सिलाम साक्मा किराँतीहरूको पौराणिक प्रतीक
सिलाम साक्मा आफ्नो घरमा राखेमा सो परिवारको रक्षा गर्छ भन्ने मान्यता छ
सिलाम साक्मा कालो रङ्ग बाहेक ७ वा ९ धागोका रङहरू हुनुपर्छ
सिलाम साक्मा ब्याजको रूपमा निकै प्रचलित छ

 सिलाम साक्मा

परियोजना निर्माण गर्न गइरहेको छु । 

सिलाम साक्मा किराँतीहरूको पौराणिक प्रतीक हो । यो किराँती धर्म र संस्कृतिसँग गहिरो सम्बन्ध राखेको छ । 

सिलाम साक्मा दुई शब्दको संयोजकले बनेको छ । लिम्बू भाषामा ‘शि’ को अर्थ मर्नु , ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु वा थुन्नु हो । यसरी सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । यसलाई आफ्नो घरमा राखेमा सो परिवारको रक्षा गर्छ भन्ने मान्यता छ ।  मान्यजन र आफूभन्दा ठुला व्यक्तिलाई यो सम्मान स्वरूप दिइन्छ ।   

सिलाम साक्मा कालो रङ्ग शुभ मानिँदैन । त्यसैले कालो रङ्ग बाहेक रङ्गका धागोबाट यसको निर्माण गरिन्छ । साथै यसमा प्रयोग हुने धागोका रङहरू पनि  बिजोर सङ्ख्यामा ७ वा ९  हुनुपर्छ । यी बाहेक कालो रङ्गले वा जोर सङ्ख्यामा बनाएमा यसको केही अर्थ रहँदैन ।

आज भोली भने यो ब्याजको रूपमा निकै प्रचलित छ ।

सिलाम साक्मालाई म विभिन्न विषयसँग जोडेर हेर्ने प्रयास गरेको छु । 

सामाजिक विषयसँग सम्बन्ध छ । नेपालको बहु जातीय, बहुभाषिक र बहु धार्मिक विविधतासँग यसको सम्बन्ध छ । 

प्रकृति र जीवनशैली सँग यसको साइनो छ । 

सिलाम साक्माकाे गणित र विज्ञानसँग सम्बन्ध छ । 

सिलाम साक्माकाे कसरी निमार्ण गर्ने? यसकाे साैन्दर्य शास्त्र, उद्यमशीलता र साँस्कृतिक सम्बन्धले यसकाे महत्व र उपयाेगकाे सम्भावना ढाेका खाेलेकाे छ। 

याे परियाेजना सर म्याडम र साथीहरूकाे सहकार्यमा निर्माण गरिएकाे हाे । साल्लाह र सुझावकाे अपेक्षा राखेकाे छु । 

सम्बन्धित पाेस्ट