शिक्षालयमा साहित्य ,वाक कला र नेतृत्व विकास अनुशिक्षण कार्यक्रम शुभराम्भ

गोदावरी साहित्य परिषद्को आयोजना र गोदावरी नगरपालिकाको सहकार्यमा २०७९ फाल्गुन १ गतेदेखि शिक्षालयमा साहित्य ,वाक कला र नेतृत्व विकास अनुशिक्षण कार्यक्रम गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनज्यूले १२ नम्बर ठेचोमा रहेको सरस्वती माविबाट प्रारम्भ गर्नु भएको छ।अभियानमा गोदावरीका २१ वटा शिक्षालयका ५२५ विद्यार्थीलाई सहभागी गराइने छ।कार्यक्रममा सकारात्मक सोच ,साहित्य लेखन ,वाक कला,नेतृत्व विकास,सृजनात्मक चिन्तन लगायतका विषय समावेश गरिनेछ ।

सम्पर्क ठेगाना

श्री सरस्वती माध्यमिक विद्यालय

ठेचाे, गाेदावरी नगरपालिका-१२, ललितपुर, बागमती प्रदेश

फोन नं.: ०१५७०४८६

इमेल: saraswotischool2026@gmail.com