भान्सा खानेकुरा पकाउने र खाने काेठा

भान्सा

यो देशमा भान्सा नभएको कुनै घर हुँदैन । हामीले भान्साको लागि छुटै एउटा कोठा बनाएको हुन्छ । त्यसमा हामीले विभिन्न प्रकारको भाँडाकुँडा प्रयोग गर्छौ र विभिन्न प्रकारका खानेकुराहरू बनाउँछौ । भान्सामा हामीले आफूलाई चाहिने कुराहरू राख्छौ । जस्तै हामीले प्रत्येक दिन प्रयोग समान, कुकर, कराइ, बाटा, कचौरा, प्लेट, चम्चा, कम, गिलास, डेक्ची, फ्राई प्यान, मःम पकाउने भाँडा, थाल, डाडु, पिन्यौ, बाल्टिन, मग, हट केश, ताँबा आदि सामानहरू भान्सामा हुन्छन् ।

त्यसै गरी यी भाँडाकुँडा मात्र भएर हुँदैन यसको पनि प्रयोग विभिन्न प्रकारका खानेकुरा बनाउन प्रयोग गर्छौ । जस्तै कुनै भाँडामा खाना पकाउने, कुनै भाँडामा तरकारी पकाउने, कुनैमा रोटी पकाउने, कुनैमा पानी उमाल्ने, कुनैमा जाउलो पकाएर खाने गर्छौ । यसरी भान्सामा भएका भाँडाकुँडाको प्रयोग गरिन्छ । त्यसै गरी चम्चा, प्लेट, कप, गिलास, थाल आदिको कुरा गर्नु पर्‍यो भने यसमा हामीले विभिन्न खानेकुराको परिकार राखेर खान्छौ । कुनै भाँडामा कुनै खानेकुरा, कुनै भाँडामा कुनै खानेकुरा, कुनै भाँडामा पेय पदार्थ राखेर पिउँछौ । यसरी हामीले भान्साको प्रयोग गरेका हुन्छौ । 

यी बाहेक यस्ता भाँडाहरूमा हामीले विभिन्न खानेकुरा बनाउँछौ । खाना बनाउँदा हामीले मसलाको प्रयोग गर्छौ । यी मसलाहरूले हामीले बनाएका खानेकुराको स्वादिलो र राम्रो बनाउँछ । यसले गर्दा हामीले खाएको खानेकुरा खाऊँ खाऊँ लाग्छ । हामीले प्रयोग गर्ने मसलाहरूमा नुन, बेसार, अजिनोमोटो, जिराको धुलो, मरीच, चाट मसला, बिरे नुन, लसुन, सुकुमेल, मिट मसला, मःम मसला, चिकेन क्यु आदिको प्रयोग गरी खानेकुरालाई स्वादिलो बनाउँछौ । मसलाको प्रयोगले हाम्रो शरीर लाई पनि फाइदा गर्छ । यी बाहेक हामीले भान्सामा अमिलो पदार्थको  प्रयोग गर्छौ । यसले खानेकुरा मिठो बनाउँछ । जस्तै सोया सस, भिनेगर जस्ता पदार्थको प्रयोग हुन्छ । 

भान्सामा हामीले विभिन्न परिकारको खानेकुरा बनाउँछौ । यस्तो खानेकुराहरू बनाउन विभिन्न प्रकारका सामानहरू मिसाउनु पर्ने हुन्छ । जस्तै तरकारी बनाउँदा त्यसमा प्याज, सागसब्जी, मूला, परबर, घेराउँला, कोपी, करेला जस्ता समान मिसाउँछौ । त्यसलाई हामीले साना साना गरी काट्छौ । चक्कु वा चुलेसी आदिले काटेर साना बनाउँछौ । यसरी हामीले सबै चिजहरू मिलाएर स्वादिलो तरकारी बनाउँछौ । तरकारीमा मसलाहरू राखेर अझ स्वादिलो बनाउँछौ । 

मेरो घरको कुरा गर्नुपर्दा मेरो घरमा धेरै प्रकारका खानेकुरा बनाउँछौ जस्तै मःम, समोसा, आलु चप, स्याइभले, फ्राई आलु, पकौडा, चाउमिन, थुक्पा, दाल, भात, तरकारी, अचार, खीर, मासु, माछा आदि बनाउँछौ । खाना बनाउन चुल्होको आवश्यकता पर्छ । ग्यासको पनि आवश्यकता पर्छ । ग्यास बाल्न फेरी  लाइटरको पनि आवश्यकता पर्छ । हामीले यस्ता आवश्यकता पर्ने सामानहरू सबै भान्सामा नटुटाईकन राख्छौ । 

भान्सा भनेको हामीले सधैँ खानेकुरा पकाउने एउटा कोठा हो । बिहान देखि बेलुका सम्म धेरै जसो समय हामीले भान्सामा बिताउँछौ । यहाँ हामीले थुप्रै प्रकारका खानेकुराहरू बनाउँछौ । हामी भान्सामै बसेर खाना बनाउने, खाना खाने, खाजा खाने गर्छौ । त्यसैले भान्सा सधैँ सफा राख्नु पर्छ । 

हामीले भान्सा वैज्ञानिक रूपमा बनाउनु पर्छ । जस्तै धेरै गर्मी पनि नहुने र धेरै चिसो पनि नहुने ठाउँमा बनाउनु पर्छ । किनभने यसले गर्दा हामीले बनाएको खानेकुरा छिटो बिग्रने समस्याबाट जोगिन्छ । यसले गर्दा हामीलाई गाह्रो हुँदैन । त्यसै गरी कुनै घरमा फ्रिज हुन्छ त कुनै घरमा फ्रिज हुँदैन । फ्रिज हुनेले उघ्रेको सामान फ्रिजमा राख्छन् तर फ्रिज नहुनेको भान्सामा गर्मीमा सामान छिट्टै बिग्रिन्छ । त्यसैले हामीले भान्सा वैज्ञानिक रूपमा निर्माण गर्नुपर्छ जहाँ हामी आनन्दले काम गर्न सकूँ । 

सम्बन्धित पाेस्ट