मिनी नेपालमा नयाँ सदस्य कसरी बन्न सकिन्छ ?

मिनी नेपालमा सदस्य बन्नका लागि खाता खोल्नुपर्छ । मिनी नेपालमा नयाँ हुनुहुन्छ भने साइन अप गर्नुहोस् भन्नेमा क्लिक गर्नुपर्छ । फारममा नाम थर, इमेल र फोन नं. भर्ने र प्रयाेगकर्ताकाे प्रकारमा व्यक्तिगत प्रयाेगकर्ता छानेर साइन अप गर्नुहोस् । तपाईँले भर्नुभएको इमेलमा मिनी नेपाल एडमनिले नयाँ खाता निर्माण गर्न इमेल र पासवर्ड सहितको सन्देश पठाउँछ । इमेल र पासवर्ड कपी गरेर मिनी नेपालमा लगइन गरी खाता खोल्न सकिन्छ । 

मिनी नेपालमा नयाँ सदस्य बनेपछि सदस्यको जानकारी अद्यावधिक गर्नुपर्छ । मिनी नेपालको एड मीनले खाता अद्यावधिक गर्न सुझाव पनि दिन्छ । खाता अद्यावधिक गर्दा नाम थर, फोन नं., इमेल, नयाँ पासवर्ड (आफैले सिर्जना गरेको), ठेगानाः (अस्थायी र स्थायी), लिङ्ग, पेसा, उमेर, परिचय अद्यावधिक गरी बुझाउनु पर्छ । खाता अद्यावधिक पछि मात्र मिनी नेपालको आधिकारिक सदस्य बन्नुहुनेछ । 

मिनी नेपालमा खाता किन खोल्न आवश्यक छ ? 

मिनी नेपालमा खाता नखोली (सदस्य नबनीकन) उपलब्ध सूचना सामग्रीहरूको पढ्न, हेर्न र पहुँच राख्न सक्नुहुन्छ । मिनी नेपालको प्रदान गरेको अन्य सेवाहरूको पहुँच राख्न सदस्य बन्नुपर्छ । मिनी नेपालको सुरक्षा, प्रयोगकर्ताको सुरक्षा, डेटा भण्डारण, प्रशोधन र पूर्ण सहभागिताको लागि मिनी नेपालमा सदस्य बन्न प्रोत्साहन गरिन्छ । 

साइन अप (खाता खोल्दा) गर्दा समस्या देखापर्यो ? 

मिनी नेपालमा साइन अप गर्दा समस्या देखिनसक्छ । यस्तो बेलामा मिनी नेपालमा साइन अप गर्दा समस्य देखिन सक्छः

  • साइनअप गर्दा लेख्नु भएको इमेल ठेगाना गलत वा कुनै अक्षर वा संकेत छुटेको भएमा, 
  • सम्पर्क नं. सहि नभएमा वा ल्याण्ड फोन वा निष्कृय भएको वा अरु कसैको फोन नं. राख्नु भएमा  

समस्या देखा पर्न सक्छ । यसको अलावा पनि समस्या भएमा सम्पर्क गर्नुहोस् ।

 

 लगइन भएन ?

मिनी नेपालमा लगइन देहायको अवस्थामा हुन सक्दैन:

  • तपाईँले लगइनमा लेख्नुभएको वा प्रयोग गर्नु भएको इमेल वा पासवर्ड गलत भएमा वा कुनै अंश लेख्न छुटाएमा वा सही नभएमा, 
  • गलत नियतबाट अपुष्ट स्रोतबाट लगइन गर्ने चेष्टा पटक पटक गरेमा, प्रणालीलाई खराब गर्ने कुनै पनि गतिविधिहरू गरेको थाहा पाएको अवस्थामा वा मिनी नेपालको प्रयोगकर्ता सर्त वा गोपनीयता नीति बाहिरका गतिविधि गरेको खण्डमा,

समस्या देखा पर्न सक्छ । यसको अलावा पनि समस्या भएमा सम्पर्क गर्नुहोस् ।  

 

पासवर्ड बिर्सिनुभयो ? 

पासवर्ड बिर्सिनु भएको खण्डमा मिनी नेपालको लगइन क्षेत्रको पासवर्ड बिर्सिनुभयो मा थिच्नुहोस् । त्यहाँ एक फारम देखा पर्छ । फारममा आफ्नो इमेल राखेर पठाउनुहाेस् । सन्देश अनुसारकाे  इमेलमा नयाँ पासवर्ड दिएको हुन्छ । तपाईँले सोही पासवर्ड र लगइन गरेको इमेलबाट फेरी लगइन गर्नुपर्ने हुन्छ । प्रोफाइलको सेटिङमा गई नयाँ पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ । 

इमेल प्राप्त भएन? 

मिनी नेपालबाट इमेल प्राप्त नहुन सक्छ । यस अवस्थामा देहाय बमोजिम कुराहरू जाँच गर्नुहोस्:

  • इमेल पुर्न: रिडाइरेक्ट गर्नुहोस् ( रिफ्रेस गर्नुहोस्), 
  • तपाईँले प्राप्त भएको इमेल ट्रयास, स्पाम, ड्रफ्ट मा गएर बसेको हुनसक्छ । इमेल भित्र रहेको ट्रयास, स्पाम,  ड्रफ्टमा चेक गर्नुहोस्,  
  • इमेलको खाली ठाउँ भरिएको र कुनै पनि इमेल आउन जान नसक्ने कुनै पनि अवस्था भएको हुनसक्छ,

यसको अलावा पनि इमेल प्राप्त नभएमा हामीलाई सम्पर्क गर्नुहोस् ।

' तपाईँको विवरणहरू पहिल्यै नै भरेको छ' भनेको के हो? 

मिनी नेपालमा तपाईँले प्रयोग गर्नु भएको इमेल ठेगाना पहिल्यै नै तपाई वा अरू कसैले प्रयोग गरिसकेको अवस्थामा तपाईँको विवरण पहिले नै भरेको छ भनी सन्देश प्राप्त गर्नुहुन्छ । यस्तो अवस्थामा तपाईँले अर्को इमेल ठेगानाबाट लगइन गर्ने वा आफ्नै भएमा नयाँ पासवर्डको लागि अनुरोध गर्न सक्नुहुन्छ । 

यसको अलावा पनि समस्या समाधान नभएमा हामीलाई सम्पर्क गर्नुहोस् ।

प्रोफाइल अपडेट गर्दा समस्या भयो ? 

तपाईँले राख्नु भएको फोन नं., इमेल, जन्म मिति भर्दा गल्ती गर्नुभयो वा त्रुटि गर्नु भएको खण्डमा तपाईँले प्रोफाइल अपडेट गर्न समस्या देखा पर्छ । तपाईँले भर्नुभएको विवरणहरू एकै किसिमको र सही हुनुपर्ने हुन्छ । त्यसको चेकजाँच गरी पुन अपडेट गर्नुहोस् ।

यसको अलावा पनि समस्या देखिएमा हामीलाई सम्पर्क गर्नुहोस् ।

प्रोफाइलका फोटोहरू अपलोड भएन? 

प्रोफाइलमा राख्नुभएको फोटो अत्याधिक सानो भएमा वा jpg, gif ,png बाहेक अन्य फ्रेममा फोटो अपलोड गर्दा अपलोड नहुने समस्या देखा पर्छ । त्यस कारण, प्रोफाइलको फोटो अपलोड गर्दा माथि दिइएको ढाँचा वा फ्रेममा भए नभएको जाँच गरी पुनः अपलोड गर्नुहोस् ।

यसको अलावा पनि समस्या देखिएमा हामीलाई सम्पर्क गर्नुहोस् । 

के प्रोफाइल भित्र रहेको मेरो बारेमा के के कुरा राख्नै पर्ने हुन्छ ?

प्रोफाइलभित्र मेरो बारेमा यही राख्नै पर्छ भन्ने कुनै बाध्यता छैन तर तपाईँले राखिएको विवरणहरू सही, सत्य, प्रस्ट भने हुनुपर्छ । अस्पष्ट, भ्रामक, नभएका वा नगरेका विषयवस्तु राखिएको खण्डमा प्रयोगका सर्त उल्लङ्घन भएको मानिन्छ ।  

प्रोफाइल भित्र मेरो बारेमा सामान्यतः तपाईँको परिचय खुल्ने विवरणहरू राख्नुपर्ने हुन्छ । तपाई को हो ? के गर्नुहुन्छ? रुचि के हो ? तपाईँको दक्षता केमा छ ? तपाई आफूलाई कसरी चिनाउन चाहनुहुन्छ भन्ने विवरण राख्नुपर्ने हुन्छ ।

प्रोफाइलभित्र मेरो बारेमा खण्डमा तपाईँको रुचि, चाहना र इच्छा अनुसार तपाईँको परिचय खुल्ने विवरणहरू सही, सत्य, प्रस्ट रूपमा राख्नुपर्ने हुन्छ । 

प्रोफाइल भित्रको प्राइभेट पोस्ट भन्नाले के बुझिन्छ? 

मिनी नेपालमा पोस्ट गरेका सामग्रीहरू प्रदर्शन गर्दा तपाईँले सार्वजनिक नगरी व्यक्तिगत रूपमा राख्न चाहनुहुन्छ भने त्यस्ता पोस्टहरूलाई प्राइभेट पोस्ट भनिएको हो । यस्ता पोस्ट तपाईँले बाहेक अरू कसैले पहुँच राख्न र देख्न सक्दैनन् ।  

फोन नं.ठाउँमा ल्याण्डफोन नम्बर राख्न मिल्छ कि मिल्दैन? 

मिनी नेपालमा फोन नं.को ठाउँमा ल्याण्डफोन नं. राख्न मिल्दैन । फोन नं. ठाउँमा ल्यान्ड फोन नं राख्दा अपलोड नहुने समस्या देखा पर्न सक्छ । यो प्रोफाइल अपडेट, खाता खोल्न वा सदस्य बन्नेको हकमा मात्र हो । यसको अलावा अन्य स्थानमा तपाईँको इच्छा बमोजिम राख्न सक्नुहुनेछ । 

सम्पर्क ठेगाना भनेको के हो? 

तपाईँलाई विद्युतीय माध्यमबाट सम्पर्क गर्न सकिने विवरणलाई सम्पर्क ठेगाना भनिएको हो । तपाईँको मोबाइल नं., ल्याण्डफोन, इमेल, पोस्ट बक्स नंः सम्पर्क ठेगाना रूपमा राखिएको छ । 

मैले मेरो आधिकारिक नाम बाहेक अन्य नामबाट प्रोफाइल सार्वजनिक गर्ने सुविधा छ कि छैन?  

तपाईँको आधिकारिक नाम पुष्टि भएपश्चात् तपाईँले अन्य नामबाट पनि प्रोफाइल राख्न सक्नुहुन्छ । तर ती नाम प्रस्ट, चिनिने, औपचारिक तथा अनौपचारिक रूपमा प्रयोग भएका वा हुनसक्ने हुनुपर्छ । किनभने सूचनाहरूको वैधता, विश्वसनीयता स्रोतहरू कायम राख्न यो जरुरी र महत्त्वपूर्ण छ ।

प्रोफाइल भित्र सेटिङ कसरी मिलाउने ? 

प्रोफाइल भित्रको सेटिङमा प्रयोगकर्ताको व्यक्तिगत जानकारीहरूलाई सम्पादन, अद्यावधिक, मेटाउनका लागि प्रयोग गर्न सकिन्छ । प्रोफाइलको मेन्यु थिच्ने । मेन्युभित्र सेटिङ रहेको छ । सेटिङमा क्लिक गरेपछि एक फारम देखिन्छ जहाँ तपाईँको व्यक्तिगत विवरणहरू देखा पर्छ । उक्त व्यक्तिगत विवरणहरूलाई सम्पादन, अद्यावधिक गरी बुझाउनुहोस् मा थिच्नुपर्छ । यसरी बुझाउँदा तपाईँले तपाईँले सेटिङ गर्नुभए अनुसार तपाईँको प्रोफाइल अद्यावधिक हुन्छ । 

प्रोफाइल भित्रको मद्दत भन्नाले के बुझिन्छ? 

प्रोफाइल भित्रको मद्दत भन्नाले मिनी नेपालको सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू र यसको सेवा प्रयोग तरिकाहरूको बारेमा जानकारी राखिएको पेज हो । यस पेज भित्र प्रयोगकर्ताले मिनी नेपालको सञ्चालन सम्बन्धी विभिन्न जानकारीहरूको सूचना प्राप्त गर्दछन् । 

प्रोफाइल भित्रको सुझाव भन्नाले के बुझिन्छ? 

मिनी नेपालको भित्रको सुझाव भन्नाले मिनी नेपाल उपयोग र प्रयोग सिलसिलामा प्रयोगकर्ताको अनुभव, अनुभूति, समस्या, जिज्ञासाको बारेमा मिनी नेपाल प्रशासनलाई जानकारी मिल्ने गरी राखिएको सेवा हो । यहाँ प्रयोगकर्ताहरूले प्रत्यक्ष रूपमा समस्या, सुझाव, अनुभव, अनुभूतिहरू मिनी नेपालको प्रशासन साटासाट गर्न सक्छन् ।