फिपी

 नमस्ते! मेरो नाम बिहानी चाम्लिङ्ग राई हो । आज म नेपाली मौलिक सर सामाग्री फिपीको बारेमा परियोजना कार्य प्रस्तुत गरिरहेको छु ।  

फिपी बाँसबाट बनेको घरायसी सामग्री हो । घन आकारमा रहेको फिपी खानेकुरा विशेष गरी सेल रोटी राख्न प्रयोग हुन्छ । कोसेलीको रूपमा घरायसी मिठाइहरू सेल रोटी , अनरसा आदिलाई राखी पाहुना लाग्न जाँदा यसको प्रयोग हुन्छ । खानेकुरा सौन्दर्य सामग्री, गरगहना बिउँ बिजन राख्न यसको प्रयोग भएको पाइन्छ ।
फिपीलाई तामाङ भाषामा प्याङ भनिन्छ । नेवार समुदायले पोचो, तराई तिर ढक्की र काँठ नेपालीमा पेटारो भन्ने गरेको पाइन्छ । सपेराले सर्प राख्न यसको प्रयोग गरेको मैले देखेको छु । यसबाट मलाई के थाहा भयो भने फिपी त नेपाल भरी नै पाइने रहेछ । यसको ठाउँ र समुदाय अनुसार फरक फरक नामले चिनिने रहेछ । अझ अरू ठाउँ र समुदाय अनुसारमा यसको नाम र यसलाई कसरी प्रयोग गर्छन् होला जान्ने मलाई कौतूहलता जगायो ।  

फिपीको प्रयोग हिजोआज लगभग कमै हुन्छ । त्यसैले यो सर सामग्री लोपोन्मुख अवस्थामा रहेको छ । फिपी कसरी बनाउँछ होला? यसमा कस्तो सीप र सामग्री आवश्यकता पर्छ होला? भविष्यमा यसको कसरी पुन ! प्रयोग गर्न सकिन्छ होला । यसको महत्त्व के छ होला? जस्ता प्रश्नले मलाई थप उत्साहित र खोज्न प्रेरित गरेको छ ।

यसको अलावा म आज फिपीलाई मेरो कक्षाको विभिन्न विषयसँग जोडेर यसको प्रस्तुत गर्न चाहन्छु । 

सबैभन्दा पहिले म नेपाली विषयसँग जोड्न चाहन्छु । नेपाली  भाषा अनुसार यसको नाम पेटारो हो । फिपी नाम भएकाले यो नाम बाचक शब्द हो । फिपी एक बचन र लिङ्गको आधारमा यो नपुंसक लिङ्गमा पर्दछ । निर्जीव भएकाले यो निर्जीव बस्तु हो । 

अब म फिपीलाई अङ्ग्रेजी विषयसँग जोड्न चाहन्छु । अङ्ग्रेजी मा ठ्याक्कै यसको शब्द मैले भेट्न सकिन् तर पनि यसलाई Bamboo Basket भनिन्छ होला । यो नाम भएकाले यो Noun वर्गमा पर्दछ । एकवचन भएकाले Singular Noun र निर्जीव भएकाले non living thing अन्तर्गत पर्दछ । It यसको Pronoun हो । 

त्यसपछि म फिपीलाई सामाजिक विषयमा जोड्न चाहन्छु । सामाजिक अध्ययन विषय अनुसार यो नेपालको मौलिक एवं परम्परागत सामग्री अन्तर्गत पर्दछ । परापूर्व काल देखि नै यसको प्रयोग नेपाल भरी नै गर्ने रहेकाले यसको प्रयोग र नाम समुदाय र ठाउँ अनुसार फरक फरक रहेको पाइएको छ । नेपालको विविधता फिपीको फरक फरक प्रयोग र यसको फरक फरक नामले प्रस्ट पारेको छ । फिपीको सांस्कृतिक एवं धार्मिक कार्यमा पनि यसको उपयोग हुन्छ । फिपीले नेपालको मौलिक सर सामाग्रीहरूको नाम र प्रयोगमा पनि विविधता रहेको थाहा पाएँ । 

फिपीलाई वातावरण विषयसँग जोड्न चाहन्छु । यो प्राकृतिक साधन स्रोत (बाँस), व्यक्तिको सीप र केही औजारबाट बन्छ भन्ने कुरा मैले सरहरूबाट थाहा पाएँ । यसमा प्रयोग हुने सर सामग्री वातावरण स्वच्छ राख्न निक्कै सहयोगी हुने कुरा मैले थाहा पाएँ । हिजोआज वातावरण समस्या, नकुहिने सर सामग्रीहरूले हाम्रा वरिपरि फोहोर, कुरूप बन्दै गएका देखेका छौ । फिपी त वातावरण मैत्री सर सामग्री हो । राम्रो, सफा र स्वच्छ वातावरण बनाउन यस्ता सर सामग्रीको उपयोग जति धेरै हुन्छ त्यति नै सहयोग हुने थाहा पाएँ । भविष्यमा राम्रो र सुन्दर वातावरण बनाउनका लागि यस्ता वातावरण मैत्री सर सामग्रीको प्रयोग गर्नु पर्दछ ।

 महत्त्व अझ बढेको थाहा पाए । यसलाई फेरी कसरी प्रयोगमा ल्याउन सकिन्छ होला भन्ने कुरा म सोचिरहेको छु

फिपीलाई म स्वास्थ्य विषयसँग जोडेर केही कुरा भन्न चाहन्छु । फिपीमा सेल रोटी राख्दा सेल रोटीको तेल फिपीले सोस्छ र सेल रोटीलाई सुख्खा बनाउँछ भन्ने कुरा सरबाट थाहा पाए । हावा नपस्ने, सुख्खा र छोप्न मिल्ने भएकाले यसमा साखेका खानेकुरा स्वच्छ, सफा र सुरक्षित हुन्छ । यो वातावरण मैत्री सामाग्रीबाट बनेको हुनाले यसमा राखेको खानेकुरा स्वास्थ्यवर्धक हुन्छ । फिपी स्वच्छ, सफा र स्वस्थ खानेकुरा राख्न मिल्ने सामाग्री रहेछ । 

फिपीलाई अब म गणित विषयसँग जोडेर केही कुरा भन्न चाहन्छु । यो घना आकार छ । मैले सङ्कलन गरेको फिपीको कुल क्षेत्रफल कति होला ? यस फिपी भित्र कति किलो सामग्री अट्छ होला ? ज्यामितीय आकार, यसको लम्बाइ, चौडाइ, उचाइ केन्द्रबिन्दुको बारेमा म जानकारी प्रस्तुत गर्न चाहन्छु । 

फिपीको कुल तौल २५० ग्राम रहेको छ । फिपीको ज्यामितीय आकार  धनआकारको छ । मैले सङ्कलन गरेको फिपीमा १२ ओटा सम्म सेल रोटीहरू राख्न सकिने रहेछ ।  फिपीको लम्बाइ १६ cm, चौडाइ १७ cm, उचाइ १२ cm रहेको छ । 

फिपीको कुल लम्बाइ = १७ cm
                     चैडाइ = १७ cm   

फिपीको क्षेत्रफल = लम्बाइ x चैडाइ 

                        = १७ cm x १७ cm  
                          = २८९ cm2

फिपीको आयतन =लम्बाइ x चैडाइ x उचाइ
= १७ cm x १७ cm x १२ cm
= ३४६८ cm3

फिपीलाई विज्ञान विषयसँग जोडेर प्रस्तुत गर्न चाहन्छु । मेरो कक्षाको विज्ञान सरको अनुसार फिपीको विज्ञान यस प्रकारको छ ।  फिपी बाँस बाट बनेको हुन्छ । बाँस कुचालक वस्तु हो । यसमा  तातो वा ताप प्रसरण हुँदैन । त्यसले गर्दा फिपी राखिएका सेल रोटी लामो समयसम्म तातो रहन्छ । फिपीले  आधुनिक थर्मसको  जस्तै काम गर्ने रहेछ । सेल रोटीमा रहेको तेललाई सोसेर सुख्खा र सुरक्षित राख्न सहयोग पनि गर्छ । 

फिपीको उपयोग विगत देखि दैनिक कार्यमा प्रयोग हुँदै आइरहेको पाइन्छ । तर हिजो आज यसको प्रयोग लगभग हुन छाडेको छ । फिपी कसरी बनाउँछन् भन्ने सीप प्राप्त व्यक्तिको पनि अभाव तर यो वातावरणीय, स्वास्थ्य, सामाजिक तथा आर्थिक कोयाबाट निक्कै उपयोगी देखिएको छ । यसलाई पुन प्रयोगमा ल्याउन के गर्नुपर्ला भन्ने बारेमा म धेरै सोची रहेको छु । 

यस परियो जना कार्य विद्यालयको सर, म्याडम, दाजु दिदी, साथीहरूको सहयोग र सहकार्यमा निर्माण गरेका हुँ । सबै सहयोगीहरूलाई धन्यवाद । यहाँहरू बाट पनि सहयोग सुझावको आशा राख्दछु  । 

सम्बन्धित पाेस्ट