नेपालका सिक्काहरू; पहिले, अहिले र भाेली कस्तो हाेला?

नमस्ते गुरु आमा, गुरु बा तथा मेरा प्यारा साथी भाइ बहिनीहरू आज मिनी नेपाल परियोजना कार्य अन्तर्गत सिक्का पैसाको बारेमा केही लेख्न गइरहेको छु । आशा छ तपाईँहरूलाई राम्रो लाग्छ ।  

सबैभन्दा पहिले हामी पैसा भनेको के हो भन्ने कुराबाट हामी परियोजनाको सुरुवात गर्छौ । पैसा भनेको कुनै पनि सेवा सुविधा वा बस्तुको लेनदेनको माध्यमलाई भनिन्छ । सरकारको जमानतमा पैसाको निर्माण हुन्छ । त्यसैले यो हरेक देशमा आ आफ्नै पैसा हुन्छ । नेपालको पनि आफ्नै पैसा छ जसलाई रूपैया (पैसा) भनिन्छ । सिक्का कति प्रकारको हुन्छ ? नेपालमा  सिक्काहरूः १ पैसा, २ पैसा, ४ पैसा, २५ पैसा, ५० पैसा, १ रूपैया, २ रूपैया, ५ , रू १० सम्मका हुन्छन् ।

सिक्का पैसा नेपाली नाम हो । यो नाम बाचक वर्गमा पर्छ । अङ्ग्रेजीमा coin भनिन्छ । नेवारी भाषामा सिक्का पैसालाई  ढेवा भनिन्छ । भोजपुरी भाषामा पैसालाई  ढेवा भनिन्छ ।  तामाङ भाषामा  पैसालाई  पैसा नै भनिन्छ । उर्दु भाषामा  सिक्का पैसालाई असर्फी भनिन्छ ।  सिक्का वर्गाकार हुन्छ ।

हाम्रो  दिमागमा पैसा कहाँ बाट आउँछ भने कुराहरू आइरहेको हुन्छ । पैसा काम गरेर आउँछ । खानेकुरा लगायत सामनको बिक्री गरेर, व्यापार व्यवसाय गरेर । सहकारी काम गरेर । डाक्टर , डाईबारहरु बाट काम गरेर पैसा आउँछ । पैसा कसरी खर्च हुन्छ । पैसा घर किन्दा खर्च हुन्छ । जग्गा जमिन किन्दा पैसा खर्च हुन्छ । कम्प्युटर, टिभी, मोबइलहरु किन्दा पैसा खर्च हुन्छ । विभिन्न चिजहरू किन्दा पैसा खर्च हुन्छ ।  हामीले पैसाको बारेमा थाहा पायौ  अब पैसा बचत गरेन भने के हुन्छ भन्ने कुरा थाहा पाउँछौँ । पैसा बचत गर्नुपर्छ । हामीले ५ रुपैयाँमा २ रुपैयाँ खाँदा ३ रुपैयाँ बचत गर्नु पर्छ । यस्तै गरी पैसा बचत गरेन भने हामी गरिब हुन्छाै ।

सिक्का पैसाहरू हाम्रो पालमा छैनन् । तिनीहरू किन हराएका होलान् ।  अब हामी नेपालको सिक्का पैसा पहिले,  अहिले, भोली कस्तो हुन्छ भने बारेमा  लेख्न गइरहेको छु ।   

सिक्का पहिला एक दमै महत्व थियो । पहिला सिक्काले  पहिला जे पनि किन्न  मिल्थियो  जस्तै: चामल किन्न,   खानेकुरा किन्न, विभिन्न चिजहरू किन्न । पहिला सिक्का तामा, चाँदीका हुने गर्दथ्यो रे । त्यो भन्दा अगाडि छाला र त्यो भन्दा अगाडि विषेश ढुङ्गाको हुने गर्दथ्यो । यसैबाट सबै चिजहरू किन्न मिल्ने थियो ।

सिक्का अहिले त्यति चल्दैन । सिक्का अहिले पसलहरूमा नि चल्दैन । अहिले जे पानि नोट पैसाले किन्नु पर्छ । अहिले पैसा डिजिटल पनि भइ सकेको छ । सिक्का  अहिले त्यति महतो छैन । सिक्का अहिले किन्न बन्दैन भने  सिक्का बनाउन जति खर्च लाग्छ त्यसको धेरै गुना पैसा लाग्छ। त्यसैले अहिले सिक्का बनाउँदैन ।  

भोलि पर्सी त सिक्का इतिहास बन्ने छ । भोलि पर्सी  सिक्का कुनै कुनै घरमा  मात्र हुन्छ ।  धेरैका घरमा हुँदैन । हाराउदै जानेछ । पैसा वा रूपैया  डिजिटल हुनेछ । 

यस परियोजना हामी कक्षा ६ का साथीहरू मिलेर नेपालमा रहेका र हामीले सङ्कलन गर्दा भेटाएका पैसाहरूको बारेमा खोजी गरेका थियाै । हामीले १ पैसा, २ पैसा, ४ पैसा, २५ पैसा (जसलाई चार आना पनि भनिने रहेछ ), ५० पैसा (जसलाई अठाना  पनि भनिने रहेछ ), १ रूपैया डबली, २ रूपैया को सङ्कलन गरेका थियाै। सबैले अा अाफ्नै परियोजना बनाउनु भएको छ । मैले सिक्का पैसाको  हिजाे अाज र भाेलीकाे बारेमा लेखेको छु । यस परियोजनाले नेपालमा रहेका  पुराना सिक्काहरू के कस्ता रहेछन् भन्ने जानकारी दिन्छ भन्ने आशा गरेको छु । 

सम्बन्धित पाेस्ट