मिनी नेपालको अनुदान भनेको के हो ?

कुनै पनि व्यक्ति/संस्थाले मिनी नेपालको लक्ष्य र उद्देश्य प्राप्तिका लागि स्वतःस्फूर्त र स्वैच्छिक रूपमा प्रदान गरिएको कानुनी रूपमा आधिकारिक कुनै पनि नगद/जिन्सी/ कुनै प्रकारका सेवा सुविधा/विषय सामग्रीहरूलाई अनुदान भनिएको हो । सबै नेपाली समुदायको सहयोग र सहभागिताबाट मात्रै मिनी नेपालको लक्ष्य र उद्देश्य प्राप्ति गर्न सक्छ भन्नेमा विश्वस्त छ । सबै नेपालीको सहयोग र सहभागितालाई जीवन्त राख्न मिनी नेपालले अनुदानको तीन क्षेत्रहरू जस्तै आर्थिक, प्राविधिक र विषय सामग्री वर्गीकरण गरी अनुदानको दायरालाई व्यापक र विस्तृत बनाएको छ । तसर्थ मिनी नेपालमा अर्थको सहयोग गर्न चाहनेले आर्थिक अनुदान, प्रविधि तथा यन्त्रहरूको सहयोग गर्न चाहनेले प्राविधिक अनुदान र विभिन्न ज्ञान, सीप वा अभ्यासका विषय सामग्रीहरू सहयोग गर्न चाहनेले विषय सामग्री अनुदानको रूपमा सहयोग गर्न सक्नुहुन्छ ।  

मिनी नेपालमा अनुदान किन गर्ने?

नेपाल सामाजिक, भाषिक, जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधता मात्रै छैन कि स्थानीय स्तरमा रहेका फरक फरक मौलिक÷लोक ज्ञान, सीप, अभ्यास, रहनसहन, जीवनशैली, प्रकृति जस्ता विविधतायुक्त  पहिचान र विशेषताहरूले भरिपूर्ण पनि छन् । यस्ता विविधतायुक्त  जानकारी र मौलिकताको सङ्कलन, संरक्षण र प्रवर्धन प्रणालीगत रूपबाट कहीँ कतैबाट भएको छैन नै बरु त्यस्ता सूचना सामग्रीको उपलब्धता र पहुँचबाट वञ्चित भएका छौ जुन बेला हामी सूचना प्रविधिको विकसित सेवा मार्फत ‘हात–हातबाट’ विश्वभरको सूचनाको पहुँच राख्दछौ । यस परिवेशमा सोलार सिनेमा नेपाल, एक गैर नाफामूलक परोपकारी संस्थाद्वारा सञ्चालित मिनी नेपाल मार्फत नेपालको विविधतायुक्त  विशेषताबाट ज्ञानको निर्माण, सङ्कलन, भण्डारण, उपयोग गर्ने एक महाअभियान सञ्चालन गरेको छ जसको उद्देश्य समुदायमा रहेका विद्यालय, शिक्षक, विद्यार्थी, युवा, अभिभावक, विषय विज्ञ, सङ्घसंस्था, स्थानीय सरकार, स्वतन्त्र व्यक्तिहरूलाई समुदायमा रहेका मौलिक/लोक/प्राकृतिक विविधताका सामग्री सङ्कलन गर्न, विकास गर्न सशक्त बनाई संलग्न गराउनु र यसको निःशुल्क र प्रभावकारी ढङ्गले विश्वव्यापी स्तरमा प्रकाशन गर्नु रहेको छ । 

तसर्थ नेपालका यी र यस्ता बहुपक्षिय विविधतायुक्त सूचना जानकारीको सङ्कलन, विश्लेषण र निर्माण बृहत् साझेदारी, सहकार्य र सहयोग बिना सम्भव छैन । तसर्थ नेपालका यस्ता सूचनाहरू ‘हात–हातमा’ पहुँच पुर्‍याउन, संरक्षण गर्न, प्रवर्धन गर्न र सिकाई आयआर्जनसँग जोडनका (हाम्रा पुर्खाले एक थुकी सुकी हजार थुकी समुन्द्र भने झैँ) तपाईँको सहयोग र सहकार्य आवश्यकता छ ।

मिनी नेपालको अनुदानको उपयोग कसरी हुन्छ ?

मिनी नेपालको अनुदान सूचना सङ्कलन गर्न, सङ्कलनकर्तालाई सशक्तm बनाई संलग्न गराउन र यसको निःशुल्क र प्रभावकारी ढङ्गले विश्वव्यापी प्रकाशन गर्नका लागि उपयोग गरिन्छ । तपाईँको अनुदानको सही र पारदर्शी रूपमा उपयोग गर्न हामी कटिबद्ध छौ । जब तपाई अनुदान गर्दै हुनुहुन्छ भने अनुदान कुन क्षेत्रमा उपयोग होस् भनेर तपाई बाट सुझाव लिने गर्छौ । तपाईँलाई अनुदानको उपयोग भएको क्षेत्रको (यदि तपाई स्वीकृति दिनुहुन्छ भने) प्रगति विवरणहरू नियमित विद्युतीय माध्यमबाट जानकारी गराउँछौ । यसको लवा, तपाईँले गर्नु भएको अनुदान (यदि आर्थिक अनुदान व्यक्तिगत/संस्थागत तर्फबाट क्रमशः रु. ५,०००, रु. १०,००० वा सो भन्दा बढी, प्राविधिक अनुदान न्यूनतम व्यक्तिगत/संस्थागत क्रमशः रु. ५,०००, रु. १०,००० बराबर वा सो भन्दा बढी रकमको अनुदान गर्नु भएमा र विषय सामग्री अनुदानको हकमा यदि व्यक्तिगत/संस्थागत तर्फबाट क्रमशः ५/१० वटा विषय सामग्री प्रदान गर्नुहुन्छ भने) मिनी नेपाल तपाईँको अनुदानलाई कदर गरी अनुदानकर्ताको अभिलेखमा अभिलेखीकरण राख्ने व्यवस्था गरेका छौँ । 

मिनी नेपालमा अनुदान कसरी गर्ने? 

मिनी नेपालमा अनुदान गर्नका लागि गृहपृष्ठको मेन्यु भित्र रहेको अनुदान शीर्षकमा थिच्नुहोस् । आर्थिक अनुदानको लागि तपाईँको विवरण भरी अनुदान गर्न सक्नुहुन्छ ।

प्राविधिक अनुदान के हो ? 

नेपालभरबाट सूचना सामग्रीको सङ्कलनबाट सूचना तथा ज्ञानको निर्माण गर्ने प्रक्रिया, भण्डारण र प्रकाशनका लागि ठुलो मात्रामा प्रविधिहरू जस्तो कि सर सामग्री (कम्प्युटर, ल्याप्प, मोबाइल, ट्याब्लेट, क्यामरा, साउन्ड रेकर्ड आदि) सफ्वेअरहरु (प्रीति देखि युनिकोड रूपान्तरण गर्ने सफ्वेअर, भाषा शुद्धाशुद्धि चेकजाँच गर्ने सफ्टवेयर, माइक्रोसफ्ट वर्ड, एक सेल, चार्ट निर्माण गर्ने सफ्टवेयर, पिडिएप रूपान्तरण गर्ने सफ्टवेयर, फोटो सम्पादन, ढाँचा र फ्रेममा रूपान्तरण गर्ने सफ्टवेअरहरु, भिडियो निर्माण, सम्पादन सम्बन्धी सफ्टवेयर, भिडियो रूपान्तरण गर्ने सफ्टवेअरहरु, अडियो सम्पादन तथा रूपान्तरणका सफ्टवेअरहरु) इन्टरनेट सेवाहरूको आवश्यकता पर्दछ । मिनी नेपालको  विशेष गरी आर्थिक रूपले पछाडि परेका विद्यालय, विद्यार्थी, युवा वा जो कोही जो यस महाअभियानमा जोडिन चाहनुहुन्छ तर प्राविधिक अभावले जोडिन कठिनाइ भोगिरहनु भएका त्यस्ता व्यक्ति/संस्था/समुदाय सहयोग गर्ने त्यस्ता प्रविधि सामग्रीहरूलाई प्राविधिक अनुदान भनिएको हो । प्राविधिक अनुदान न्यूनतम व्यक्तिगत/संस्थागत  क्रमशः रु. ५,०००, रु. १०,००० बराबर वा सो भन्दा बढी रकमको अनुदान गर्नु भएमा मिनी नेपाल तपाईँको अनुदानलाई कदर गरी अनुदानकर्ताको अभिलेखमा अभिलेखीकरण राख्ने व्यवस्था गरेका छौँ ।

प्राविधिक अनुदान कसरी प्रदान गर्न सकिन्छ?

प्राविधिक अनुदानको लागि मिनी नेपालको अनुदान मेन्युमा गई प्राविधिक अनुदान थिच्नुहोस् । त्यहाँ तपाईँले एक फारम पाउनुहुन्छ । फारममा तपाईँले प्राविधिक सहयोग खोजेका सामग्री विवरण सहितको सन्देश, तपाईँको नाम, सम्पर्क नं. र इमेल पठाउनुहोस् । त्यसपछि तपाईँले मिनी नेपालबाट सन्देश प्राप्त गर्नुहुनेछ । मिनी नेपालको प्रशासनले तपाई बाट प्राविधिक सहयोग लिई सम्बन्धित ठाउँमा कार्यान्वयन गर्छ । तपाईँको स्वीकृति प्राप्त भएमा तपाईँको सहयोगले पारेको सकारात्मक प्रगति विवरण नियमित रूपमा विद्युतीय सूचना दिइरहन्छौ । 

कस्तो प्राविधिक अनुदानको आवश्यकता छ भन्ने कुरा कसरी थाहा पाउने ?

यस महाअभियानको लागि कस्ता प्राविधिक अनुदानको आवश्यकता छ भन्ने कुरा थहा पाउन तपाईँले अनुदानमा गई प्राविधिक अनुदान गर्न चाहन्छु भन्ने सन्देश दिनुपर्छ । तपाईँको सन्देश दिनुभए पश्चात् मिनी नेपालले तथ्य सहितको आवश्यक विवरणहरू तपाईँलाई उपलब्ध गराउँछ । यसको आधारमा आवश्यकताको पहिचान गर्न सक्नुहुन्छ ।

विषय सामग्रीको अनुदान भनेको के हो ? 

तपाई सँग भएका ज्ञान, सीप, अभ्यास, रचनाहरू, कला (प्रकाशित वा अप्रकाशित) सबै सिकाई योग्य सामग्रीहरू सबैले अध्ययन, अध्यापन वा सिकाइको लागि उपयोग होस् भन्ने हेतुले स्वैच्छिक रूपमा प्रदान गरिएका सामग्री हलाई विषय सामग्री अनुदान भनिएको हो । विषय सामग्रीहरू प्रयोगकर्ताको पोस्टको रूपमा राखिएको सामाग्रीलाई भने मानिने छैन । अर्थात् मिनी नेपालमा प्रयोगकर्ताको रूपमा सहभागी हुन नसकेका वा नचाहेका तर अमूल्य ज्ञान तथा सूचनाले पारङ्गत छन् र अनुदान गर्न इच्छुक हुनुभएका हाम्रा समाजका अग्रजहरू, पेसाकर्मी, हजुरबुबा, हजुरआमा, बाजे बज्यै, बाबुआमा, विषय विज्ञ, खोजकर्ता, अनुसन्धानकर्ता, सङ्कलक, पुरातत्त्वविद्, संस्कृतविद्, अध्येयता, स्वतन्त्र व्यक्ति, विदेशी नागरिक, सङ्घ सङ्गठनहरू र व्यक्तिहरूले स्वैच्छिक रूपमा प्रदान गरिएका विषय सामग्रीलाई अनुदान भनिएको हो । 

कस्ता विषय सामग्रीहरूको अनुदान योग्य मानिन्छ ?

नेपाल सम्बन्धीका कुनै पनि जानकारीहरू जुन सूचनामूलक, ज्ञानमूलक र उपयोगी छन् ती सबै विषय सामग्रीहरू अनुदान योग्य मानिन्छ । तर ती सामग्रीहरू आफ्नै स्वामित्वमा भएका वा आफैले सिर्जना, निर्माण, अनुभव, अनुभूति गरेका वा स्वामित्व ग्रहण गरी पुस्तान्तरणको लागि नैतिक एवं कानुनी रूपमा ग्राह्य र यसको सम्पूर्ण जिम्मेवारी लिन स्वीकृति दिएको हुनुपर्नेछ ।  मिनी नेपालले कुनै पनि अनुदानको विषय सामग्री लिने नलिने निर्णय गर्ने अधिकारलाई सुरक्षित राखेको छ । 

मिनी नेपालमा विषय सामग्रीको अनुदान कसरी गर्ने? 

विषय सामग्रीको अनुदान गर्नका लागि तपाईँले विषय सामग्री अनुदान गर्न चाहेको विषय र विषय अनुदानकर्ताको नाम, ठेगाना र सम्पर्क नं. खुलाई विद्युतीय सूचना दिनुपर्ने हुन्छ । मिनी नेपाल प्रशासनले सूचना पछि सम्पर्क गरी सामग्री अनुदानको प्रक्रिया अगाडि बढाउने छ । 

के डिजिटल नभएका विषय सामग्रीको अनुदान गर्न सकिन्छ?

मिनी नेपालले डिजिटल नभएका विषय सामग्री पनि अनुदानको रूपमा स्वीकार गर्दछ । यस्ता विषय सामग्रीहरू प्राप्त भएका मिनी नेपालका समुदाय मध्ये विद्यालयलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । त्यस्ता सामग्रीहरूको स्वामित्व, नैतिक जिम्मेवारी र कानुनी जिम्मेवारी अनुदानकर्ताले लिनुपर्ने हुन्छ । 

के स्थानीय ज्ञान, सीप वा अभ्यास मात्र भएका व्यक्तिले विषय सामग्रीको अनुदान गर्न सक्छन्? 

स्थानीय ज्ञान, सीप वा अभ्यास मात्र भएका व्यक्तिmले पनि विषय सामग्रीको अनुदान गर्न सक्नु हुनेछ । त्यस्ता अनुदानकर्ताले आफू नजिक रहेका मिनी नेपालका समुदाय (जो स्थानीय सङ्ग्रहालय) सञ्चालन गरेका छन् उनीहरू मार्फत ती ज्ञान, सीप र अभ्यासको विषय सामग्रीको अनुदान गर्न सक्नुहुनेछ । थप जानकारीको लागि समुदाय परिचालन निर्देशिका हेर्नुहोस् ।