोजनालाई आवश्यक पर्ने फोटो, भिडियो, अडियो र पिडिएफ फाइलहरू यसबाट राख्न सकिन्छ । परियोजना कार्यलाई थप अर्थपूर्ण, जानकारीमूलक र विस्तृत बनाउन उपयोग गर्न सक्नुहुन्छ । केही समयका लागि भिडियो र अडियो मिडियालाई भने अहिले निष्क्रिय राखिएको छ ।

च. मिडिया लिङ्क: परियोजना कार्यका लागि उपयोगी तेस्रो पक्षका भिडियो, फोटो, अडियो, लेख रचनालाई उपयोग बनाउनका लागि इन्टरनेटबाट प्राप्त फाइलको उपयोग गर्न थप सहज बनाउन यो सुविधा थप गरिएको हो । परियोजना कार्यको लागि आवश्यक पर्ने तेस्रो पक्षको डिजिटल सामग्रीहरूको लिङ्कलाई सन्दर्भ स्रोत सहित राख्ने व्यवस्था मिलाइएको छ ।

छ. सिकाइको प्रकार: परियोजना कार्य लेखन कार्य सम्पन्न भए पश्चात् परियोजना कार्य के सँग सम्बन्धित छ भनेर सिकाइको प्रकार छनौट गर्नुपर्ने हुन्छ । सिकाइको प्रकारमा स्थानीय सिकाइ र परियोजना सिकाइ मध्ये एक छनौट गर्नु पर्ने हुन्छ । स्थानीय सिकाइ भनेको स्थानीय पाठ्यक्रममा आधारित सिकाइ गतिविधि हो जुन स्थानीय पालिका अनुसार फरक फरक हुन सक्छ भने परियोजना सिकाइ मुख्य विषय वा स्थानीय सिकाइ बाहेक कक्षामा पठनपाठन हुने सम्पूर्ण विषय बस्तुलाई समेटेको छ ।

ज. सिकाइ कार्य: यसमा परियोजना कार्य एकल गरेको हो कि समूहमा गरेको हो भन्ने कुरा छनौट गर्नुपर्ने हुन्छ । एकल भए एकल र समूह कार्य भए समूह छान्नुपर्छ । समूह कार्यमा छनौट भएपछि कक्षाका अरू विद्यार्थीहरूका नामावलीहरू देखा पर्छ । समूहमा रहेका विद्यार्थीहरूका छनौट गरी बुझाउनु पर्छ ।

यसरी विद्यालय पोस्टमा भएको विभिन्न शीर्षक तथा उपशीर्षकहरूले परियोजना कार्यलाई सहज, सरल र व्यवस्थित बनाउन सहयोग गर्छ ।