बज्रबाराही मन्दिर

मेरो नाम अनुसा लुइँटेल हो ।म कक्षा चारमा पढ्छु । मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो । म वज्रवाराही मन्दिरको बारेमा लेख्दै छु । वज्रवाराही मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं ११ को चाप गाउँमा अवस्थिति छ । यो मन्दिर शक्ति पीठ हो । यो मन्दिर एक दिनमा निर्माण गरिएको भन्ने सुनेको हुँ। जुन धेरै पहिला बनेको थियो । यो मन्दिर जङ्गलको बिचमा छ। यस मन्दिरमा भएका जङ्गलको घाँस,रुख,दाउरा कसैले पनि काटेर बाहिर लैजान पाउँदैन ।  मन्दिरको नजिकै गोदावरी नगरपालिका भवन रहेको छ । यस मन्दिरमा धेरै टाढा टाढाका भक्तजनहरू पूजा गर्न आउँछन् । हामीले जे माग्यो त्यही वरदान पाउँदछौ भन्ने भनाइ छ । यस मन्दिरमा रहेको सजेको सालीकीमा यहाँको बासिन्दाहरूको गाई भैँसीको दूध चढाउने गर्छन्।जसले गर्दा गाई भैसीहरु बिरामी पर्दैन भन्ने भनाई छ । यस मन्दिरमा मागेको कुरा पुग्छ भन्ने विश्वास रहेको छ । म यस मन्दिरमा धेरै पटक गएको छु । यो मन्दिर जाँदा मलाइ धेरै रमाइलो लाग्छ । 

सम्बन्धित पाेस्ट