मुसा र सिंह   

नमस्कार । मेरो नाम सरस्वती घलान हो । म कथाको बारेमा लेख्न जान्दै छु ।                                                                   

एउटा जङ्गलमा सिंह,मुसा र ब्वाँसो आदि जनावरहरू बस्थे । सिंह र ब्वाँसो मिल्ने साथी थिए । उनीहरू सँगै बस्थे । सँगै खाजा खान्थे । सिकार  गरे पनि उनीहरू सँगै गर्थे  । एक दिनको कुरा हो । सिंह ब्वाँसो खाजा खाएर जङ्गल घुम्न गए । उनीहरूले एउटा बिरामी मुसो देखे । उनीहरूले मुसोको सहयोग नगरी उसको मजाक उडाउन थाले । मुसाको चित दुख्यो । त्यो मुसोले सिंह र ब्वाँसो लाई श्राप दिए ।  सिंह  एक दिन तिमी एउटा सिपाहीको खाजा बन्छौ । त्यो कुरा सुने सिंह अचम्मित परे । त्यसले मुसासँग धेरै माफी माग्यो तर पनि मुसाले माफ गरेन । त्यसरी नै दिन बित्दै गए । एक दिन सिंह एक्लै जङ्गल घुम्न गयो। अलि पर एउटा सिपाहीले जाल राखेको थिए । त्यस जालमा सिंह पर्याे । मर्याे ।  यो पाठबाट हामीले यो कुरा सिक्छौँ कि म भन्दा सानो भए पनि म भन्दा राम्रो कोही छैन भन्ने घमन्ड गर्नु हुँदैन । कसैलाई पनि हेला गर्ने, जिस्काउनु हुँदैन । हामीले जस्तो काम गर्याे त्यस्तै फल प्राप्त हुन्छ । धन्यवाद । 

    

सम्बन्धित पाेस्ट