मिनी नेपालको गोपनीयता नीति

मिनी नेपालको गोपनीयता नीतिले  किन र कसरी व्यक्तिगत जानकारीको सङ्कलन र उपयोग गर्छ भन्ने कुरा सबै जानाले सजिलो र सरल तरिकाले बुझ्न आवश्यक पर्ने भएकाले, हामी औपचारिक नीतिगत कुरालाई व्यावहारिक रूपमा प्रस्तुत गर्छौ । थप जानकारी गाेपनीयता नीतिमा हेर्नुहाेस् । 

सूचना सङ्कलन र उपयोग सम्बन्धी जानकारी 

मिनी नेपालमा तपाईँले कुनै पनि पोस्ट वा अन्तर्क्रिया गर्नुभएको कुरा सबै जनाले सधैँ भरीका लागि हेर्न र उपयोग गर्न पाउँछन् । जब तपाईँले लेख्नु भएकाे कुनै पनि विषयवस्तुहरू वा कुनै विषयवस्तुको अंश वा पूर्ण विषय सामग्र  र यसको सम्पादन, मेटाउने वा थप्ने विषयवस्तु तपाईँको हातमा नै रहने छ । यद्यपि एडमीनले आवश्यकता ठानेमा तपाइले सार्वजनिक रूपमा निर्माण गर्नु भएको पोस्टलाई नयाँ फिचर वा सम्बन्धित डेटा वा गैर- लेखन मिडिया सामग्रीहरूको सम्पादन गर्न, थप्न वा नयाँ बनाउन वा उपयोग गर्न सक्छौ । थप जानकारी मिनी नेपालकाे गाेपनीयता नीतिमा हेर्नुहाेस् । 

रजिस्ट्रेसन र खाता सम्बन्धी जानकारी

तपाईँले मिनी नेपालमा योगदान गर्न वा पोस्ट गर्न, अन्तरक्रिया सहभागी हुन वा अन्य सेवा प्रयोग गर्नका लागि एउटा खाता खोल्नुपर्ने हुन्छ तर मिनी नेपालका विषयवस्तु हेर्न र पढ्नको लागि भने खाता खोल्नु पर्दैन ।

खाता खोल्दा तपाईँले हामीलाई तपाईँको नाम थर, ठेगाना, इमेल, पासवर्ड, फोन नं., उमेर, बसोबास गर्नु भएको भूगोल र आपइपी ठेगाना सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ ।

तपाई मिनी नेपालका सेवाहरूलाई पूर्ण रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने व्यक्तिको लागि व्यक्तिगत पहिचानका जानकारी र संस्थाको हकमा संस्थागत पहिचानको जानकारी, संस्थासँग व्यक्तिको सम्बन्ध स्पष्ट खुलेको परिचय पत्र वा संस्थाको परिचय पत्र विवरण खुलाउनु पर्छ । थप जानकारी मिनी नेपालकाे गाेपनीयता नीतिमा हेर्नुहाेस् । 

मिनी नेपालको साइट प्रयोग गर्दा प्राप्त हुने जानकारी

हामी तपाईँलाई हाम्रा सेवाको गुणस्तरीय बढाउनका लागि तपाईँको व्यक्तिगत जानकारी सङ्कलन गर्न सक्छौँ । हामी

क. व्यक्तिगत पहिचान जानकारी,

ख. गैर व्यक्तिगत पहिचान जानकारी,

ग. कुकीहरु,

घ. तेस्रो पक्षका कुकीहरु,

ङ. लग फाइलहरू,

च. स्वचालित रूपमा सङ्कलन गरिएको जानकारी,

छ. भू स्थान जानकारी,

संकलन गर्छाै । तर हाम्रा सेवाहरूमा प्रयोगकर्ताहरूबाट स्वचालित रूपमा कुनै व्यक्तिगत पहिचानका जानकारी सङ्कलन गर्दैनौ । थप जानकारीका लागि गाेपनीयता नीति हेर्नुहाेस् । 

हामीलाई प्राप्त जानकारीको कसरी उपयोग गर्छौ ?

हामीलाई प्राप्त जानकारीको निम्न काम उपयोग गर्छौ ः 

क. प्रशासनिक प्रयोजन

ख. सेवा प्रदायक कम्पनी वा संस्था 

ग. तथ्याङ्क विश्लेषण

घ. आधिकारिक उद्देश्य र विषेश प्रस्तावहरू

 थप जानकारीका लागि गाेपनीयता नीति हेर्नुहाेस् । 

हामी जानकारी कहिले खुलासा गर्छौ ?

यदि तपाई हामीलाई कानुनी कारणहरूको लागि र तल वर्णन गरिएका अन्य परिस्थितिहरूमा अनुमति/ स्वीकृति दिनुहुन्छ भने तपाईँको व्यक्तिगत जानकारी प्रयोग र साझा (शेयर गर्ने) गर्दछौः

क.आवश्यक कानुनी कार्यका लागि,

ख. संस्था फेरिएमा वा स्थानान्तरण भएमा,

ग.  तपाई, हाम्रो र अरूको सुरक्षाको लागि,

घ. हाम्रो सेवा प्रदायक संस्थाहरूलाई,

ङ. परीक्षण तथा अन्वेषण

 थप जानकारीका लागि गाेपनीयता नीति हेर्नुहाेस् । 

तपाईँको व्यक्तिगत जानकारीको कसरी सुरक्षित गर्छौ ?

हामी तपाईँको व्यक्तिगत जानकारीलाई अनधिकृत पहुँच, हानि, चोरी, अनधिकृत प्रयोग, परिमार्जन वा खुलासा प्रयोग वा खुलासाबाट जोगाउन मद्दत गर्न विभिन्न भौतिक, प्राविधिक उपायहरू, नीतिहरू र प्रक्रियाहरूको प्रयोग गर्छौ । हाम्रा सुरक्षाको उपायहरू जति नै प्रभावकारी भएता पनि कुनै पनि सुरक्षा प्रणाली अभेद्य छैन । यसबाहेक, तपाईँले हामीलाई प्रदान गर्नुभएको जानकारी प्रसारण गर्दा गतिरोध वा अवरोध हुन सक्दैन भन्ने हामी ग्यारेन्टी दिन सक्दैनौ । थप जानकारीका लागि गाेपनीयता नीति हेर्नुहाेस् । 

हामीले तपाईँको डाटा कति समयसम्म राख्छौ ?

तपाईँले मिनी नेपालमा प्रयोगकर्ता, योगदानकर्ता, अनुदानकर्ताको रूपमा खोल्नु भएको खाताको विवरणहरू तपाई मिनी नेपालको सेवा लिइरहुन्जेल सम्म कायम रही रहन्छ । यदि तपाईँले खाता निष्क्रिय बनाउन वा मेटाउन चाहनुहुन्छ वा कुनै प्रचलित कानुन भन्दा बाहिर गई हामीले प्रतिबन्ध गरेको अवस्था बाहेक तपाईँको व्यक्तिगत विवरणको डाटा रहिरहन्छ । खाता निष्क्रिय बनाउनु भएको वा मेटाउनु भएको वा प्रतिबन्धमा परि हटाइएको तपाईँको ब्यतिगत जानकारी, कार्यान्वयन भएको दिन देखि ९० दिन पश्चात् स्वतः सदाको लागि हटाइन्छ ।  थप जानकारीका लागि गाेपनीयता नीति हेर्नुहाेस् । 

तपाईँको अधिकार

यदि तपाईँ आफ्नो ब्यतिगत जानकारीलाई पहुँच दिन वा हटाउन अनुरोध गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तर यदि तपाई ब्यतिगत जानकारीको अद्यावधिक गर्न, सम्पादन गर्न चाहनुहुन्छ वा तपाईँको व्यक्तिगत जानकारी प्रतिलिपि अर्को संस्थामा प्रसारण गर्न तपाई आफै गर्न सक्ने अधिकार सुरक्षित छ । अर्थात्, यी अधिकारको केही प्रयोग हाम्रो हस्तक्षेप बिना नै गर्न सक्षम हुनुहुन्छ । साथै हामी प्रयोगकर्ताको डेटा कुकीहरु र सेसनहरूमा भण्डारण गर्छौ । प्रयोगकर्ताले उनीहरूको डेटाहरू मेटाउन सजिलैसँग ब्राउजर कुकीहरु र सेसनहरू मेटाउन सक्छन् । यसबाहेक प्रयोगकर्ताहरूले आफ्नो जानकारी मेटाउन अनुरोध गर्न सक्नु हुनेछ । हाम्रो सदस्यले प्रयोगकर्ताको इमेल मार्फत पुष्टि गरेपछि मात्र डेटा मेटाउने प्रक्रिया सुरु हुनेछ । थप जानकारीका लागि गाेपनीयता नीति हेर्नुहाेस् । 

महत्त्वपूर्ण जानकारी

मिनी नेपाल र अन्य प्रयोगकर्ताको सुरक्षाको लागि यदि तपाई यस गोपनीयता नीतिसँग सहमत हुनुहुन्न भने तपाईँले मिनी नेपालको साइट प्रयोग गर्न सक्नुहुन्न ।

गोपनीयता नीति परिवर्तन

विषयवस्तु स्वाभाविक रूपमा समयसँगै परिवर्तन हुन्छन् र हामी हाम्रो गोपनीयता नीतिले हाम्रा अभ्यासहरु र कानुनलाई सही रूपमा प्रतिबिम्बित गर्दछ भन्ने सुनिश्चित गर्न चाहन्छौ यस कारण यो गोपनीयताको नीतिलाई समय–समयमा परिमार्जन गर्न आवश्यक हुन सक्छ । हामी कुनै पनि समयमा गोपनीयताको नीतिलाई आंशिक वा पूर्ण रूपमा परिवर्तन गर्ने अधिकार सुरक्षित गर्दछौँ । वेबसाइटको पेजमा सबैभन्दा पछिल्लो समयमा संशोधन भएका नीतिहरू देखा पर्छन् । थप जानकारीका लागि गाेपनीयता नीति हेर्नुहाेस् ।