आमाको माया

मेरा नाम मञ्जु तामाङ हो म कक्षा चार मा पढ्छु म आज कथा लख्न गई रहेको छु । कथाको शीर्षक आमाको माया हो । 

धेरै वर्ष अगाडी एउटा सानो गाउँमा आमा र छोरा बस्थे । उनीहरू धेरै गरिबी भएकाले उनीहरूलाई खाना र लाउन पुग्दैनन् थियो । त्यसैले  गाउँले पनि उनीहरूलाई राम्रो गर्दैनन् थिए । एक दिनको कुरा हो उनीहरू दाउरा लिन जङ्गल गएको थिए । आमा दाउरा खोजी रोहेको बेलामा छोरा चाही लडेर एउटा आँखा गुमायो । छोरा त्यो हालत देखेर आमा धेरै रुई न अनि धेरै कराइन । छोरा पनि निराश थियो । एक दिन आमा ज्योतिष कहाँ छोराको चिना हेराउन गइन् । ज्योतिषले छोराको दिन राम्रो नरहेको कुरा गरे । तर त्यस कुराले आमा खासै खिन्न बनाएन बरु छोराको आँखा कसरी राम्रो बनाउने सोच्न लागिन् । आमाले धेरै सोचे पछि आमाले आफ्नो आँखा दिने विचार गरिन् । त्यस पछि आमाले आफ्नै आँखा दिए र अाफनो छोरालाई आँखा दुख्ने बनाए । छोराले अब दुवै आँखा देख्ने भयाे। त्यसपछि आमा र छोरा सदै हाँसी खुसी बस्न थाले। 

सम्बन्धित पाेस्ट