डिजिटल सिकाइ प्रमुख वेब साइटहरू वेब साइटहरू वा एप्सहरू
प्रश्न निर्माण गरी मूल्याङ्कन गर्न testmoze.com
प्रश्न उत्तर बनाउन Answergarn
डिजिटल हाजिरी गर्न Tables note
विषय बस्तुसँग सम्बन्धित सिकाइ Siknethaloplus  
समूहमा कार्य keep
ब्यानर Addtext 
लोगो बनाउन canva.com
भिडियो सम्पादन गर्न capcut
छिटो उत्तर तथा जिज्ञासाको प्राप्ति chat GPT

कक्षा १० को विद्यार्थीहरूलाई मोबाइलको उचित प्रयोग गरी मोबाइललाई सिकाई सँग कसरी जोडन सकिएला ?

क. पृष्ठभूमि (Background)

म श्री सरस्वती माध्यमिक विद्यालय गोदावरी नगरपालिका वडा नं १२, ठेचो, ललितपुरमा विगत ५ वर्ष देखि अध्यापन गरिरहेको छु ।  यस विद्यालयमा जम्मा ६५६ जना विद्यार्थीहरू रहेका छन् । कक्षा १० मा मात्र ४० जना विद्यार्थी रहेका छन् । जस मध्ये अधिकांश विद्यार्थीहरू मोबाइलको पहुँचमा छन् । यिनीहरू मोबाइलका घण्टौँ सम्म बरालिने समस्याले गर्दा विषयगत सिकाइमा ठुलो चुनौतीको सामना गर्नु परेको छ । यस्तो अवस्थामा मिनी ल्यापटपको रूपमा मानिने मोबाइललाई कसरी सिकाइसँग जोडन सकिएला भनी कार्यमूलक अनुसन्धान गरेको छु । 

ख. मुख्य समस्या (Major problem )

प्रविधिमा आएको तीव्र परिवर्तनले हाम्रा बालबालिकाहरूको इच्छा र चाहानामा पनि परिवर्तन आउनु स्वाभाविकै हो । हरेक दिन जसो नयाँ,नयाँ कुराहरूको जानकारी बालबालिकाहरूले पाइरहेको हुन्छन् । मोबाइल, ल्यापटपको प्रयोगबाट कुनै कार्य गर्दा बालबालिकाहरू रुचि लगाएर ध्यान दिएर, छिटो छिटो गर्न सक्छन् तर विषय बस्तुमा ध्यान दिने विद्यार्थीहरूको सङ्ख्या घटिरहेको छ । अव प्रविधिको बाढी नै आइरहेको अवस्थामा यसलाई रोक्न सकिँदैन, बरु तैरने उपाय सिक्नु पर्दछ । विद्यार्थीहरूलाई प्रविधिसँग जोडेर विषय वस्तुको ज्ञान दिनु पर्दछ ।  मोबाइलमा बढी ध्यान लगाउने, विषय बस्तुमा ध्यान नलगाउने विद्यार्थीहरूको आदत, मनस्थिति नै बनिसकेकोले विद्यार्थीहरूलाई मोबाइलको उचित प्रयोग गरी मोबाइललाई सिकाई सँग कसरी जोडन सकिएला ?भन्ने प्रश्नको जवाफ खोज्न यो  कार्यमूलक अनुसन्धान गर्न खोजेको हुँ । 

ग. कार्यमूलक अनुसन्धानको उद्देश्य (Objectives of Action Research)

यस कार्यमूलक अनुसन्धानको उद्देश्यहरू निम्न अनुसार रहेका छन्.

(क) विद्यार्थीहरूलाई मोबाइलको उचित प्रयोग गरी सिकाइ सँग जोडने उपायको खोजी गर्नु ।

(ख) पत्ता लागेका उपायहरूका आधारमा सिकाइसँग जोडन योजना निर्माण,कार्यान्वयन र कार्यान्वयन पश्चात् पृष्ठपोषण सङ्कलन गरी आवश्यक पुर्न योजना तयार गर्नु ।

घ. कार्यमूलक अनुसन्धानको विधि (Methodology for conducting Action research) 

यस कार्यमूलक अनुसन्धान गर्ने क्रममा मैले सान्दर्भिक अनुसन्धान प्रतिवेदनको अध्ययन गरेँ । युट्युबहरूमा खोजी गरेर हेरेँ । विद्यार्थीहरूसँग  तिमीहरूलाई किन मोबाइल, ल्यापटपमा बढी रुचि र पढाइको विषय बस्तुमा रुचि  नजागेको,  भन्ने प्रश्न गरी छलफल गरे । अन्य विद्यालयका केही शिक्षक साथीहरूसँग बुझ्ने प्रयत्न गरेँ, छलफल गरेँ । 

ङ. साहित्यको पुनरावलोकन (Litreture Review)

मोबाइललाई उचित तरीकाले प्रयोग गरी पढाई सँग सम्बन्धित विषय बस्तु कुन, कुन साइट तथा एप्सवाट पाउन सकिन्छ भन्ने जानकारी प्राप्त गर्न तपसिल अनुसारका साइट तथा एप्सहरु भिजिट गरेँ ।

क. प्रश्न निर्माण गरी मूल्याङ्कन गर्न - testmoze.com

ख. प्रश्न उत्तर बनाउन - Answergarn

ग. डिजिटल हाजिरी गर्न - Tables note

घ. विषय बस्तुसँग सम्बन्धित सिकाइका लागि-Siknethaloplus  

ङ. समूहमा काम गरी सिक्नको लागि -keep

च. ब्यानर,लोगो बनाउन -Addtext 

छ. भिडियो सम्पादन गर्न -canva.com,capcut

ज. छिटो उत्तर तथा जिज्ञासाको प्राप्ति - chat GPT

झ. शिक्षा सँग सम्बन्धित वेबसाइटहरू - DearWalk leaning Centre,DLC, Pustakalaya.org,CEHRD,MIDAS E. Class etc.

च. तथ्याङ्क सङ्कलन,विश्लेषण र प्राप्ति सङ्गठन (Data collection,Analysis Organization of findings)

उल्लेखित सबै विधिहरूको माध्यमबाट प्राप्त सूचनाहरू विश्लेषण गदै निम्न लिखित प्राप्तिहरू सङ्गठन गरेँ । 

(क)आधुनिक प्रविधिको प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीहरूको सहभागिता तथा आकर्षण बढ्दो रहेछ । 

(ख) सबै सँग नेट चल्ने खालको उपयुक्त मोबाइल नभएको कारणले गर्दा अभिभावकहरूसँग छलफल गर्नु  पर्ने रहेछ । 

(ग) मोबाइललाई प्रयोग गरी शिक्षण गर्दा नतिजा छिटो निस्कने,शीघ्र पृष्ठपोषण प्रधान गर्न सकिने  रहेछ । 

(घ) मोबाइललाई प्रयोग गरी शिक्षण गदा सम्बन्धित सन्दर्भ सामाग्री खोजी गर्न सजिलो हुँदो रहेछ । 

(ङ)विद्यालय प्रशासन सँग पनि मोबाइल विद्यालयमा ल्याउन सहमति लिनु पर्ने रहेछ । 

छ. योजना निर्माण ( Preparation of Action Plan)

क्र.सं के गर्ने ?  कसले गर्ने ? कहिले गर्ने ? कसरी गर्ने ?

मोबाइलमा मुख्यतया तीन वटा एप्सहरुःTestmoze.com,Answer garden,Siknethalaplus

डाउनलोड गरी प्रयोगमा ल्याउने

विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तत्काल

Answer garden,Siknethalaplus डाउनलोड गरी विषय बस्तुसँग सम्बन्धित कुराहरू अध्ययन गर्न लगाउने र Testmoze.com बाट प्रश्न निर्माण गरी मूल्याङ्कन गरेर

मोबाइललाई सही सदुपयोग गर्दा हुने फाइदाहरू बुझाउने शिक्षकले तत्काल मोबाइलको सही सदुपयोग गर्दा काम छिटो,छरितो हुने हुँदा समयको बचत हुन्छ,सम्बन्धित विषयवस्तु सजिलै पाउन सकिन्छ, समयको माग अनुरूपको डिजिटल शिक्षाको मर्म अनुरूप अध्ययन,अध्यापन गर्न सकिन्छ ।स्मार्ट क्लास, स्मार्ट टिचिङ. हुन्छ भनी अभिभावक तथा विद्यार्थीहरूलाई बुझाएर 
३. मोबाइललाई अर्थशास्त्र अध्ययन तथा अध्यापन गर्ने घण्टीमा मात्र प्रयोग गर्न पाइन्छ भनी नियम बनाउने शिक्षक, विद्यालय प्रशासन, विद्यार्थी तत्काल

मोबाइललाई अर्थशास्त्र अध्ययन तथा अध्यापन गर्ने घण्टीमा मात्र प्रयोग गर्न पाइन्छ भनी नियम बनाउन विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक बसी नियम बनाएर 

ज. कार्य योजना कार्यान्वयन (Implementation of Action Plan)

उल्लेखित योजनामा उल्लेख भएका क्रियाकलापहरूलाई विद्यार्थी,विद्यालय प्रशासन र अन्य शिक्षकहरूको समेत सहयोगमा तीन हत्ता सम्म प्रभावकारी रूपमा कार्यान्वयन गरेँ ।

झ. पृष्ठपोषण सङ्कलन (Feedback Collection)

कार्य योजनाको कार्यान्वयनबाट निम्न अनुसारको नतिजा देखा पर्यो ।

क. विद्यार्थीहरूको रुचि बढ्यो ।

ख. पठन पाठन सँग सम्बन्धित विषय बस्तु मोबाइलमा खोज्न थाले ।

ग. तुरुन्त पृष्ठपोषण पाइने, काममा छिटो छरितो भएको महसुस गरे ।

घ. जम्मा ४० जना विद्यार्थीमा २८ जना सँग मोबाइल भएको र बाँकी १२ जना सँग मोबाइल नभएकोले सम्बन्धित अभिभावकहरूसँग छलफल गर्नु पर्ने महसुस गरेको छु ।

ञ. प्रतिविम्ब (Refletion )

प्राप्त पृष्ठपोषणको विश्लेषण गर्दा जम्मा ४० जना विद्यार्थीमा २८ जना सँग मोबाइल भएको र बाँकी १२ जना सँग मोबाइल नभएकोले सबैलाई स्वतन्त्र  रूपले,छुट्टा,छुट्टै ठाउँमा राखेर खोजी गर्न दिने,  मूल्याङ्कन  गर्ने वातावरण बनेन । मोबाइल साथमा हुने विद्यार्थीहरूको विषय बस्तु प्रति आकर्षण बढेता पनि सबैलाई सहभागी गराउन बाँकी १२ जना विद्यार्थीको अभिभावक सँग बैठक बसी योजना बनाउनु पर्ने आवश्यकता देखियो ।

ट. पुनः योजना र  कार्यान्वयन (Re-plan and Implentation)

अझै पनि ४० जना विद्यार्थीमा १२ जना विद्यार्थीको साथमा मोबाइल नभएकोले १२ जना विद्यार्थीहरूको अभिभावकलाई विद्यालयमा आमन्त्रण गरियो र उनीहरूलाई मोबाइल किन नकिनी दिएको भनी प्रश्न गर्दा सामान्य मोबाइलले काम नदिने नेट चल्ने मोबाइल नै चाहिने र उक्त मोबाइललाई किन्न पैसा नभएको र अव किनिदिने बताएका थिए । यसरी सबैको साथमा मोबाइलको पहुँच भएपछि सबैलाई शिक्षण सिकाइमा जोडन सम्भव भयो । सबै विद्यार्थीहरूको विषय बस्तु प्रति आकर्षण बढ्यो,काममा छिटो छरितो भयो ,नियमित रूपमा सञ्चालन हुन्ने मासिक परीक्षा समेत सिकाइ उपलब्धिमा राम्रै सुधार भएको देखियो । अव उप्रान्त पठनपाठन यसरी नै मोबाइललाई शिक्षण सिकाइ सँग जोडेर अगाडी बढाउने सोचाइ बनाए । यो मैले गरेको अभ्यासलाई सहकर्मी शिक्षक साथीहरूलाई समेत जानकारी गराएँ ।  

सम्बन्धित पाेस्ट