प्रयोगका सर्तहरू

एउटा यस्तो डिजिटल संसारको परिकल्पना गर्नुहोस् जहाँ प्रत्येक मानिसले नेपालका मौलिक ज्ञान, सीप, अभ्यास, भाषा, संस्कृति, भेसभुसा, रहनसहन, पर्यावरण, तथ्य, जानकारी जस्ता बहुपक्षीय विविधताहरूको स्वतन्त्र, सुरक्षित, विश्वासनीय तरिकाले सामाजिक अभिव्यति गर्न, भण्डारण गर्न र उपयोग गर्न सक्छन् । यो हाम्रो प्रतिबद्धता हो ।

मिनी नेपालमा स्वागत छ । मिनी नेपाल सोलार सिनेमा नेपाल ( यसपछि “हामी” वा “हाम्रो” भनिने छ) एक गैर नाफामुखी परोपकारी संस्थाद्वारा सञ्चालित नेपालको विविधतायुक्त विशेषताबाट  ज्ञानको निर्माण, सङ्कलन, भण्डारण र उपयोग गर्ने एक महाअभियान हो जसको उद्देश्य समुदायमा रहेका विद्यालय, शिक्षक, विद्यार्थी, युवा, अभिभावक, विषय विज्ञ, सङ्घसंस्था, गुठी, स्थानीय सरकार, क्लब, स्वतन्त्र व्यक्तिहरुलाई समुदायमा रहेका सार्वजनिक वा सामाजिक मौलिक ज्ञान, सीप, अभ्यास, भाषा, संस्कृति, भेसभुसा, रहनसहन, पर्यावरण, तथ्य, जानकारी जस्ता बहुपक्षीय विविधताहरूका सामग्री सङ्कलन गर्न, विकास गर्न सशक्त बनाई संलग्न गराउनु र यसको निःशुल्क र प्रभावकारी ढङ्गले विश्वव्यापी स्तरमा प्रसारण गर्नु रहेको छ ।

मिनी नेपाल निर्माण परियोजना र तिनका संस्करणहरू (यहाँ व्याख्या गरिए अनुसार), यस परिकल्पनाको लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने अन्य प्रयासहरूको विकासका लागि र हाम्रा प्रयोगकर्ताहरूको सहयोगका लागि हामीले आधारभूत पूर्वाधारहरू, संगठानात्मक ढाँचा प्रदान गर्छौ । हामी इन्टरनेटमा उपलब्ध परियोजना वेबसाइटबाट, शैक्षिक, ज्ञानवर्धक र सूचनामूलक सामग्रीहरू निःशुल्क, सधैँका लागि बनाउन, र राख्न प्रयास गर्छौ ।

हामी तपाईँलाई (“तपाईँ” वा “प्रयोगकर्ता”) मिनी नेपाल परियोजनाको प्रयोगकर्ता, पाठक, सम्पादक, लेखक वा योगदानकर्ता वा अनुदानकर्ताको रूपमा स्वागत गर्दछौ र हामी तपाईँलाई मिनी नेपाको समुदाय भित्र सामेल हुन प्रोत्साहन गर्छै। तथापि तपाईँले भाग लिनु वा हाम्रा सेवाहरू प्रयोग गर्नु अघि हामी तपाईँलाई निम्न प्रयोगका सर्तहरू (“प्रयोगका सर्तहरू”) पढेर सहमत हुन अनुरोध गर्दछौँ ।

१. परिदृश्य

यी प्रयोगका सर्तहरूले तपाईँलाई मिनी नेपालको सेवा; तपाईँसँग एक प्रयोगकर्ताको रूपमा हाम्रो सम्बन्ध, अधिकार र जिम्मेवारीहरूको बारेमा बताउँछ र यसले हामी दुवैलाई मार्ग निर्देश गर्दछ । हामीले तपाईँलाई यो बुझाउन चाहन्छौ कि हामीले असीमित सङ्ख्यामा शैक्षिक तथा सूचनात्मक सामग्रीहरूको होस्ट (व्यवस्थापन, भण्डारण र प्रसारण) गर्छै जुन सबै तपाईँ जस्तै प्रयोगकर्ताहरूको योगदानबाट सम्भव भएको हो । साधरणतया (कुनै कानुनी प्रावधान भन्दा बाहिर गएको वा उल्लङ्घन गरेको वा हाम्रो नीतिको बरखिलाफ देखिएको अपवाद बाहेक) हामी कुनै पनि प्रयोगकर्ता माथि निरीक्षण गर्ने तथा प्रयोगकर्ताले योगदान गरेका विषयवस्तुलाई मेटाउने वा हटाउने गर्दैनौ ।  यसको अर्थ यो हो कि सूचना सामाग्रीको निर्माण, सृजना, व्यवस्थापन र सम्पादकीय नियन्त्रण तपाईँको हातमा छ । हामी केवल यो सामग्रीको होस्ट (व्यवस्थापन, भण्डारण, प्रसारण) गर्छौ ।

समुदाय (योगदानकर्ता) – यी समुदाय जसले नेपालका स्थानीय स्तरमा रहेका मौलिक ज्ञान, सीप, अभ्यास, रहनसहन, भेसभुसा, संस्कृति, खानपान, चालचलन सर सामग्री, तथ्य, विवरणका विषय सामग्रीहरूको सङ्कलन, गर्ने, स्थानीय सङ्ग्रहालय निर्माण र सञ्चालन गर्ने र तिनीहरूलाई सिकाइका कृयालकपाहरुसँग जोड्दै सिकाइको स्थानीयकरण प्रवर्धन गर्ने प्रयोगकर्ताहरूको सञ्जाल– को मुख्य माध्यमबाट हाम्रा परिकल्पनाको लक्ष्यहरू प्राप्त हुन्छन् । अर्थात् समुदायले योगदान गर्छन् र हाम्रो साइट सञ्चालन गर्न मद्दत मिल्छ । समुदायले हाम्रा विशिष्ट परियोजनाहरू ( स्थानीय सङ्ग्रहालय निर्माण सञ्चालन र सिकाइको स्थानीयकरण परियोजना) को लागि नीति निर्माण र लागू गर्ने महत्त्वपूर्ण सहकार्य गर्दछन् । थप जानकारीका लागि योगदानकर्ता परिचालन निर्देशिका हेर्न सक्नु हुनेछ ।

प्रयोगकर्ता  तपाईँलाई एक योगदानकर्ता, सम्पादक, लेखक, सङ्कलक प्रयोगकर्ताको रूपमा स्वागत छ तर यसका लागि तपाईँले सोलार सिनेमा नेपालद्वारा सञ्चालित मिनी नेपालको प्रयोगका नीति तथा गोपनीयता नीतिहरूको पालना गर्नुपर्छ । हाम्रा परियोजनाहरू मध्ये सबैभन्दा ठुलो परियोजना मिनी नेपाल हो तर हामी अन्य परियोजनाहरू (जस्तै स्थानीय सङ्ग्रहालय निर्माण, सिकाइको स्थानीयकरण परियोजना, विद्यालयमा मिनी नेपाल श्रृखला संयन्त्रको निर्माण र सञ्चालन परियोजना, सोलार सिनेमा तपाईँको घर आँगनमा, स्थानीय चलचित्र निर्माण तथा प्रदर्शन) पनि सञ्चालन गर्दछौ जसका प्रत्येकका फरक उद्देश्य र कार्यविधिहरू छन् । प्रत्येक फरक परियोजना सञ्चालन गर्ने फरक समूह हुन्छन् । तपाईँ ती परियोजनाहरूमा पनि सहभागी हुन र काम गर्न स्वागत छ । किनकि हामी नेपालका मौलिक ज्ञान, सीप, अभ्यास जस्ता विविध ज्ञान तथा सूचनाहरूको सहज, सुरक्षित र स्वतन्त्र रूपमा सामाजिक अभिब्यक्तिगर्न र पहुँचयोग्य बनाउन कटीबद्ध छौ । त्यसका लागि सामान्यतः तपाईँले योगदान गर्नुहुने सबै सामग्रीहरू गैर व्यावसायिक प्रयोजनका लागि निःशुल्क र सार्वजनिक डोमेनमा उपलब्ध हुन आवश्यक छ ।

स्थानीय सङ्ग्रहालयः  तपाई एक योगदानकर्ताको रूपमा स्थानीय सङ्ग्रहालयमा स्वागत छ । स्थानीय सङ्ग्रहालयमा तपाईँले नेपालको कुनै एक स्थान विशेषमा रहेको समग्र विवरणहरू एकै स्थानमा सङ्कलन गरी समग्र स्थानीय स्तरमा रहेका जानकारी, तथ्य, विवरणहरू सङ्कलन गर्न सक्नुहुन्छ । यस्ता विवरणहरू सङ्कलन र निर्माण गर्नका लागि तपाईँले विभिन्न सदस्यहरूलाई प्रयोगकर्ताको रूपमा आबद्ध गर्न सक्नुहुन्छ । विषय सामग्रीको निर्माण गरी सिकाइको गतिविधिहरूमा जोड्नका लागि उपयोग गर्न सक्नुहुन्छ । थप विवरण स्थानीय सङ्ग्रहालय निर्माण र सञ्चालन निर्देशिका हेर्न सक्नुहुन्छ ।

कृपया ध्यान दिनुहोस् कि तपाई नेपाल सरकारको कानुन र अन्य लागू कानुनहरू (जसमा तपाई बस्ने वा तपाईँले हेर्ने वा हेर्ने कानुनहरू समावेश हुन सक्छ) अन्तर्गत तपाईँले सार्वजनिक रूपमा पोस्ट गर्नुभएको सबै लेख, रचना, भिडियो, श्रब्यदृश्य, श्रव्य सामग्रीहरूको लागि कानुनी रूपमा जिम्मेवार हुनुहुन्छ । यसको अर्थ तपाईँले सामग्री पोस्ट गर्दा सावधानी अपनाउनु महत्त्वपूर्ण हुन्छ । यस जिम्मेवारी भित्र हाम्रा केही नियमहरू छन् जसले तपाईँलाई के गर्नुहुन्छ वा के गर्नुहुँदैन भन्ने दिशानिर्देश गर्छ जसमध्ये धेरै जसो तपाईँको आफ्नै सुरक्षा वा तपाई जस्तै अन्य प्रयोगकर्ताहरूको सुरक्षाको लागि हो । कृपया ध्यान दिनुहोस् हामीले होस्ट गर्ने (व्यवस्थापन, भण्डारण र प्रसारण) गर्ने सामग्रीहरू जानकारी र सिकाइको उद्देश्यको लागि मात्र हो त्यसैले यदि तपाईँलाई कुनै विशेष प्रश्न ( जस्तै चिकित्सा, कानुनी वा वित्तीय समस्याहरू)को साहयता चाहिएको छ भने सम्बन्धित विज्ञको सहयोग लिनुपर्ने हुन्छ । साथै हामीले अन्य महत्त्वपूर्ण सूचनाहरू र हामीले अस्वीकार गर्ने वा हाम्रो प्रतिनिधित्व नगर्ने विवरणहरू समावेश गरेका छौ । कृपया यी प्रयोगका सर्तहरू पूर्ण रूपमा पढ्नुहोस् ।

२. हाम्रा सेवाहरू

सोलार सिनेमा नेपालद्वारा सञ्चालित मिनी नेपाल निःशुल्क रूपमा नेपालको मौलिक ज्ञान, सीप, अभ्यास विविधतायुक्त सामग्रीको वृद्धि, विकास र वितरणलाई प्रोत्साहन गर्छ र आम नेपाली समुदायका लागि नेपाल सम्बन्धीका पूर्ण सामग्री होस्ट गर्न समर्पित छ । हाम्रो भूमिका नेपाल भरीबाट सङ्कलन, निर्माण र सृजना भएका सामग्रीहरूको होस्ट गर्नु हो । यसको अलावा हामी निम्न बमोजिमका सेवाहरू उपलब्ध गराउँछौः

सामाजिक अभिव्यक्तिको मञ्चः हामी नेपालमा रहेका मौलिक ज्ञान, सीप, अभ्यास, रहनसहन, भेसभुसा, चालचलन, पर्व, संस्कृति, भूगोल, खाना पाना, वातावरण, प्रकृति, जीवजन्तु, सृजना, लोक अभिव्यक्ति वा अनुभूति वा तथ्य वा विवरण, अभ्यास, जानकारीलाई सामाजिक अभिव्यक्तिगर्ने मञ्चको उपलब्ध गराउँछौ । अर्थात् हामी कुनै पनि व्यक्ति वा संस्थाको व्यक्तिगत वा संस्थागत अनुभव वा अनुभूति वा अभ्यास वा सृजनालाई सामाजिकीकरण गर्ने सामाजिक मञ्च उपलब्ध गराउँछौ । यसबाट व्यक्ति वा संस्थाले सामाजिकीकरणमा अभिवृद्धि हुने र एक अर्काको सामाजिक अनुभूति साटासाट गर्ने, अन्तर्क्रिया गर्ने, सिकाइका लागि उपयोग गर्ने अवसर प्राप्त गर्ने छन् । यस्ता सामाजिक अभिव्यक्तिहरुलाई ज्ञानमूलक, शिक्षामूलक, सूचनामूलक वा जानकारी मूलक हुन् सकोस् भन्ने हाम्रो उद्देश्य रहेको छ ।

नेपालका मौलिक विवरणको खोज र उजागर गर्नेः मिनी नेपालको उद्देश्य भनेको नेपालका समग्र विवरणहरू वर्तमान देखि विगत सम्म, लाई खोज गर्ने, सङ्कलन गर्ने, निर्माण गर्ने वा अभिव्यक्तिगर्ने वा यी विषयबस्तुहरुको सहज पहुँचको व्यवस्थापन गर्ने गर्दछ । हाम्रा सेवाहरूले नेपालको मौलिक विवरणको खोज र उजागर गर्नका लागि सरल र सहज पहुँचको उपलब्धता गराउँछ । त्यस्ता खोजकर्ताहरूलाई एक अर्कासँग जोड्न सहयोग गर्छ । 

स्थानीय विविधताको डिजिटलकरणः मिनी नेपालले कुनै पनि निश्चित स्थानमा रहेका मौलिक विविधतायुक्त जानकारी वा तथ्य वा विवरणहरूलाई डिजिटल करण गरी एकीकृत रूपमा वा सिलसिलेवार ढङ्गले संङकलन, प्रशोधन र प्रसारण गर्छ जसलेगर्दा कुनै पनि प्रयोगकर्ताले कुनै पनि एक स्थानको समग्र जानकारीहरू सहज रूपमा प्राप्त गर्न सकुन् । यस्ता विवरणहरू स्थानीय सङ्ग्रहालय मार्फत उपलब्ध गराइन्छ । यस्ता विवरणहरू विद्यालय वा सङ्घसंस्थाको नेतृत्वमा खोज, सङ्कलन, प्रशोधन र व्यवस्थापन गर्न सकिन्छ । थप जानकारीका लागि मिनी नेपालका समुदाय परिचालन निर्देशिका हेर्नुहोस् । 

डिजिटल सहजीकरणः हामीले प्रयोगकर्तालाई सामाजिक अभिव्यक्तिगर्दा आवश्यक पर्ने जस्तै सूचना सङ्कलन (माध्यमहरू जस्तै लेखन, श्रव्य, दृश्य, श्रव्य दृश्य), प्रशोधन, सम्पादन र निर्माणका लागि आवश्यक पर्ने विभिन्न सफ्टवेअरहरु टुल्सहरु तेस्रो पक्षसँगको सहयोग र सहकार्यमा मिनी नेपाल एप्लिकेशन भित्र नै उपलब्ध गराई नेपालमा डिजिटल रूपमा पछि परेका वा पछाडि पारिएका समुदाय वा भूगोललाई केन्द्रबिन्दुमा राखी सबैलाई डिजिटल पहुँच सहयोग गर्नका लागि डिजिटल सहजीकरण गर्छौ ।  

बहु दृष्टिकोण र विविधीकरणः नेपाल जसरी भौगोलिक, धार्मिक, जातीयता, भाषिक, पर्यावरण दृष्टिकोणबाट विविध र बहुल छ त्यसै गरी हामी मिनी नेपालले एकै सामाजिक अभिव्यक्तिको बहु दृष्टिकोण र विविधीकरणलाई प्रोत्साहन गर्छ । अर्थात् हामीले नेपालको समग्र जानकारी विवरणहरूलाई नेपाल जस्तै विविधता र बहु दृष्टिकोणबाट सुसज्जित बनाउन यहाँको विविधता, मौलिकता, आँचलिकतालाई जस्ताको त्यस्तै रूपमा सामाजिक अभिव्यक्तिगर्न सकुन् ताकि संसारभरका मानिसले नेपालको विविधतायुतm पहिचानलाई सहज, सजिलै र सधैँ पढ्न वा अध्ययन गर्न वा जानकारी प्राप्त गर्न सकुन् ।  

सुरक्षित इन्टरनेटको अभ्यासः मिनी नेपालले सुरक्षित इन्टरनेटको अभ्यासलाई प्रोत्साहन गर्दछ । मानिसहरूले सुरक्षित र सकुशल महसुस गरेको अवस्थामा मात्र मिनी नेपालमा सहभागी हुनेछन् । हामी हाम्रा सेवाहरूको सुरक्षाको व्यवस्थापन गर्न कडा मिहिनेत गर्छौ । हामी सेवा प्रदायकहरू, साझेदारहरू र अन्य सान्दर्भिक नियकायहरुसँग काम गर्छौ र यसका लागि दक्ष जनशक्तिको परिचालन गर्छौ र हाम्रा सेवाहरूको सम्भावित दुरुपयोग, अरूप्रति हानिकारक, आचरण र हामीले हाम्रो समुदायलाई समर्थन वा सुरक्षा गर्न सक्षम हुन सक्ने परिस्थितिहरू पत्ता लगाउन र सम्भावित उल्लङ्घन सामग्रीको प्रयोगकर्ता रिर्पोर्टहरुमा प्रतिक्रिया दिने सहितका उन्नत प्राविधिक प्रणालीहरू विकास गर्छौ । हामीले यस्ता सामग्री वा संहितबारे थाहा पाएमा हाम्रो मूल्याकनकर्ताहरुको आधारमा तपाईँलाई सूचना प्रदान गर्ने सहित, मद्दत प्रदान गर्ने, सामग्री हटाउने, निश्चित सुविधाहरूको पहुँचबाट हटाउने वा प्रतिबन्ध लगाउने, खाता असक्षम पर्ने जस्ता उपयुक्त कार्य गर्न सक्छौ । थप जनकारीका लागि, कृपया हाम्रो गोपनीयता नीतिको समीक्षा गर्नुहोस् ।

अध्ययन र अनुसन्धानः हाम्रा सेवाहरू अझ राम्रो बनाउने विभिन्न तरिकाहरूको अनुसन्धान गर्न हामी हाम्रो उत्पादनहरू विकास गर्न, परीक्षण गर्न र सुधार गर्न अध्ययन र अनुसन्धानमा सामेल हुन्छौ । यसमा हाम्रा प्रयोगकर्ताहरूका बारेमा हामीसँग भएको डेटा विश्लेषण गर्ने र मानिसहरूले हाम्रा उत्पादन कसरी प्रयोग गर्छन् भन्ने कुरो बुझ्ने गर्छौ ।

यद्यपि हामी पूर्वाधार र सङ्गठनात्मक ढाँचा कायम राख्दै हाम्रा प्रयोगकर्ताहरूलाई आफ्नै योगदान, सम्पादन र सहकार्यमा मिनी नेपालमा सामग्री निर्माण, पोस्ट गर्न, अन्र्तकृयामा सहभागी हुन, साझा बनाउन अनुमति दिन्छौ । हाम्रो यस्तो विशेष भूमिकाको कारणले गर्दा हाम्रो सम्बन्ध, हाम्रा परियोजनाहरूसँगको सम्बन्ध र अन्य प्रयोगकर्ताहरूको सम्बन्धलाई ध्यान दिनुपर्ने हुँदा तपाईँले केही कुरामा ख्याल राख्नुपर्दछ ।

क. हामी सम्पादकीय भूमिका लिँदैनौँः मिनी नेपाल परियोजनामा निर्माण, सृजना वा सङ्कलन गरिएका सामग्रीहरूको होस्ट मात्र गर्ने भएकाले हामी सम्पादकीय भूमिका लिँदैनौ । यसको अर्थ हामी सामान्यतया परियोजना वेबसाइटमा पोस्ट गरिएको सामग्रीहरूको सम्पादन गर्दैनौ र हामी यस सामग्रीको लागि कुनै जिम्मेवारी लिदौनौं । त्यसै गरी, हामी हाम्रा सेवाहरू मार्फत व्यक्त गरिएका कुनै पनि विचारहरूको समर्थन गर्दैनौ र हामी प्रस्तुत गरिएका सामाजिक अभिव्यक्ति सामग्रीहरूको सत्यता, शुद्धता र विश्वासीयताको प्रतिनिधित्व वा ग्यारेन्टी गर्दैनौँ । यसको सट्टा हामी केवल तपाईँका योगदान र सम्पादन सामग्रीहरू सुरक्षित होस्ट गर्दछौँ र यस सम्बन्धी तपाईँलाई जानकारी दिन्छौ ।

ख. तपाईँ आफ्नो कार्यको लागि आफै जिम्मेवार हुनुहुन्छः तपाई मिनी नेपाल परियोजनाका लागि गर्नु भएको पोस्ट, अन्तर्क्रिया, योगदानका लागि कानुनी रूपमा जिम्मेवार हुनुहुन्छ । त्यसैले तपाईँको आफ्नै सुरक्षाको लागि तपाईँले सावधानी अपनाउनुपर्छ र कुनै पनि पोस्ट वा योगदानको परिणामबाट आउन सक्ने लागू कानुन अन्तर्गत आपराधिक वा नागरिक दायित्व उल्लङ्घन हुनेबाट जोगिनै पर्छ । स्पष्ट हुनुहोस् कि लागू हुने कानुन कम्तीमा नेपाल सरकारको कानुन समावेश छ । मिनी नेपालले सामान्यतया कुनै पनि सुरक्षा, ग्यारेन्टी, प्रतिरक्षा वा क्षतिपूर्ति प्रदान गर्न सक्दैन ।

३. गोपनीयता नीति 

हामी तपाईँलाई हाम्रो गोपनीयता नीतिका सर्तहरू अध्ययन गर्न अनुरोध गर्दछौ ताकि हामी तपाईँको जानकारी कसरी सङ्कलन र प्रयोग गर्छौ भन्ने बारे तपाईँलाई थाहा हुन्छ । हाम्रा सेवाहरू संसारभर उपलब्ध हुने भएकाले हामीले सङ्कलन गर्ने व्यक्तिगत जानकारी नेपाल वा हामी वा हाम्रा एजेन्टहरूको सुविधाहरू कायम गर्ने अन्य कुनै देशमा भण्डारण र प्रशोधन गर्न सक्छौ । हाम्रो सेवा प्रयोग गरेर तपाईँ तपाईँको जानकारी देश बाहिर कुनै पनि स्थानमा स्थानान्तरण गर्न सहमत हुनुहुन्छ ।

४. हामीले होस्ट गरेको सामग्री

तपाईँले केही सामग्री आपत्तिजनक वा गलत फेला पार्न सक्नुहुन्छः हामीले विविध विषयवस्तु माथि विभिन्न विषय सामग्रीहरू एकै पटक असीमित प्रयोगकर्ताहरूलाई पोस्ट गर्ने, अन्तर्क्रिया गर्ने सुविधा प्रदान गरेका हुनाले तपाईँले आपत्तिजनक, गलत, भ्रामक, होच्याउने वा अन्यथा आपत्तिजनक सामग्री फेला पर्न सक्नुहुन्छ । त्यसैले हामी तपाईँलाई हाम्रो सेवाहरू प्रयोग गर्दा मानवीय संज्ञान र उचित निर्णयको प्रयोग गर्न अनुरोध गर्दछौँ ।

हाम्रो सामग्री शैक्षिक जानकारी दिने उद्देश्यको लागि मात्र होः यद्यपि हामी ठुलो मात्राको सूचना एवं जानकारीको होस्ट गरेता पनि हामीले व्यावसायिक विषयसँग सम्बन्धित जानकारीहरू जस्तै चिकित्सा, कानुनी वा वित्तीय मुद्दाका विषयवस्तु पनि शैक्षिक जानकारीका उद्देश्यबाट राखिएको हुन्छ । यसलाई कुनै विषय विशेषज्ञको सुझाएको रूपमा लिनुहुदैन् । यस वेबसाइटमा समावेश कुनै पनि जानकारी, राय वा सल्लाहको सट्टामा सम्बन्धित व्यावसायिक विशेषज्ञबाट परामर्श लिनुहुन अनुरोध गर्दछौँ ।

५. निषेध गरिएका केही गतिविधिहरू

मिनी नेपालका परियोजनाहरू तपाईँजस्ता प्रयोगकर्ताहरूको सामग्री लेखन, अन्र्तकृयामा सहभागी, सम्पादनसंगैको सहकार्य र सक्रिय सहभागिताको कारणले मात्र अस्तित्वमा छ । हामी तपाईँहरूलाई यस अभियानमा सक्रिय रूपमा सहभागी हुन स्वागत गर्दछौ । हामी तपाईँलाई अरूसँग अन्र्तकृयामा सामेल हुँदा असल नागरिक, सहअस्तित्व, मेलमिलाप, सहिष्णुता, एकता, विविधतालाई ग्रहण गदै विनम्र र विश्वासको साथ सहभागिता, सहकार्य र योगदान गर्न प्रोत्साहन गएका छौ ।

केही गतिविधिहरू, चाहे त्यो कानुनी होस् वा गैर कानुनी, जुन अन्य प्रयोगकर्ताहरूको लागि हानिकारक हुन सक्छ र हाम्रो नियमहरूको उल्लङ्घन गर्न सक्ने गतिविधिहरू तपाईँको लागि कानुनी दायित्वको विषय बन्न सक्छ । त्यस कारण, तपाईँ आफ्नै सुरक्षा र अन्य प्रयोगकर्ताहरूको सुरक्षाको लागि तपाईँले त्यस्ता गतिविधिहरूमा संलग्न हुन सक्नुहुन्न । यी समावेश भएका गतिविधिरुः

अरूलाई उत्पीडन र दुर्व्यवहार गर्ने गतिविधिहरूः

क. उत्पीडन, धम्की, पीछा लाग्ने, स्प्यामिङ वा तोडफोड संलग्न हुनु; र

ख. चेन मेल, जङ्क मेल वा अन्य प्रयोगकर्ताहरूलाई स्क्याम पठाउने ।

ग. होच्याउने, गिज्याउने, घृणा भाव फैलाउने पोस्टमा संलग्न हुन

अरूको गोपनीयता उल्लङ्घन,

क. नेपाल सरकारको कानुन वा अन्य लागू कानुनहरू (जसमा तपाईँ बस्ने ठाउँ वा तपाईँले सामग्री हेर्ने वा पोस्ट गर्ने कानुनहरू समावेश गर्न सक्ने) अन्तर्गत अरूको गोपनीयता अधिकारहरू उल्लङ्घन गर्ने

ख. मिनी नेपालको कुनै लिखित स्वीकृति बेगर कुनै प्रचार वा व्यावसायिक उद्देश्यका लागि वा उत्पीडन, शोषण वा गोपनीयताको उल्लङ्घन गर्ने कार्यमा व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी माग्ने,

ग. अवैध उद्देश्यको लागि १८ वर्ष मुनिका जो कोहीबाट व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी माग्ने वा नाबालिकहरुको स्वास्थ्य वा कल्याण सम्बन्धी कुनै पनि लागू कानुनको उल्लङ्घन गर्ने । तर सिकाइको प्रयोजनका लागि योगदानकर्ताको सूपेरिवेक्षणमा सहभागी बालबालिकाको हकमा भने योगदानकर्ता परिचालन निर्देशिका बमोजिमका सर्तहरू लागु हुनेछन् । थप जानकारीका लागि योगदानकर्ता परिचालन निर्देशिका हेर्न सक्नुहुन्छ । 

गलत सूचना सम्प्रेषण, नक्कल वा धोका दिने गतिविधिमा संलग्न

क. जानाजानी वा जानी बुझी मान हानी वा हीनताबोध गर्ने विषय सामग्रीको पोस्ट गर्ने;

ख. धोका दिने वा बदला दिने नियतले भ्रामक वा गलत सामग्री पोस्ट गर्ने

ग. कुनै अरू व्यक्ति वा प्रयोगकर्ताको नक्कली रूप धारण गर्ने प्रयास गर्ने वा कुनै व्यक्ति वा संस्थासँगको आफ्नो आबद्धतालाई गलत रूपमा प्रस्तुत गर्ने वा धोका दिने उद्देश्यले अर्को प्रयोगकर्ताको नामको प्रयोग गर्ने; र

घ .गलत नियत तथा धोका दिने गतिविधिमा संलग्न हुने

दायित्व उल्लङ्घन गर्ने

क. प्रतिलिपि अधिकार, ट्रेडमार्क, पेटेन्ट वा लागू कानुन अन्तर्गत अन्य स्वामित्व अधिकारको उल्लङ्घन गर्ने ।

ख. गैर कानुनी उद्देश्यका लागि हाम्रा सेवाहरूको दुरुपयोग गर्ने

ग. बाल पोर्नोग्राफी वा बाल पोर्नोग्राफी सम्बन्धी लागू कानुनको उल्लङ्घन गर्ने वा अन्य सामग्री पोस्ट गर्ने

घ. लागू कनुन् अन्तर्गत गैर कानुनी रहेका अश्लील सामग्रीमा पोस्ट गर्ने वा प्रचार प्रसार गर्ने

ङ. लागू कानुनसँग असङ्गत रूपमा सेवाहरूको प्रयोग गर्ने ।

सेवाहरूलाई हानी गर्ने र गैर कानुनी दुरुपयोग गतिविधिमा संलग्न

क. हाम्रो प्राविधिक पूर्वाधार वा प्रणाली वा हाम्रा प्रयोगकर्ताहरूलाई हानी पुर्‍याउन सक्ने कुनै पनि भाइरस, मालवेयर, वर्म, ट्रोजन हर्स, मालिसियस कोडा वा अन्य यन्त्र समावेश भएको सामग्री पोस्ट गर्ने वा वितरण गर्ने

ख. साइटको स्वचालित प्रयोगहरूमा संलग्न भई गलत प्रयोग गर्ने वा सेवालाई हानी पुर्‍याउने र मिनी नेपालबाट लिखित स्वीकृति बेगरका कुनै पनि गतिविधिहरू गर्ने

ग. वेबसाइट वा वेबसाइटसँग जडान भएका नेटवर्क वा सर्भरहरूमा अनावश्यक बोझ राखेर सेवाहरू अवरुद्ध गर्ने

घ. वेबसाइटलाई अवरोध गरी परियोजनाले निर्दिष्ट उद्देश्य प्रति कटिबद्ध नभएको सूचना प्रवाह गर्ने वा प्रचार प्रसार गर्ने

ङ. जानी बुझी वा जानाजानी वेबसाइट वा हाम्रो कम्प्युटर प्रणालीहरूमा गैर सार्वजनिक क्षेत्रहरू (गोप्य क्षेत्रहरूको) को विना स्वीकृति प्रयोग गर्ने र खोज्ने, स्क्यान गर्ने वा कुनै कमजोरी छ छैन भनी परीक्षण गर्ने कार्यहरू तर यदि यस्ता कार्यहरूले हाम्रो प्राविधिक प्रणाली वा नेटवर्कहरूलाई अनावश्यक रूपमा दुरुपयोग वा अवरोध गर्दैनन् भने र यस्ता कार्यहरू ब्यतिmगत लाभको लागि होइनन् भने (कामको जस लिने बाहेक) तपाईँले मिनी नेपालका इन्जिनियर वा विकासकर्ताहरूलाई कुनै पनि कमजोरीहरू रिपोट गर्नु हुन्छ भने ( वा यसलाई आफै समाधान गर्नुहुन्छ भने र तपाई गलत मनसाय वा दुख दिने नियतबाट गरिने गतिविधिहरूबाट बाहिर हुनुहुन्छ भने) बाहेकका गतिविधिहरूमा संलग्न हुन निषेध गरिएको छ ।

६. पासवर्ड सुरक्षा

तपाई आफ्नो पासवर्ड सुरक्षित राख्न जिम्मेवार हुनुहुन्छ र यसलाई कुनै पनि तेस्रो पक्षलाई खुलासा गर्नु हुँदैन ।

७. ट्रेडमार्कहरू

तपाई सँग वेबसाइटहरूमा सामाग्रीहरूको सिकाई एवं जानकारी लिने प्रयोगको लागि पर्याप्त स्वतन्त्रताहरू छन् यो पनि महत्त्वपूर्ण छ कि मिनी नेपालमा, हामीले हाम्रा प्रयोगकर्ताहरूलाई धोका दिने, नक्कल गर्ने गतिविधिबाट सुरक्षित राख्नका लागि ट्रेडमार्क अधिकारहरूको हामी सुरक्षित गएका छौ । यस कारणले, हामी तपाईँहरूलाई हाम्रो ट्रेडमार्कको सम्मान गर्न अनुरोध गर्दछौँ । मिनी नेपालका सबै ट्रेडमार्कहरू, सेवा चिन्ह, लोगो, डोमेन नामहरू मिनी नेपालसँग सम्बन्धित छन् र हाम्रा ट्रेडमार्कहरू कुनै पनि प्रयोग यी प्रयोगका सर्त र हाम्रो ट्रेडमार्क नीतिको अनुसरण हुनपर्छ ।

८. सामग्रीको इजाजत पत्र

निःशुल्क ज्ञान, स्वतन्त्र र विविधतायुक्त संस्कृतिको साझा विकास गर्न, यस अभियानका लागि योगदान गर्ने सबै प्रयोगकर्ताहरूबाट सर्वसाधारणको लागि सामग्रीको इजाजत पत्रको व्यापक अनुमतिहरू प्रदान गर्न आवश्यक छ जबसम्म त्यो प्रयोगको उचित रूपमा श्रेय र सम्मान हुन्छ तबसम्म प्रयोग र वितरण गर्नका स्वतन्त्रता प्रदान गरिएको छ । अधिकतम सम्भावित पाठक, प्रयोगकर्ताहरूलाई निःशुल्क जानकारी प्रदान गर्ने हाम्रो लक्ष्यलाई ध्यानमा राख्दै, हामीले आवश्यक पर्दा पेस गरिएका सामग्रीहरूलाई इजाजत पत्र प्राप्त गर्न आवश्यक छ ताकि यसलाई पहुँच गर्न चासो राख्ने जो कोहीले यसलाई स्वतन्त्र रूपमा सिकाइ वा जानकारीको लागि प्रयोग गर्न सकोस् ।

तपाईँ निम्न आवश्यक इजाजत पत्र दिन सहमत हुनुहुन्छः

बौद्धिक सम्पत्ति अधिकार प्राप्त भएको विषय सामग्रीहरूः तपाईँले सिर्जना गर्ने र शेयर गर्ने सामग्रीहरू जस्तो फोटो, भिडियो, अडियो, लेखन सामाग्री जस्ता तपाइले अपलोड गर्ने समाग्रीहरु बौद्धिक सम्पत्ति सम्बन्धी कानुनद्वारा सुरक्षित हुन सक्छन् ।

तपाईँले मिनी नेपाल प्रयोग गर्ने र शेयर गर्ने सामग्रीमा तपाईँको बौद्धिक सम्पत्ति अधिकार कायम राख्नु हुनेछ ( प्रतिलिपि अधिकार वा ट्रेडमार्कहरू जस्ताकुराहरु) । यी सर्तहरूमा भएका कुनै कुराले तपाई सँग तपार्ईको सामाग्रीमा रहेका अधिकारहरू हनन गर्दैनन् । तपाई आफूले चाहेको विषय सामग्री तथा गैर लेखन मिडिया सामग्रीहरू अपलोड, पोस्ट र सेयर गर्न सक्नुहुन्छ ।

यद्यपि हाम्रा सेवाहरू प्रदान गर्न तपाईँले हामीलाई यो सामग्री प्रयोग गर्न केही कानुनी अनुमतिहरू ( जसलाई “इजाजत पत्र भनिन्छ) दिनुपर्छ । यसको उद्देश्य भनेको हाम्रा उत्पादन र सेवाहरू प्रदान गर्ने र तिनमा सुधार गर्नु हो र तपाईँको ती सामाग्री लाई शैक्षिक तथा जानकारी मूलक प्रयोगहरूलाई अनुमति दिनु हो । तर यस्तो प्रयोग व्यावसायिक प्रयोजनका लागि निषेध गरिएको छ ।

सार्वजनिक डोमेनका विषयवस्तु तथा लेखन सामग्रीको साभार गर्दा पोस्ट वा लेखनमा URL (युआरएल) मार्फत लेखकलाई श्रेय दिनुपर्ने, लेखन स्रोत र साभार स्रोतको सूचीकृत गर्ने, हाइपर लिङ्क राख्ने, क्रेडिट दिने र सार्वजनिक डोमेनका विषयवस्तु छ भनृ ती सामग्री वास्तविक सार्वजनिक डोमेनमा छ भन्ने सूनिश्चता गर्न सहमत हुनुहुन्छ ।

प्रतिलिपि अधिकारको अनुसरणः मिनी नेपालले यो सुनिश्चित गर्न चाहन्छ कि हामीले होस्ट गरेका सामग्री अन्य प्रयोगकर्ताहरूले बिना डर, सही सदुपयोगका लागि सदुपयोग गर्न सक्छन् र यसले अरूको स्वामित्व अधिकारको हनन गर्दैन । यस प्रयोगका सर्तको प्रतिलिपि अधिकार बमोजिम, हामी उपयुक्त परिस्थितिमा, हाम्रो प्रणाली र नेटवर्कका प्रयोगकर्ताहरू जसले प्रतिलिपि अधिकार निरन्तर उल्लङ्घन गर्नेहरूलाई खारेज गर्नेछौँ वा हटाउने छौ ।

यद्यपि, हामी यो स्वीकार गर्छौ कि प्रत्येक किटान जारी गरेका वा सूचना दिएका सूचनाहरू वैध र सही हुन्छ भन्नेमा विश्वास गर्दैनौ । त्यस्ता अवस्थामा, हामी प्रयोगकर्ताहरूलाई प्रतिलिपि अधिकार हटाउने माग अमान्य वा अनुचित छ भनी उचित रूपमा विश्वास गर्दा सम्बन्धित प्रमाणित सूचनाहरू पेस गर्न प्रोत्साहन गछौँ । यदि तपाईँलाई मिनी नेपालको प्रतिलिपि अधिकार संरक्षण नीतिले अनुचित रूपमा अभ्यास गरेको लाग्छ भने तपाईँले सप्रमाण हामीलाई जानकारी दिन सक्नुहुन्छ । यदि तपाई सामग्रीको मालिक हुनुहुन्छ जुन तपाईँको अनुमति बिना कुनै परियोजनामा अनुचित रूपमा प्रयोग भइरहेको छ भने तपार्इँ प्रतिलिपि अधिकार संरक्षण मार्फत सामग्री हटाउन अनुरोध गर्न सक्नुहुन्छ । यस्तो अनुरोध गर्न कृपया हामीलाई कानुनी मा इमेल गर्नुहोस् ।

विशेष गरी, तपाईँले प्रतिलिपि अधिकारमा उल्लेख गरिएको वा हाम्रा सेवाको सम्बन्धमा सामाग्री शेयर, पोस्ट वा अपलोड गर्नुभयो भने तपाई हामीलाई होस्ट गर्न, प्रयोग गर्न, वितरण गर्न, परिमार्जन गर्न, चलाउने, प्रतिलिपि बनाउने, सार्वजनिक रूपमा प्रदर्शन वा प्रदर्शित गर्न, अनुवाद र तपाईँको सामग्रीको व्युत्पन्न कार्यहरू सिर्जना गर्ने गैर विशेष, ट्रान्सफर गर्न मिल्ने, उप इजाजत पत्र योग्य, रोयल्टी मुक्त र विश्वव्यापी इजाजत पत्र प्रदान गर्नुहुन्छ । तपाईँको सामग्री हाम्रा प्रणालीबाट मेटाइएपछि यो इजाजत पत्रको म्याद सकिन्छ ।

तपाईँले कुनै पनि समयमा आफूले शेयर, पोस्ट र अपलोड गर्नुभएको हरेक सामग्री मेटाउन सक्नुहुन्छ । थपमा तपाईँले आफ्नो खाता मेटाउनुभयो भने तपाईँको व्यक्तिगत खातामा पोस्ट गरिएका सबै सामग्रीलाई मेटाइनेछ । आफ्नो खाता मेटाउने तरिकाको बारेमा थप जान्नुहोस् । खाता मोटाउनाले तपाईँले पृष्ठको एडमिन रहेर पोस्ट गर्नुभएको वा तपाईँले अन्य प्रयोगकर्तासँग मिलेर संयुक्त रूपमा सिर्जना गर्नुभएको वा अन्य सदस्यहरूले हेर्न सक्ने जस्ता शेयर गरिएका सामग्रीलाई स्वचालित रूपमा मेटाउँदैन ।

हामीले खाता मेटाउने प्रक्रिया सुरु गरेपछि वा सामग्री मेटाउने अनुरोध प्राप्त गरेपछि सामग्रीलाई मेटाउन ९० दिन सम्म लाग्न सक्छ । तपाईँले सामग्रीलाई ट्रयासमा पठाउनुभयो भने तपाईँले छिट्टै मेटाउन छनौट नगरेमा मेटाउने प्रक्रिया स्वचालित रूपमा ३० दिनपछि सुरु हुनेछ । त्यस्ता सामग्रीलाई मेटाउने प्रक्रिया चलिरहँदा उक्त सामग्री अन्य प्रयोगकर्ताहरूलाई त्यसपछि देखाइँदैन । सामग्री मेटाएपछि, हामीलाई यसको ब्याक अप र प्रकोप रिभरकीका प्रणालीबाट हटाउनको लागि थप ९० दिन सम्म लाग्न सक्छ ।

निम्न अवस्थाहरूमा खाता मेटाइएको वा सामग्री मेटाउने प्रक्रिया सुरु भएको ३० दिन भित्र सामग्री मेटाइँदैनः

क. तपाईँको सामग्री यस इजाजत पत्रअनुसार अन्य व्यक्तिहरुले प्रयोग गरिरहेका छन् र तिनीहरूले यसलाई मेटाएका छैनन् भने (यस्तो अवस्थामा उक्त सामग्री नमेटाएसम्म इजाजत पत्र लागु भइरहने छ)

ख. हाम्रा प्रणालीको प्राविधिक सीमितताका कारण ९० दिनभित्र मेटाउन सम्भव छैन भने यस्ता मुद्रामा हामी प्राविधिक रूपमा सम्भव हुनासाथ मेटाउने कार्य पुरा गर्छौ वा

ग. तत्काल मेटाउनुले निम्न कार्य गर्ने हाम्रो क्षमतालाई प्रतिबन्ध लगाउँछ भने ः

घ. गैर कानुनी क्रियाकलाप वा हाम्रा सर्त तथा नियमनहरूको उल्लङ्घन गर्ने कार्यहरूको अनुसन्धान वा पहिचान गर्नु

ङ. गैर कानुनी क्रियाकलाप वा हाम्रा सर्त तथा नियमनहरूको उल्लङ्घन गर्ने कार्यहरूको अनुसन्धान वा पहिचान गर्ने

च. हाम्रा प्रणाली सेवा, हाम्रा कर्मचारी र प्रयोगकर्ताहरूको सुरक्षा, अखण्डता र रक्षा जोगाउन र हामी आफैलाई जोगाउन

छ. डेटा सहित वित्तीय उत्पादन र सेवाहरू प्रदान गर्न मिनी नेपालले कानुनद्वारा आवश्यक कुनै पनि रेकर्ड राख्ने दायित्वहरूको पालना गर्न संरक्षण गर्न सहित प्रमाणको संरक्षणका लागि कानुनी दयित्वहरुको पालना गर्न वा

ज. न्यायिक वा प्रशासनिक अधिकारी, कानुन प्रवर्तन वा सरकारी निकायको अनुरोधको पालना गर्न

यस्तो अवस्थामा कुनै सामग्री जुन उद्देश्यका लागि सुरक्षित गरिएको हो सो आवश्यकता भन्दा बढी सुरक्षित गरिने छैन । माथि दिइएका सबै अवस्थाहरू सामग्री पूर्ण रूपमा नमेटाएसम्म इजाजत पत्र जारी रहने छ ।

तपाईँले प्रयोग वा डाउनलोड गर्ने सफ्टवेयर अपडेट गर्ने अनुमतिः तपाईँले हाम्रो सफ्टवेयर प्रयोग वा डाउनलोड गर्नु भयो भने तपाईँले उपलब्ध हुँदा हामीलाई सफ्टवेयरमा अपडेटहरू डाउनलोड र स्थापना गर्ने अनुमति दिनुहुन्छ ।

हाम्रा बौद्धिक सम्पत्ति प्रयोग गर्ने सीमाहरू

तपाई हामीले हाम्रा उत्पादनमा उपलब्ध गराएका र उपलब्ध गराउने बौद्धिक सम्पत्ति अधिकारमा उल्लेख गरिएको सामग्रीको प्रयोग गर्नुहुन्छ भने हामी सो सामग्रीलागि सबै अधिकारहरू कायम राख्छौ (तर तपाई कोमा भने होइन) । तपाई हाम्रो ब्रान्डको प्रयोगसम्बन्धी कार्यनिर्देशनहरुमा दिएका हाम्रा प्रतिलिपि अधिकार वा ट्रेडमार्कहरू मात्र वा हाम्रो अग्रिम लिखित अनुमति लिएर प्रयोग गर्न सक्नुहुन्छ । परिमार्जन व्युत्पन्न कार्यहरू सिर्जना गर्न, विघटन गर्न वा अन्यथा हामीबाट स्रोत कोड निकाल्ने प्रयास गर्न तपाईँले अनिवार्य रूपमा लिखित अनुमति प्राप्त गर्नुपर्छ । 

९. तेस्रो पक्ष वेबसाइटहरू र स्रोतहरू

तपाईँ कुनै पनि तेस्रो पक्ष वेबसाइट वा स्रोतहरूको प्रयोगका लागि पूर्ण रूपमा जिम्मेवार हुनुहुन्छ । यद्यपि परियोजनाले तेस्रो पक्षका वेबसाइटहरू र स्रोतहरूको लिङ्क समावेश गर्दछ । हामी तिनीहरूको उपलब्धता, शुद्धता वा सम्बन्धित सामग्री, उत्पादन वा सेवाहरू (जसमा विना सीमा, कुनै पनि भाइरस वा अन्य असक्षम सुविधाहरू सहित) को लागि समर्थन गर्दैनौ र जिम्मेवार वा उत्तरदायी छैनौँ) न त हामीसँग त्यस्तो तेस्रो पक्षको सामग्री अनुगमन गर्ने कुनै दाइत्वि नै लिन्छौ ।

१०. वेबसाइटको व्यवस्थापन

परियोजनाका संस्करणहरूमा लागू हुने नीतिहरू सिर्जना र लागू गर्नमा प्रयोगकर्ता वा योगदान कर्ताको मुख्य भूमिका हुन्छ । मिनी नेपालको नीति र यसको कार्यान्वयनका बारेमा अनावश्यक हस्तक्षेप गर्दैन्। एक असामान्य अवस्था वा समस्याग्रस्त अवस्था वा समस्याग्रस्त प्रयोगकर्ताबाट हुनसक्ने परियोजनाको अवरोध वा खतरनाक व्यवहारको कारणबाट सुरक्षित राख्न सोधपुछ गर्न सक्छौ । यस्तो अवस्थामा, हामी हाम्रो अधिकारको सुरक्षित गर्छौ तर यसको कुनै पनि दायित्व छैन ः

क. तपाईँले प्रयोग गर्नुभएको सेवाको न्यायिक जाँच गर्न क) यी प्रयोगका सर्तहरू, परियोजना संस्करणका नीति वा अन्य लागू कानुन वा नीतिहरू उल्लङ्घन भएको छ कि छैन भनेर निर्धारण गर्न वा ख) कुनै लागू कानुन, कानुनी प्रक्रिया वा सरकारी नियमहरूको पालना भए नभएको हेर्न वा अनुरोध गर्न, पत्ता लगाउन, रोक्न, वा चालबाज नियन्त्रणको उपाय खोज्न, सुरक्षा दिन वा प्राविधिक समस्या वा सम्बोधन गर्न वा प्रयोगकर्ताको अनुरोधहरूको जवाफ दिन

ख. जो प्रयोगकर्ताले यी प्रयोगकर्ता सर्तहरू उल्लङ्घन गरेका छन् उस÷उनिलाई अविकार गर्न, निष्क्रिय बनाउन वा निष्कासन गर्न: प्रयोगकर्तालाई पोस्ट गर्न प्रतिबन्ध लगाउने, प्रयोगकर्ताको अकाउन्ट प्रतिबन्ध गर्ने, यी प्रयोगका नियमको उल्लङ्घन विरुद्ध कानुनी कारबाही गर्ने (कानुनी निकायमा किटान जाहेरी दिने) र अन्यथा परियोजनाको वेबसाइटहरूलाई तिनीहरूको उचित कार्यलाई सहज बनाउन र आफ्नो र हाम्रा प्रयोगकर्ता, इजाजतपत्रदाताहरु, साझेदारहरू र सर्वसाधारण अधिकार, सम्पत्ति र सुरक्षाको सुनिश्चित गर्ने हिसाबले व्यवस्थापन गर्न कुनै पनि दायित्व परियोजनाले लिने छैन ।

हाम्रा प्रयोगकर्ताहरूको र परियोजनाको हितका लागि यस प्रावधान अन्तर्गत कुनै पनि ब्यतिmको खाता वा पहुँच अवरुद्ध भएको चरम परिस्थितिमा हामीले स्पष्ट अनुमति प्रदान नगरेसम्म सोही परियोजनामा अर्को खाता बनाउन वा प्रयोग गर्न वा खोज्न निषेध गरिएको छ । प्रयोगकर्ताको अख्तियारीलाई सीमित नगरी, मिनी नेपालले साँचो मनले गरेको आलोचना वा अन्यथा यी प्रयोगका सर्तहरू वा समुदायको हित विपरीत नहुने कुनै पनि आलोचनात्मक कार्य वा सुझावका कारणले गर्दा प्रयोग गर्न, योगदान गर्न वा प्रयोगकर्ताको खाता बन्द गर्ने वा प्रतिबन्ध लगाउने छैन ।

यद्यपि मिनी नेपालसँग कुनै प्रयोगकर्ता जसले यी प्रयोगका सर्त भङ्ग गरेको छ भने कसैको बिना स्वीकृति चेतावनी दिने, अनुसन्धान गर्ने, बन्द गर्ने वा प्रतिबन्ध लगाउने अख्तियारी रहेको छ । तपाई मिनी नेपालको विशेष परियोजना संस्करण ( जस्तै मध्यस्थता समितिहरू) को लागि मिनी नेपालले स्थापित गरेको विवाद समाधान निकायहरूको अन्तिम निर्णयहरूको पालना गर्न सहमत हुनुहुन्छ ।

११. परियोजना नीति र सङ्कल्प

मिनी नेपालको सञ्चालन बोर्डले समय समयमा आधिकारिक नीतिहरू जारी गर्दछ । यी मध्ये केही नीतिहरू सबैका लागि वा केही विशेषका लागि अनिवार्य हुन सक्छन् र जब तिनीहरू जारी हुन्छन् तपाई तिनीहरूलाई लागू हुने रूपमा पालन गर्न सहमत हुनुहुन्छ ।

१२. सेवा विच्छेद्य

हामी आशा गर्छौ कि तपाई सामेल हुनुहोस्, परियोजनामा निरन्तर योगदान गरिरहनुहोस् यद्यपि तपाईँले कुनै पनि समय हाम्रो सेवा प्रयोग नगर्न सक्नुहुन्छ वा हाम्रो सेवाबाट विच्छेद्य हुन सक्नु हुन्छ । हामीले नचाहँदा नचाहँदै पनि कुनै बेलामा हामी आफैले वा तपाई प्रयोगकर्ताहरूले वा योगदानकर्ताहरूले हाम्रा सबै सेवाहरूबाट विच्छेद्य हुन, यी प्रयोगका सर्त वा सेवा त्याग्न वा तपाई एक प्रयोगकर्ताको रूपमा प्रतिबन्ध लगाउन वा हटाउन वा पहुँच रोक्न अवस्था आइपर्न सक्छ । यदि तपाईँको एकाउण्ट कुनै तरिका वा कारणबाट खारेजी, निष्क्रिय वा प्रतिबन्ध भएता पनि तपाईँले योगदान गर्नु भएका सार्वजनिक विषयवस्तुहरू यथावत् नै रहन्छ तब सम्म रहन्छ जबसम्म हामी तपाईँलाई सूचना दिँदैनौ वा तपाइले त्यसपछि पनि मिनी नेपालमा पोस्ट वा अन्र्तकृयामा प्रस्तुत गर्नुभएका पोस्टहरू हेर्न र पढ्नका लागि पहुँच पाइरहनु हुन्छ । यस्तो अवस्थामा तपाईँले आफ्नो अकाउन्ट लगइन, सेटिङ तथा व्यवस्थापन गर्ने पहुँच नपाउन सक्नुहुने छ । हामी कुनै पनि सामयमा, बिना कारण वा बिना सूचना वा सूचना बिना सेवाहरू निलम्बन वा अन्त्य गर्ने अधिकारलाई सुरक्षित राख्छौँ ।

१३. विवाद र अधिकार क्षेत्र

हामी आशा गर्दछौ कि तपाई सँग कुनै गम्भीर असहमति उत्पन्न हुनेछैन तर यदि त्यहाँ विवाद छ भने हामी मिनी नेपाल द्वारा प्रदान गरिएको विवाद समाधान प्रक्रिया वा संयन्त्रहरू मार्फत समाधान खोज्न प्रोत्साहित गर्दछौ । यदि तपाई हाम्रो विरुद्ध कानुनी दाबी दायर गर्न खोज्नुहुन्छ भने नेपाल स्थिति काठमाडौँ जिल्ला अदाल र सर्वोच्च अदालमा विशेष समाधान गर्न सहमत हुनुहुन्छ । हामी वा यी प्रयोगकर्ता सर्तहरू सम्बन्धी कुनै पनि कानुनी कारबाही वा कार्यवाहीमा तोकिएका स्थल उपयुक्त छ भनी सहमत हुनुहुन्छ ।

१४. हामीसँग सम्बन्धित नभएकाहरू (अस्वीकरणहरू)

मिनी नेपालमा, हामी व्यापक दर्शकहरूलाई शैक्षिक, ज्ञानमूलक र सूचना मूलक सामग्री प्रदान गर्न सक्दो प्रयास गर्छौ तर तपाईँले उपयोग गर्नुभएको हाम्रो सेवाहरू पूर्ण रूपले तपाईँकै हातमा छ । हाम्रो सेवा उपयोगको सम्पूर्ण जिम्मेवारीहरू तपाई सँगै छ यसमा हामी कुनै जबाफदेही छैनौ । हामी यी सेवाहरू “जस्तो छ” “त्यस्तै उपलब्ध” गर्दछौ र हामी स्पष्ट रूपमा सबै प्रकारका सबै व्यक्त वा निहित निश्चितताहरू, व्यापारिकता, विशेष उद्देश्यको लागि योग्य छ दाबीलाई अस्वीकार गर्छौ । हाम्रा सेवाहरूले तपाईँको आवश्यकताहरू पूरा गर्नेछन्, सुरक्षित, निर्बाध, समयसापेक्ष, सटिक वा त्रुटी–रहित वा तपाईँको जानकारी सुरक्षित हुनेछ भनी हामी कुनै वारेन्टी दिँदैनौँ ।

हामी तेस्रो पक्षहरूको सामग्री, डेटा वा कार्यहरूको लागि जिम्मेवार छैनौँ र तपाईँले तेस्रो पक्षको विरुद्धमा दाबी गर्दा हामीलाई, हाम्रा निर्देशकहरू, अधिकारीहरू, कर्मचारीहरू र एजेन्टहरूलाई ज्ञात र अज्ञात वा कुनै पनि तरिकाले जोडन वा कुनै पनि दाबी र क्षतिबाट मुक्त वा बाहिर राख्नुहुन्छ । हाम्रा सेवाहरू मार्फत तपाईँले प्राप्त गर्नुभएको कुनै पनि सल्लाह वा जानकारी चाहे मौखिक वा लिखित, प्रयोगका सर्तहरूमा स्पष्ट उल्लेख नगरिएता पनि, ले कुनै सूनिश्चत वा वारेन्टी दिदैन् ।

तपाईँले हाम्रो सेवाबाट कुनै पनि सामग्री डाउनलोड वा उपयोगबाट प्राप्त कुराहरू तपाईँ आफ्नै स्वविवेक र जोखिममा गर्नुहुन्छ र तपाईँ आफ्नो कम्प्युटर प्रणालीमा कुनै पनि क्षति वा त्यस्तो कुनै पनि सामग्रीको डाउनलोडको परिमाणबाट हुनसक्ने क्षति वा हानिको लागि पूर्ण रूपमा जिम्मेवार हुनुहुन्छ । तपाई सहमत हुनुहुन्छ कि हाम्रो सेवामा राखिएको कुनै पनि सामग्रीलाई मेटाउन, अपलोड गर्न वा भण्डारण गर्न वा प्रसारण गर्न असफलता भएमा हामीसँग कुनै जिम्मेवारी वा दायित्व हुनेछैन । हामी कुनै पनि समयमा बिना सूचना वा हाम्रो विवेकको  प्रयोग गरी यी प्रयोगका सर्तहरूको सीमाहरू निर्धारण गर्ने, परिवर्तन गर्ने अधिकार सुरक्षित राख्छौँ ।

१५. दायित्वका सीमा

मिनी नेपालले कुनै पनि प्रत्यक्ष अप्रत्यक्ष, आकस्मिक, विशेष, परिमाणात्मक वा उदाहरणीय क्षतिको लागि तपाई वा अन्य कुनै पक्षसँग उत्तरदायी हुने छ्रैन् ।

१६. प्रयोगका यी सर्तहरूमा परिमार्जनहरू

जसरी मिनी नेपालको लागत परियोजनाको वृद्धि विकास र मर्मत सम्भारका लागि आवश्यक छ, हामी विश्वास गर्छौ कि मिनी नेपालको लागत हाम्रा प्रयोगकर्ताहरूलाई राम्रोसँग सेवा दिनको लागि यी प्रयोगका सर्तहरूको लागि आवश्यक छ । यो निष्पक्ष सम्झौताको लागि पनि आवश्यक छ । त्यस कारण, हामी यी प्रयोगका सर्तहरू, साथै भविष्यमा हुने यी प्रयोगका सर्तहरूको ठोस संशोधनहरू, टिप्पणी अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस (३०) दिन अघि टिप्पणीको लागि योगदानकर्ता वा समुदायलाई प्रदान गछौं ।

यी प्रयोगका सर्तहरूलाई समय सामयमा परिमार्जन गर्न आवश्यक हुन सक्ने हुनाले हामी त्यस्ता पमिार्जनहरुको पूर्व सूचना दिन्छौ । यद्यपि आवधिक रूपमा प्रयोगका यी सर्तहरूको सबैभन्दा नवीनतम संस्करणको कृपया समीक्षा गर्नुहोस् । नयाँ प्रयोगका सर्तहरू सूचना पश्चात् आधिकारिक भएपछि पनि हाम्रो सेवाहरूको तपाईँको निरन्तर प्रयोगले तपाईँको तर्फबाट यी प्रयोगका सर्तहरूको स्वीकृतिलाई आधिकारिक गर्दछ । मिनी नेपाल र तपाई जस्तै अन्य प्रयोगकर्ताहरूको सुरक्षाको लागि यदि तपाईँ हाम्रो प्रयोगका सर्तहरूसँग सहमत हुनुहुन्न भने तपाई हाम्रा सेवाहरू प्रयोग गर्न सक्नुहुन्न ।

१७. अन्य सर्तहरू

यी प्रयोगका सर्तहरूले तपाईँ र हामी मिनी नेपाल बिच रोजगारी, एजेन्सी, साझेदारी वा संयुक्त उद्यमको सम्बन्ध निर्माण गर्दैन । यदि तपाईँले हामीसँग छुट्टै सम्झौतामा हस्ताक्षर गर्नुभएको छैन भने यी प्रयोगका सर्तहरू तपाईँ र हामी बिचको सम्पूर्ण सम्झौता हो । यदि यी प्रयोगका सर्तहरू र तपाईँ र हाम्रो बिचमा हस्ताक्षर गरिएका लिखित सम्झौता बिच कुनै विवाद देखिन्छ भने हस्ताक्षर गरिएको सम्झौताले नियन्त्रण गर्दछ भन्नेमा सहमत हुनुहुन्छ ।

हामीले तपाईँलाई प्रयोगका सर्तहरूमा भएका परिवर्तनहरू, इमेल, नियमित मेल र परियोजना वेबसाइटहरूमा पोस्टिङ समावेश भएका सूचनाहरू प्रदान गर्न सक्छौ भन्नेमा तपाई सहमत हुनुहुन्छ । 

यदि कुनै पनि परिस्थितिमा हामीले यी प्रयोगका सर्तहरूको कुनै प्रावधान लागु नभएका वा लागू गर्दैनौ भने त्यो प्रावधानको छुट होइन । तपाईँले यो बुझ्नुस् कि यद्यपि हामीबाट लिखित रूपमा सहमत नभएसम्म तपाईँले हामीलाई परियोजनामा प्रदान गर्ने कुनै पनि गतिविधि, योगदान वा विचारहरूको लागि क्षतिपूर्तिको अपेक्षा गर्नुहुन्न ।

यी प्रयोगका सर्तहरू विपरीत कुनै पनि प्रावधान भएता पनि हामी (मिनी नेपाल) र तपाई परियोजनामा कार्यरत यी प्रयोगका सर्तद्वारा अधिकृत भएका कुनै पनि निःशुल्क इजाजत पत्र लागू सर्तहरू र आवश्यकताहरू परिमार्जन नगर्न सहमत छौ ।

यदि यी प्रयोगका सर्तहरूको प्रावधानमा कुनै प्रावधान वा अंश गैर कानुनी, शून्य वा लागू गर्न नसकिने पाइन्छ भने त्यो प्रावधान वा प्रावधानको अंशलाई प्रयोगका यी सर्तबाट विच्छेदनयोग्य मानिन्छ र अन्य सबै अनुमतियोग्य प्रावधानहरूको अधिकतम हदसम्म लागू गरिनेछ । प्रयोगका यी सर्तहरूका प्रावधानहरू पूर्ण रूपमा सक्रिय र कार्यान्वयनमा रहेका छन् ।

 

धन्यवाद ।

यी प्रयोगका सर्तहरू पढ्नका लागि समय निकाल्नु भएकोमा हामी तपाईँको प्रशंसा गर्छौ र तपाईँले यस परियोजनामा योगदान गर्नु भएकोमा र हाम्रो सेवाहरू प्रयोग गर्नु भएकोमा हामी धेरै खुसी छौँ । तपाईँको योगदान मार्फत, तपाईँले वास्तवमै ठुलो कुरा निर्माण गर्न मद्दत गरिरहनु भएको छ – प्रयोगकर्ता, योगदानकर्ताको रूपमा नेपालका मौलिक ज्ञान, सीप, अभ्यास, तथ्य, विवरणहरूको सङ्कलन मात्र होइन बरु पहुँच नभएका लाखौँ बालबालिका र भविष्यका मानिसलाई शिक्षा र जानकारी प्रदान गर्ने कार्यमा सहभागी भइरहनुभएको छ ।