मेरो देश

मेरो देशको नाम नेपाल हो । यो तरुल आकारको छ । उत्तरमा चीन, दक्षिण, पूर्व र पश्चिममा भारत पर्छ । नेपालको उत्तरी भेग अग्ला अग्ला हिमाल र दक्षिण तिर समथर मैदान छ । हिमाल र तराइको बिचमा अति सुन्दर पहाडहरू पर्दछन् । नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मि छ । नेपाल अति सुन्दर देश हो ।

नेपालमा सबै भन्दा अग्लो सगरमाथा ८८४८ मिटर भूभाग छ भने यहाँको सबै भन्दा होचो समुन्द्रको सतहबाट ६१ मि उचाइको ठाउँ पनि यसै ठाउँमा पर्छ । नेपालको राजधानी काठमाडौँ हो । नेपाललाई ७ वटा प्रदेश रहेका छन् । नेपाल भौगोलिक रूपमा ३ वटा भागमा विभाजित गरेको छ । हिमाल, पहाड र तराई हो । नेपालमा सबै भन्दा ठुला नदीहरू कर्णाली, कोसी, गण्डकी। सप्तकोसी, मेची र महाकाली हुन ।

नेपालमा हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन धर्म मान्छन् । थारु, तामाङ, गुरुङ, राई, लिम्बु, ब्राह्मण, क्षेत्री जातीहरू छन् । उनीहरूको आ आफ्नै चालचलन, रीतिरिवाज र संस्कृति हुन्छन् । नेपालको मुख्य चाड हरू भनेको बुद्ध पूर्णिमा , दसैँ, तिहार र तिज हो । नेपालको हिन्दु धर्म मान्ने मान्छेहरू पशुपतिनाथ, दक्षिणकाली, मनकामना, जनकपुरधाम जान्छन् भने बुद्ध धर्म मान्नेहरू स्वयम्भू, बौद्ध, लुम्बिनी जान्छन् ।

नेपालमा धेरै वनजंगल छन् त्यसैले नेपालको हरियो वन नेपालको धन पनि भनिन्छ । 

सम्बन्धित पाेस्ट