साताबाबुको कथा लाेक कथा

साताबाबुको कथा

एउटा गाउँमा एउटा साता बाबु र उनका ५०० जना चेलाहरु थिए। साताबाबु एउटा गुरू थिए। त्यहि गाउँमा धेरै वर्ष ज्ञान दिइ सके पछि एक दिन साताबाबुले भ्रमणमा जाने निधाे गर्नुभयो । सबै जना चेलाहरुलाई पनि संगै जाने आग्रह गर्नु भयो। सबै जना चेलाहरुले आफ्नो घर परिवार,आमा,बाबा,छोरा छोरी, बुढीलाई छोडेर जान तयार भए।  भ्रमण जाने ठाँउ पुग्नको लागि दुई महिना लाग्थ्यो । उनिहरुको जाने समय भयाे । उनीहरू आफ्नो परिवार छोडेर गए ।  एक महिना लगातार हिडी सकेपछि उनीहरु एउटा सूनै सून भएको ठाउँमा पुगे । त्योे गाउँको नाम लाछि थियो । उनिहरुले जताततै सुनै सुन दखे पछि आफ्नै धन सम्पति हो भनेर त्यो सुन फुटाएर आ-आफ्नो झोलामा हाल्न थाले । याे मेराे त्याे मेराे भन्न थाले । एक आपसमा झै झगडा हुन थाल्याे । साताबाबुले त्यस्तो नगर यो हाम्रो गाउँ हैन् । अर्काकाे सम्पती त्यसरी नफुटाउ भन्छन् तर कसैले पनि मान्दैन्न । साताबाबुले धेरै कोशिस गर्छन तर कसैले पनि वहाँकाे कुरा सुन्न तयार भएनन् । त्यस्तो गर्दागदै झमक्क साँझ पर्यो । त्यति नै खेर ५०१ जना महिलाहरु आए । महिलाले आफ्नो बुढा जस्तै माया गरे । मेरो प्यारोे बुढा, कति दिनपछि आउनुभएको छ, हिड्नु घर जाम भन्दै उनीहरूलाई घर लैजान्छन् । साताबाबुले सबैलाई नजाउ भनेर सम्झाउन्छन् तर कसैले मान्दैनन् । उनीहरु आफ्नो परिवार नसम्झेर जान्छन् । साताबाबुको कुरा कसैले नमानेको देखेर साताबाबु दुःखी भएका थिए । त्यतिनै खेर एउटा सुन्दर महिला आइन्  । साताबतबुलाई पनि हात समादै घर लैजान खाेज्छिन् । अरू सबै चेलाहरू जस्तै साताबाबु पनि जान्छन् ।  ती महिलाहरूले उनीहरू सबैलाई घर लैजान्छन् र मिठो खानेकुरा खान दिन्छन् । उनिहरुलाई काेसँग गएकाे हुन् भन्ने मतलब राखेका थिएनन् । तर ति महिलाहरु बेक्सीहरु थिए । उनीहरु मिठा मिठा खानेकुर खाएर बस्नु भनेर ४ बजे अपिस जाने भन्दै बाहिर जान्थे ।  उनिहरुलाई थाहा थिएन दिउँसो भरि मिठा मिठा खानेकुरा खान दिएर र राति उनिहरुको रगत चुस्ने गर्थे । एक दिन साताबाबुलाई रातभर निद्रा आएन उनी मेरो चेलाहरुलाई कसरी घर लैजाने होला भनेर सोचिरहेका थिए । उनि टाेलाएर बसेका थिए । उनीले मन मनै भने हे मछिन्द्रानाथ म र मेरा चेलाहरु कस्तो ठाउँमा आई पुूगे हामी सबै जनालाई रक्षा गर्नु भन्छन् । एक्कासी बलीरहेकाे टुकी निभ्यो । साताबाबुले भने तपाई भगवान हो कि भूत हो । यस्तो काम त भूत वा भगवानले मात्र गर्न सक्छ । के तपाई हाम्रो रक्षा गर्न आउनु भएको हो ? एक्कासी एउटा आवाज आयो र भन्याे हो, म भगवान हुँ र तिमीहरूकाे रक्षा गर्न आएको हुँ । तिमी जोसँग सुतेका छौँ त्यो महिलाहरु बोक्सी हुन् । मछिन्द्रनाथको भगवानले म भोली गंगा नदिको छेउमा घाेडाको रुपमा आउछु र तिमीहरु सबै जना मेरो माथि बस्नु र पछाडि चाहि नहेर्नु भन्छन् । तिमीहरु सबै जना आज  मछिन्द्रनाथ मन्दिरमा जाऊ भन्छन् । उनीहरु  मन्दिरमा जान्छन् । त्यहाँ मानिसका हाँडै हाँड थिए । सबै जना छक्क पर्छन् । साताबाबुले सबैलाई आफ्नो खुट्टामा हेनु भन्न्छन् ।  उनीका चेलाहरू धेरै डराउँछन् । हामी सबै जना घर जाउ भन्छन्  । घरजान सबै जना जान तयर हुन्छन् । सबै गंगा नदीको किनारामा जान्छन् । साताबाबुले भन्छन् सबैजना आ आफ्नो खुट्टामा हेरनु सबैजनाले हेर्छन् । उनीहरूकाे  खुट्टा बोक्सीहरुले रगत चुसेको देख्छन् । र सबै एक्कासी आत्तीन्छन् । त्यो देखे पछि सबै जना घर जाने तयारी गर्छन् । मच्छिन्द्रनाथ भगवानले म गंगा नदीको किनारमा सेतो घोडा बनेर आउछु र तिमिहरु सबैजना घोडा माथि चडनु भनेका थिए । साताबाबु र उनीका चेलाहरु घोडा माथि चड्छन् । साताबाबुले आफ्ना चेलाहरुलाई पछाडी नहेर्नु भन्छन् । अन्ततः मच्छिन्द्रनाथ भगवानले सबैलाई त्याँहाबाट उडाएर लैजान्छन् । याे कुरा एक असाध्यै राम्री बाेक्सीले पनि थाहा पाउँछिन् ।   ती बाेक्सी साताबाबुसँग बसेकाे बाेक्सी हुन्छे र भन्छे - हे, मेरो बुढा मलाई नभनिकन कहाँ जानुभयो, भन्दै ती बोक्सी  चिच्याउदै घोडाको पछि लाग्छिन् ।  पालै पालो साताबाबुको सबै चेलाहरुले पछाडी हेर्छन् ।  उनीहरू बोक्सीकै घरमा पुग्छन् । साताबाबुले पछाडी नहेरीकन अगाडि मात्र हेनु भनेका थिए तर कसैले  भनेकाे मानेका थिएनन् । याे देखेर साताबाबु  दुः खी हुन्छन । चेलाहरू आ-आफ्नाे  घर पुग्छन् । घरमा सबै  परीवार खुशि भए तर साताबाबु चहि दुःखी नै थिए । किनभने बोक्सीहरूकाे गाउँमा उसका सबै चेलाहरू फेरि पुगेका थिए तर याे कुरा कसैलाइ पनि थाहा थिएन । सातबाबु पछ्याउँदै बाेक्सी सातबाबुकाे गाउँ सम्म पुग्छे । त्यहि बस्छे ।  एक दिन त्यही गाँउको गरीब दुखी किसान बाेक्सी देख्छन र साेध्छन्- तिमि यति राम्री छौ । किन तिमी एक्लै पाटीमा बसे कि छौ ?  बोक्सीले भनिन्- मेरो बूढा साताबाबु हो । मलाई यहाँ छोडेर जानुभयो भनी विलाप गर्छिन् । राम्राे भएकाे नाटक गर्छिन् । गाउँमै बस्न थाल्छिन् ।  बाेक्सी राम्री र असल भएकाे कुरा चारै तिर फैलियाे । एक कान दुई राजाको कानमा पुग्यो । बाेक्सीलाई राजाको महलमा ल्याउन्छन् । बिहे गर्छन् । भाेज खुवाउँछन् ।  मिठाे भाेजन भएकाले सबै जना राती भुसुक्क निदाउँछन् । तर त्यो बाेक्सीले आफ्नो गाउँमा गएर आफ्नो साथी, पविारलाई बोलाएर ल्याउँछिन । मस्त सुतेका मानिसको रगत चुसेर खान्छन् । आनन्द मान्छन् । राजपरिवारका सबैजाना सुतेकाे सुतै हुन्छन् । विहान देखी नै  राजाको महल नखुलेपछि सबै मानिसहरु साताबाबुसगँ सोध्न जान्छन् । साताबाबुलाई सबै कुरा थाहा पाउँछन् । साताबाबुले एउटा खुकुरी, बाजा, बजाउदै राजाको महल ढोका खोल्छन् । त्यहाँका सबै बाेक्सीहरू भाग्छन् । राज महलमा भएकाे राजाको, सेनाको लास जलाउन्छन् । दुष्ट राजा सखाप पार्न बाेक्सीकाे उपयाेग गर्छन् ।  त्यस दिन देखी साताबाबु राजा हुन्छन् र आनन्दले बस्न थाल्छन् ।   ज

ज्ञानवर्द्धक कथा नै रहेछ ! तर यस्ता कथा आफैँले पनि लेख्न थाल है !

सम्बन्धित पाेस्ट