गाई नेपालको राष्ट्रिय जनावर

गाई

गाई एउटा घरेलु चौपाया जनावर हो । यो नेपालको राष्ट्रिय जनावर पनि हो । गाई निकै उपयोगी र प्यारो घरपालुवा जनावर हो । गाईका चार खुट्टा, एउटा पुच्छर, दुई वटा आँखा र दुई वटा सिङ हुन्छन् । गाईको घाँटीमा मासुको लामो लर्कन झुन्डिएको हुन्छ त्यसलाई भालु भनिन्छ । खुट्टामा खुर हुन्छ र ती दुई भागमा चिरिएका हुन्छन् । त्यसैले गाई हिँड्दा चिप्लिएर लड्दैन । गाईको शरीर मसिना नरम रौँ ले ढाकिएको हुन्छ । कुनै गाई अग्ला हुन्छन् भने कुनै गाई होचा हुन्छन् । कुनै गाईको सिङ लामा हुन्छन् भने कुनै गाईका छोटा हुन्छन् । आँखा पनि कुनै गाईका साना र कुनै गाईका ठुला हुन्छन् । कुनै कुनै गाईका आँखा असाध्यै राम्रा देखिन्छ । 

गाईको पोथी बच्चालाई बाछी भनिन्छ । फेरी त्यो ठुलो भए पछि कोरली र ब्याएपछि गाई भन्ने गरिन्छ । गाईको भाले बच्चालाई बाच्छा र ठुलो भए पछि गोरु भन्ने गरिन्छ । गाई सेतो, खैरो, कालो रातो, छिरबिरे आदि धेरै रङका हुन्छन् । त्यसैका आधारमा तिनीहरूको नाम राख्ने चलन छ जस्तै माली गाई, तारी गाई, लक्ष्मी, राती, कैली, सेती, उजेली, कपासी, खैरी, गाजली, पुतली, गौरी, पुँ वाली, बेलौरी, सुन्तली, तिखी, बुढी आदि ।

गाई सोझो र शान्त जनावर हो । गाईले कसैलाई पनि हानी गर्दैन । गाई संसारका सबै भागमा पाइन्छन् । गाई पनि धेरै जातका हुन्छन् जस्तो जर्सी गाई, गुजराती, सिन्धु, बेलायती आदि । जर्सी गाई धेरै दूध दिने गाईको जातमा पर्छ । चौँरी गाई हिमालमा बस्छन् । सिरी गाई तराइमा हुन्छन् । अरू गाईहरू सबैतिर पाइन्छ । 

सम्बन्धित पाेस्ट