कथा एकतामा शक्ती
सन्देश एकतामा बल हुन्छ

एकतामा शक्ति

ट्याम्के गाउँमा एउटा बुढो किसान बस्थ्यो । उनको हर्के, बिर्खे, काले र दिपु नामक चार छोराहरू थिए । उनका छोराहरू एक अर्कासँग नमिल्ने र झगडालु स्वभावका थिए। उनीहरूको यस स्वभाव र व्यवहारबाट किसान एकदमै चिन्तित परिसकेका थिए । किसान बिरामी थियो । उनी दिन प्रतिदिन कमजोर हुँदै थिए । 

एक दिन किसानले आफ्ना चारै छोराहरूलाई डाकेर लट्ठीको बिटो देखाउँदै सबैलाई एक एक ओटा लट्ठी दिए । सबैले लट्ठी लिएपछि किसानले सबैलाई त्यस लट्टीलाई भाँच भनी अह्राए । आश्चर्य मान्दै चारै दाजुभाइले लट्टीलाई प्याट्ट प्याट्ट भाँचे । 

त्यसपछि किसानले जेठो छोरो हर्केलाई लट्ठीको बिटोलाई बाँध्न लगाए । सोहीअनुसार हर्केले लट्टीलाई कसेर बाँध्यो । त्यसपछि किसानले बाँधिएको लट्ठीको बिटोलाइ एक एक गरी चारै भाइलाई दिई भाँच्न लगायो । सबैले सक्दो प्रयास गरे तर लट्ठीको बिटोलाइ भाँच्न भने कसैले सकेनन् । एक आपसमा नमिलेर लट्ठी जस्तै अलग अलग हुँदा सबैले हेप्ने कुरा किसानले सबैलाई बताए । उनले सबै मिली एकताबद्ध भएर काम गरे अरूले हेप्न पनि नसक्ने र कठिन कार्यमा पनि सफल बन्न सकिने उपदेश छोराहरूलाई दिए । 

एकतामा ठुलो बल रहेको हुन्छ ।

सम्बन्धित पाेस्ट