रेडियाे संचारकाे साधन
अंग्रेजी भाषा Radio
रेडियाे आविष्कार गुडालित्मो मार्कोनी ( सन १८९५)
नेपालमा रेडियाे पहुँच ९१ प्रतिशत (२०७८ सवेक्षण)

रेडियाेबाट यसरी स्थानीय सिकाइ परियाेजना कार्य बनाउँन सकिन्छः

 म प्रकाश श्रेष्ठ माध्यमिक तहको लेखा विषयको शिक्षक हुँ । लेखा विषय अध्यापन गराउने क्रममा एउटा परियोजना कार्य गर्ने रहर जाग्यो । परियोजना कार्यले सिकाइलाई दिगो बनाउँदछ । परियोजना कार्य गर्ने क्रममा पुराना विशेष प्रकृतिका सामाग्रीहरू संकलन गरी संग्राहालय बनाई राख्दा सिकाई कार्यमा ठुलो सहयोग मिल्दछ । यसले इतिहासको पुनरावृत्ति गर्दछ । परियोजना कार्यले जिउने तौर तरिका ,कार्यशैली र सामाजिकीकरण प्रकृयमा नयाँपन ल्याउँछ । चिन्तनको दायरालाई  फराकिलो बनाउँछ । वास्तविक ज्ञानको निर्माण र वितरणमा सहयोग गर्छ । र समाजको मौलिकतालाई समेत झल्काउँछ भन्ने विश्वास लागेको छ । यति मात्र होइन परियोजना कार्यले  सिकारुलाई व्यवहारिक बनाइ जब मार्केटमा सजिलै बिक्न सक्ने बनाउँदछ । विद्यार्थीहरूलाई वास्तविक विषयवस्तु र कक्षाकोठाको विभिन्न विषयसँग जोडी अध्ययन अध्यापन गर्न र यसलाई एक शिक्षण सामाग्रीको रूपमा जोडन सकिन्छ  । यस्तो परियोजना कार्य कसरी गरिन्छ, कस्तो हुन्छ वा हुनुपर्दछ भन्ने जिज्ञासु जो कोहीलाई उपयोगी होस भन्ने उद्देश्यले रेडियो शीर्षकमा यो  परियोजना कार्यको नमुना तयार गर्ने प्रयास गरेको छु । 

रेडियो सञ्चार को साधन हो । यसबाट खबर, जानकारी , मनोरञ्जन प्राप्त हुन्छ । रेडियोको आविष्कार हुन भन्दा अघि खबर आदानप्रदान गर्ने  साधन टेलिफोन र हुलाक मात्र थियो । तर टेलिफोन र हुलाकबाट रेडियोको जति काम चल्न सक्दैन थियो । यो एक ठाउँ वाट अर्को ठाउँसम्म खबर आदानप्रदान गर्न मात्र उपयोगी थियो । यस्तो काम पनि गाह्रो पर्दथ्यो किनभने टेलिफोन तारबाट चल्दछ भने हुलाकबाट मानिसहरूले चिठी पत्र, पार्सल बोकेर लान लैजान पर्दछ । टेलिफोनको लागि टाढा टाढाका देशमा तारहरू जोडेर लैजानु पर्दथ्यो र हुलाक सेवाको लागि मानिसहरू आफै पुग्नु पर्थ्यो  । लडाइको समयमा खबरको अति आवश्यक पर्दछ, तर यस्तो वेला खबर पठाउन त्यति सजिलो थिएन । देशभित्र कुनै आकस्मिक दुर्घटना परेमा पनि तुरुन्त सूचना दिन पर्थ्यो । सूचनाद्वारा चाडै सुरक्षा हुन जान्थ्यो तर यो पनि सम्भव थिएन ।

मानिसहरू खोज, अध्ययन अनुसन्धान, तथा विज्ञानको क्षेत्रमा अगाडी बढिरहेका थिए , तर उनीहरूलाई टेलिफोनको सुविधाबाट चिन्ता भई रहेको थियो । यसैले विना तारको खबर पठाउने पट्टी उपायहरू सोच्न थाले । मानिसले उपाय गरे नहुने केही कुरा थिएन । जेम्स क्लर्क म्यक्सवेल,हेन्रीमहर्ज एडवर्स जस्ता वैज्ञानिकहरू यस विषयमा नयाँ नयाँ कुराहरू पत्ता लगाउन थाले, तापनि उनीहरू पूरा सफल हुन सकेनन् । आखिर सन् १८९५ मा गुडालित्मो मार्कोनी यस विषयमा सफलता पाई छाडे । यस प्रकार आफ्नो अभुतपुर्ण आविष्कारको लागि मार्कोनी विश्वभर अमर भएका छन् । 

रेडियो प्रसारणको इतिहास सन् १८९५ मा इटालियन नागरिकले पत्ता लगाए पनि औपचारिक प्रसारण भने  सन्  १९२०  नोभेम्बरमा अमेरिकाको पेनिसिल्भनिय राज्यको पिट्सवर्ग सहरबाट प्म्प्ब् को प्रसारणबाट सुरु भएको हो । नेपालको सन्दर्भमा भने वि.स. २००७ फागुन ७ गते रेडियो नेपालको स्थापना भएर प्रसारण सुरु भएको पाउँछौ । नेपालमा रेडियो स्थापना गर्नुको मुख्य तीन उद्देश्य रहेको थियो । श्रोताहरूलाई समाचार र सूचनामूलक सामाग्रीहरू द्वारा सु –सूचित गर्नु , ज्ञानवर्धक तथा चेतनामूलक सामाग्रीहरू द्वारा शिक्षित र उत्प्रेरित तुल्याउनु, साथै  प्रस्तुतिहरू वाट मनोरञ्जन प्रदान गर्नु यी तीन वटा कार्य गरी रेडियो प्रसारणले आफ्नो उद्देश्यहरू Live र Recorded दुवै प्रकारको रेडियो कार्यक्रमद्वारा पुरा गर्ने गरेको पाइन्छ ।

सामान्यतया सुन्ने क्रममा सबै रेडियो प्रसारण उस्तै लाग्ने भए तापनि प्रविधिको हिसाबले ए.एम. रेडियो (A.M. Radio) र यफ.यम. रेडियो (F.M. Radio) गरी दुई प्रविधिबाट रेडियो प्रसारण भएको पाउँछौ  । ए. यम. रेडियो भन्नाले निश्चित समयमा व्यापक रूपले रेडियोबाट सूचना वा सन्देशको प्रसारण गर्ने प्रविधिको संयन्त्रलाई बुझिन्छ भने यफ. यम. रेडियो भन्नाले रेडियोबाट निरन्तर रूपमा सूचना वा सन्देशहरू सञ्चार गर्ने एउटा प्रविधि भनेर बुझ्न सकिन्छ ।

प्रसारण प्रक्रियाको हिसाबले भने A.M. Radio र F.M. Radio  लाई  निम्न तीन भागमा विभाजन गर्न  सकिन्छ । हाल सम्म यस्तो रेडियोहरू नेपालमा ८०० जति दर्ता भई सञ्चालनमा रहेका छन् ।

 (क) सामुदायीक रेडियो

(ख) आध्यात्मिक  रेडियो

(ग) व्यापारिक रेडियो

 (क) सामुदायीक रेडियो (Public Radio) विशेष त सामाजिक जनचेतनाको लागि मध्ये नजर गरेर कार्यक्रमहरू प्रस्तुत तथा प्रसारण गर्ने रेडियो स्टेसनहरू सामुदायिक रेडियो हुन् ।

(ख) आध्यात्मिक  रेडियो (Religious Radio) विशेष गरी कुनै धर्म वा संस्कृति सँग सम्बन्धित रहेर सो धर्म वा संस्कृति सम्बन्धी कार्यक्रमहरू प्रस्तुत वा प्रसारण गर्ने रेडियोहरू आध्यात्मिक  रेडियो हुन् ।

(ग) व्यापारिक रेडियो (Commercial Radio)  व्यापारिक रेडियो भन्नाले विशेष गरी आर्थिक कारोबारको लागि सक्षम रहने हिसाबले वा व्यापारको हिसाबले सञ्चालित र बढी मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण वा प्रस्तुत गर्ने रेडियोहरू व्यापारिक रेडियोहरू हुन् ।

रेडियो प्रसारणलाई तरिकाः

स्टेसनबाट तरङ्गित प्रसारण सबैभन्दा पहिला रेडियोको एन्टेनामा ठोकिन्छ  र एन्टेनाले नै प्रसारणलाई ग्रहण गर्दछ , त्यसपछि एन्टेना हुँदै स्पिकर सम्म पुगेपछि श्रोता समक्ष प्रसारण रिसिभ हुन्छ वा सुनिन्छ ।

यस्तो उपयोगी सञ्चारको साधन रेडियो लाई हामीले विभिन्न विषयसँग जोडेर अध्ययन गर्न सक्छौ ।

सामाजिक अध्ययन विषयमा रेडियो

अहिलेको युग भनेको सूचना, सञ्चार तथा प्रविधिको युग हो ।  सूचना, सञ्चार तथा प्रविधिले जहाँ सुकै भएको घटनाहरू लाई क्षण भरमा नै संसार भर पुँ-र्याउछ । फल स्वरूप कुनै एक कुनामा भएका नयाँ खोज, अनुसन्धान, नयाँ सिद्धान्तहरू र दर्शनको प्रभाव विश्वभरि नै पर्दछ । सूचना तथा सञ्चारको विकासले विश्वलाई सार्घु-र्याउदै एउटा भूमण्डलीय ग्राममा सीमित गरेको छ । यसमा सञ्चारको साधन रेडियोको पनि प्रमुख भूमिका रहेको छ । विश्व परिवर्तनशील छ । यो प्रत्येक क्षणमा नयाँ देखिन्छ । यस नयाँपनलाई व्यक्ति, समाज देशले आत्मासाथ गरी प्रतिस्पर्धामा सफलता प्राप्त गर्न शीघ्र सञ्चारको माध्यम रेडियोको अंहम भूमिका रहन्छ ।देशका कुनाकाप्चाका मानिसहरूलाई समाज, सामाजिकीकरण , कुसंस्कार तथा कुरीतिको बारेमा सचेतना कार्यक्रम सम्प्रेषण गर्ने कार्य रेडियोले गरेको हुन्छ । नेपालको सम्बन्धमा कुरा गर्दा इन्टरनेट सेवा सबै जनताको पहुँचमा छैन तर नेपाल जीवनस्तर सर्वेक्षण ( २०७८।०७९) को अनुसार नेपालमा रेडियोको प्रसारण पहुँच ९१ प्रतिशत पुगेको छ । यसबाट के प्रस्ट हुन्छ भने नेपालको दुर्गम स्थानका घर परिवार समाजका सबै वर्ग, तह, र उमेर समूहका मानिसहरूमा समेत रेडियो सेवा पुगी समाजको जीवनस्तरमा उन्नति, प्रगति भएको छ । रेडियोको प्रयोगबाट सामाजिक अध्ययन विषयमा सहयोग पुग्ने एक दृष्टान्त हेरौँ ः

कान्तिपुर रेडियो (९६.१ मेघा हर्ज) वाट प्रसारण हुने साथीसँग मनको कुरा कार्यक्रमबाट सामाजिक विकृति, समाजमा प्रचलित मूल्यमान्यता, चेलीबेटी बेचिखान, वाल विवाह, घरेलु हिंसा,जस्ता सामाजिक अध्ययनको विषयवस्तुको बारेमा थप ज्ञान प्राप्त हुने हुँदा यस्तो कार्यक्रमले विद्यार्थीहरूको सिकाइमा सुधार हुन्छ । त्यसै गरी थाहा सञ्चार नेटवर्क (९९.४ मेघा हर्ज) वाट कार्यक्रम प्रस्तोता ओम भण्डारीले कार्यक्रम आवाज मार्फत महिला हिंसा, जातीय विभेद लैङ्गिक विभेद,चेलीबेटी बेचबिखन,पिछडिएको भूगोल, जाति समुदाय, मानव अधिकार,हलिया प्रथा, छाउपडी प्रथा, लगायत समसामयिक  साझा सरोकारको विषयहरू तथा सवालहरूको सम्बन्धमा विचार,विमर्श,सुझाव सल्लाह,छलफल गराउने कार्यक्रमले सामाजिक अध्ययन विषयको अध्ययन अध्यापनमा सहयोग पुग्दछ ।

भाषा विषयमा रेडियो

रेडियो Radio अङ्ग्रेजी नाम हो । नेपाली भाषामा रेडियोलाई रे दिवा,बेतारको यन्त्र,र ध्वानी प्रेषक यन्त्र गरी  तीन वटा नाम दिएको पाइन्छ । रेडियोमा प्रसारण हुने अधिकांश कार्यक्रम नेपाली भाषामा भएता पनि नेपालका कुल १२५ जातजाति र १२३ भाषा भाषीका मानिसका सम्बन्धमा सूचना, जानकारी र मनोरञ्नका लागि  केही न केही कार्यक्रममार्फत समेटिएको पाइन्छ । उसो त नेपाल अधिराज्यको संविधान २०७२ को धारा २७ मा सूचनाको हक उल्लेख गरिएको छ । यस मानेमा पनि सूचना तथा जानकारी प्राप्त गर्नु हरेक नेपालीको नैर्सगिक अधिकार भित्र पर्दछ । एक नेपालीले एक भाषामा सम्प्रेषण गरिएको सूचना तथा कार्यक्रमहरु अर्को नेपालीले नबुझ्न सक्छन् । यसर्थ रेडियो मात्र यस्तो सञ्चारको साधन हो जसले प्राय सबै भासाभासी मानिसलाई  समेटेको छ । नेपाल आर्थिक सर्वेक्षण २०७८।२०७९ मा उल्लेख भएअनुसार रेडियो नेपालको केन्द्रीय र प्रादेशिक प्रसारण मार्फत विभिन्न २१ भाषामा नियमित समाचार र २० भाषामा कार्यक्रम प्रसारण हुँदै आएको छ । यस तथ्यबाट नेपालका अधिकांश भाषा भाषीको सम्मान गदै सूचनाको हक प्रत्याभुत गर्न रेडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रस्टिन्छ ।

हाम्रो विद्यालयमा पठनपाठन हुने नेपाली तथा अङ्ग्रेजी विषयको सम्बन्धमा रेडियो नामक शीर्षकमा कविता, कथा , निबन्ध, नाटक, लेख्न सकिन्छ । व्याकरण, शव्दलेखन,अनुच्छेद लेखन आदिको बारेमा सिकाउन सकिन्छ । रेडियोले भाषिक ज्ञानको क्षमता अभिवृद्धि गर्ने काममा तथा भाषाको विकास,शुद्धता, वहुभाषाको विकास, संरक्षण, र प्रवर्धनमा कसरी सहयोग पुर्‍याउन सकिन्छ भनी प्रश्न गरेर विद्यार्थीहरूलाई खोजमूलक तथा सृजनशील बनाउन सकिन्छ । अझ भनौ अन्य विभिन्न शीर्षकमा लेखिएको कविता, कथा , निबन्ध, नाटक संवाद तथा मनोवादहरूको प्रस्तुत गर्ने एवं साझा गर्ने उपयुक्त मञ्च रेडियो हुन सक्छ । रेडियोमा बारम्बार  प्रयोग हुने तपसिलको शब्दहरूको स्वरूपले अंग्रेजीमा शब्द भण्डार नै थप गर्दछ ।

 A.M = Amplitude Modulation

F.M. = Frequency Modulation

M.W= Medium wave

S. W.= Short Wave

V.H.F.= Very High Frequency

T.X= Transmitter

CD= Compact Disk

MD= Mini Disk player

ORT=Open Really Tape

RJ= Radio joker

MIC= Mike

MHZ= Megahertz

गणित विषयमा रेडियोको प्रयोग

रेडियोको अध्ययन गणित विषयसँग पनि सम्बन्धित रहेको छ । रेडियोको माध्यमबाट क्षेत्रफल निकाल्न,तौल निकाल्न आकार निकाल्न,फ्रिक्वेन्सी निकाल्न, रेडियो फ्रिक्वेन्सी तालिका बनाउने काममा प्रयोग गर्न  सकिन्छ । ज्यामिति हिसाबले हेर्दा यो रेडियो वर्गाकार छ ।  यसको  क्षेत्रफल निकाल्न  भन्न सकिन्छ । रेडियोको एेन्टिनावाट व्यास समेत निकाल्न सकिने हुनाले गणित शिक्षणमा यसको महत्त्व रहेको छ । गणित विषय अध्यापन गर्दा रेडियोलाई शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।

 लेखा तथा अर्थशास्त्र विषयमा रेडियोको प्रयोग

अर्थशास्त्र तथा लेखा विषयमा रेडियोको प्रयोग हुने गर्दछ । अर्थशास्त्रमा कुनै पनि वस्तुको मुल्य निर्धारण, उत्पादन , उपभोग , विनिमय, वितरण,तथा बजारीकरण सम्बन्धमा अध्ययन गरिन्छ । यस्ता यावत कुराहरूको ज्ञान रेडियो कै   उदाहरण दिएर तथा यसबाट प्रसारण हुने विभिन्न कार्यक्रम माध्यमबाट पनि जानकारी लिन सकिन्छ । रेडियोबाट प्रसारण हुने विभिन्न विज्ञापनले आफैमा व्यापार, व्यवसायको प्रवर्धनको लागि काम गरेको हुन्छ । नयाँ व्यवसाय सुरुवातको तरिका,मुनाफा , जोखिम समेत विभिन्न कार्यक्रम मार्फत जानकारी दिइरहेको हुन्छ । यति मात्र होइन, रेडियोबाट हाल बजारमा कुनै वस्तुको मुुल्य,कति छ, बजारमा वस्तुको उपलब्धताको स्थिति कस्तो छ, यसको फेहरिस्त अवस्था रेडियोवाट प्राप्त हुन्छ । उदाहरणको लागि रेडियो नेपालबाट प्रसारण हुने एक कार्यक्रमले नेपालको ठुलो बजार मध्ये एक कालीमाटी तरकारी बजारको तरकारीको विक्रिमुुल्य बताउने गर्दछ

यस बापत रेडियो सञ्चालकले  केही रकम लिने गर्दछ  । रेडियो सञ्चालकले कसरी कमाउँछ होला ? एउटा रेडियो स्टेसन सञ्चालन गर्दा कति खर्च लाग्छ होला ? कार्यक्रम प्रोडुसर, प्रेजेन्टर,टेक्निसियनले कति, कति पारिश्रमिक पाउँछन् होला? कसरी लेखा व्यवस्थापन गर्छन् होला? नेपालमा रेडियोको अवसर र चुनौती के के होलान् ? यस्ता प्रश्नहरू लेखा विषयमा गर्न सकिन्छ । सही प्रश्न आधा उत्तर हौ । ”यसलाई प्रश्नमा नै टुङग्याएर पनि विद्यार्थीहरु लाइ जिज्ञासु, खोजमूलक, तथा सृजनशील बनाउन सकिन्छ । यस्ता यावत विषयवस्तु लेखा तथा अर्थशास्त्र विषयले प्रदान गर्ने भएकोले रेडियोको लेखा तथा अर्थशास्त्र विषयमा ठुलो उपयोगिता रहेको हुन्छ ।

विज्ञान विषयमा रेडियोको प्रयोग

तारबाट चल्ने सञ्चारको साधनको आविष्कार हुनु, खोज तथा अध्ययन  हुुदै जादा तारबाट चल्ने सञ्चारको साधनको सट्टा पनि विना तारको सञ्चारका साधन रेडियोको आविष्कार हुनु,  विज्ञानको चमत्कार बाटै सम्भव भएको हो । रेडियो प्रसारण प्रणालीमा प्रयोग हुने ट्रान्समिसन, रिसिभर एन्टेना, एम्प्लिच्यूड, फ्रिक्वेन्सी, विद्युत् चुम्बकीय तरङ्गहरु , र रेडियो सञ्चारमा प्रयोग हुने रेडियो तरङ्गले ट्रान्समिटरवाट रिसिभरमा अन्तरिक्षमा सूचना लागि रेडियोले कसरी श्रोताहरूलाई समाचार, सूचना, मनोरञ्जनका साधन,  धेरै छिटो प्रसारण गर्दछ, साथै रेडियोले कसरी काम गरिरहेको हुन्छ ? सो सम्बन्धमा प्रत्यक्ष देखाएर, सिकाएर व्यवहारिक ज्ञान विज्ञान विषयले दिलाउँछ ।  रेडियोसँग सम्बन्धित ध्वानी,ध्वानी प्रसारण,विद्युत् प्रसारण जस्ता विषय वस्तु विज्ञान विषयमा अध्ययन गरिन्छ । कक्षा ९,१० को विज्ञान विषयमा रेडियो शीर्षक अन्तर्गत पठनपाठन हुने गर्दछ ।

समग्रमा, के भन्न सकिन्छ भने अनिवार्य विषयका श्रव्य पाठका सामाग्रीहरू र शैक्षिक कार्यक्रमहरू शिक्षा तथा मानव स्राेत विकास केन्द्रले  तयार गरी रेडियो मार्फत सुन्ने अवसर पनि प्रदान गर्ने भएकोले रेडियोले पठनपाठनमा ठुलो सहयोग गर्दछ । रेडियाे नेपालमा विद्यालय शिक्षा सम्बन्धी कार्यक्रमहरू प्रसारण हुने समय यस प्रकारकाे रहेकाे छः 

शैक्षिक कार्यक्रम श्रब्य पाठ प्रसारण
मंगलबार- शैक्षिक सूचना एवं शैक्षिक गतिविधीहरू साँझ ७ः२५ देखि ७ः४० सम्म साेमबार देखि शनिबार हरेक दिन- विद्यालय शिक्षाका पाठ्यक्रम र पाठ्यपुस्तकमा अाधारित विभिन्न कक्षाका श्रब्य पाठहरू समय साँझ ५ः१५ देखि ५ः४५, साँझ ८ः२५ देखि ८ः५५ 
शनिबार- चेतनामूलक लघुनाटक साँझ ७ः२५ देखि ७ः४० सम्म  

अन्तमा, विगतमा  हामी जताततै रेडियो बजेको सुन्थ्यौँ । रेडियोबाट हामी धेरै कुराहरू जान्न सक्थ्यौ । रेडियोबाट देश विदेशका खबरहरू थाहा पाउन सक्थ्यौ । त्यहाँको सांस्कृतिक, आर्थिक ,र राजनैतिक कुराहरू समेत हामी घरैमा बसेर थाहा पाउँथ्यौ । हाल यस साधनको प्रयोग कम कम हुँदै गइरहेको छ । यो सञ्चारको साधन एउटा  आनन्द दिने साधन हो । हामीहरू कामले थाकेपछि केही बेर आराम लिन चाहन्छौ । यस समय हामी रेडियो बजाउँछौ । रेडियोमा हामी गीतहरू र बाजाहरू बजेको सुन्छौ । यसले गर्दा हाम्रो मनलाई आनन्द मिल्दछ । रेडियो सञ्चारको पुरानो, सस्तो, र भरपर्दो साधन पनि हो । यसले सूचना जनकारी,मनोरञ्जन, सचेतनामूलक कार्यक्रम , लगायतका उपयोगी कार्यक्रम मात्रै सम्प्रेषण गर्ने भरपर्दो,तथा सर्वसुलभ सञ्चारको साधन हुँदा हुँदै पनि हाल रेडियोलाई मोबाइलले विस्थापित गरेको छ । भविष्यमा रेडियो हेर्न, अध्ययन गर्न संग्रहालय नै धाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न । यसर्थ हामीले रेडियोको महत्त्व बुझ्नु पर्दछ । यसलाई वर्तमान तथा भविष्यमा पनि उक्तिकै उपयोगी बनाउनु पर्दछ भन्दै परियोजना निर्माण कार्यमा सहयोग गर्नै सबै विषयको शिक्षकहरू, श्रोत सामाग्री उपलब्ध गराई सहयोग गर्नु हुने सर,मिसहरू, सरोकारवालाहरू सबै समक्ष आभार प्रकट गदै प्रस्तुत परियोजना यही अन्त गर्दछु । धन्यवाद ।

 

सम्बन्धित पाेस्ट