उज्यालो यात्रा

कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन

घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन ।

भएमा उच्च सङ्कल्प छैन केही असम्भव

सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब ।

जसका कर्मले बन्छन् जिन्दगी हँसिला सुखी ।

ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरभ

तिनै मान्छेहरू बन्छन्  विश्व निम्ति गौरव ।

जसका भावना हाँस्छन् मनमा रागिनी भरी

जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।

जसका कर्मले लिन्छन् उच्च जीवनका पथ

तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव ।

जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर

उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।

साभार ः कवि राम प्रसाद गाउँले , कक्षा १० नेपाली पुस्तक 

सम्बन्धित पाेस्ट