जीवन उपयाेगी शिक्षा

आजीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप हो ।  जीवनमा सीपको  धेरै महत्त्वपूर्ण  भूमिका खेलेको हुन्छ। अर्थात्, मानिसको जीवनमा आउने दैनिक व्यवहारको गतिविधि अन्तर्गत पर्ने हरेक काम र काम पुरा गर्ने दक्षता अनुसारको सीप जीवनोपयोगी सीप हो । मानिसको जीवनोपयोगी सीपले जीवन पर्यन्त सफल जीवन बिताउन सहयोग गर्छ । मानिसहरूको फरक भूमिकामा यसले समायोजनको सीप पनि सिकाउँदछ तर लक्षबाट विचलित गराउँदैन । यो सीपको विकास हुँदा मनोसामाजिक रूपमा आइपर्ने तनावहरूको व्यवस्थापन गर्न सक्ने क्षमतामा विकास हुँदै जाने हुँदा सकारात्मक परिवर्तनका लागि व्यक्तिको भूमिका प्रभावकारी बनाउन मद्दत गर्दछ । जसको कारण मानिसले प्रतिकुलतामा अनुकूल वातावरण बनाउन सक्षम भूमिका निभाउन सक्दछ ।

जीवनोपयोगी सीपको कुनै सीमा हुँदैन । यो समय र विषयवस्तु अनुसार व्यक्तिले निर्धारण गर्न सक्दछ । आफ्नै बारेमा समीक्षा गर्ने, अरूको व्यवहारहरूको विश्लेषण गर्ने, मानव अधिकारको सम्मान गर्ने, सञ्चार सीपलाई प्रभावकारी बनाउने, उचित समयमा उचित निर्णय लिन सक्ने, समालोचनात्मक र सिर्जनात्मक चिन्तन गर्ने, आत्म सम्मान बढाउने, तनाव व्यवस्थापन गर्ने, सकारात्मक सोचाइको विकास गर्ने र समस्या समाधान गर्ने आदि सीपहरू जीवनोपयोगी सीप अन्तर्गत पर्दछन् ।

सम्बन्धित पाेस्ट