मादल

मादलको परियोजना निर्माण गरिरहेको छु । 

मादल एक प्रसिद्ध नेपाली  बाजा हो । यो परम्परा देखि नै नेपाली समुदायको मुख्य ताल बाजाको रूपमा परिचित छ । घिङताङ शैलीमा बजाउने यस बाजा  भजन, लोक गीत, झ्याउरे, लोकदोहोरी देखि आधुनिक सङ्गीतमा पनि यसको प्रयोग भएको पाइन्छ । मादल नेपालको हरेक समुदायमा रहेका  गीत वा भजन उपयोग गरेको पाइन्छ । 

मादल दार तथा छतिउनको काठ र जनावरको छालाबाट बनेको हुन्छ । काठलाई ढुङ्ग्रो पारेर दुबैपट्टि छालाले मोरी खरी लगाइ मादल बनाइन्छ ।  यसको एकापट्टि सानो र अर्को पट्टि अलि ठुलो हुन्छ । जसलाई दाहिने ताल र देब्रे ताल भनिन्छ । कसै कसैले भाले र सानो भागलाई पोथी पनि भन्दा रहेछन् । यसको ठुलो र सानो दुवै भागमा कटौरो र खरी हुन्छ । 

मादलको काठको भागलाई ढुङ्ग्रो भनिन्छ । यसको वरपर तानाले बाँडिएको हुन्छ र ताना तन्काइएको चिजलाई माथेरी भनिन्छ । यसको भिर्नी डोरीलाई उजिण्डो भनिन्छ र उझिन्डोलाई बाढेको भागलाई जुइनो भनिन्छ । यसको दाहिने ताल ५ इन्च र देब्रे ताल ६.५ इन्च हुन्छ ।  

मादल विशेष गरी मगर समुदायमा प्रचलित छ ।  मगर जातिमा दसैँ र तिहारमा मादलको तालमा मात्र २२ चरण नाचिन्छ । मादलको निर्माण मगर समुदायबाट भएको हो भन्ने मान्यता छ ।  

मादल नेपाली शब्द हो । यो नामवाचक वर्ग  भित्र पर्छ । मादलबाट  चित्र लेखन, स्मृति लेखन, उत्पत्ति कथा, कविता, निबन्ध जस्ता धेरै कुराहरू रचना गर्न सकिन्छ । 

मादल नेपाल भरी नै प्रचलित बाजा भएकाले समुदाय अनुसार पनि यसको नाम पनि फरक फरक हुन्छ कि भनेर खोज गर्ने प्रयास गरेको छु । नेपाली भाषामा मादल भनिन्छ भने अङ्ग्रेजीमा पनि यस लाई मादल (Madal) नै भनेको भेटाए । नेवार समुदायले यसलाई .....भन्दा रहेछन् । थारु समुदायले यसलाई मन्द्रा भन्दा रहेछन् । तामाङ समुदायले ....भन्दा रहेछन् । मादल बनाउने मानिस लाई ....भन्दा रहेछन् । मादल बजाउने मानिसलाई ....भन्दा रहेछन् ।

मादल विज्ञानमा ध्वनिसँग सम्बन्धित छ । ध्वनिको निर्माण र यसको प्रसारण भन्ने विषयसँग मादलको साइनो खोज्ने प्रयास गरिरहेको छु । 

मादलबाट गणित विषयसँग पनि सम्बन्ध केलाउने प्रयास गरेको छु । घिन्ताङ  अनुपातसँग सम्बन्धित छ । कुन अनुपातमा दुवै हातले बजाउँदा मादल बज्छ भन्ने कुरा गणितमा गणना गर्ने प्रयास गरेको छु । साथै मादलको क्षेत्रफल, आयतन र तौलको बारेमा पनि जानकारी दिने प्रयास गरेको छु ।

मादल सङ्गीतसँग सम्बन्धित भएकाले यसको फाइदा र यसले स्वास्थ्य जीवनमा पार्ने सकारात्मक चर्चा गर्न गइरहेको छु । 

मादल बजाउने कला तथा सीप पनि हो । मादल बनाउने सीप अर्को सीप हो । यसबाट उद्यमशील बन्न उत्प्रेरित गर्छ । 

स्वास्थ्य जीवनशैली,  व्यक्तित्व विकास देखी उद्यमशीलता सम्म बन्न सघाउने मादल एक कलात्मक वाद्य बाजा हो । मादल कसरी बनाउँछन् होला भन्ने जानकारी पस्कन म कौतूहल छु । यो परियोजना सर म्याडम र साथीहरूको सहयोगमा निर्माण गरेको हुँ । कुनै प्रतिक्रिया वा सुझाव भए तल अन्तर्क्रिया राख्न सक्नुहुनेछ ।   

सम्बन्धित पाेस्ट