नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्राेत विकास केन्द्र
सानाे ठिमी, भक्तपुर
+९७७-१-६६३१०७५
info@cehrd.gov.np
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जीवन उपयोगी र गुणात्मक शिक्षाको माध्यमद्वारा शिक्षित, सुसंस्कृत र समुन्नत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्याउन समाजका सबै पक्षकाे सहभागीताले मात्र लक्ष्य प्राप्तिमा सहयाेग पुग्ने अपेक्षा राखेकाे छ ।
यसै परिवेशमा नेपालमा स्थानीय सिकाइ प्रवर्धनका लागि समुदायका ज्ञान, सीप, अभ्यास, विवरण तथा तथ्य आदिलाई विद्यालय सिकाइसँग जाेड्दै किताबकाे ज्ञान जनस्तर सम्म र जनस्तरकाे ज्ञान किताबसँग जाेड्न सक्षम बनाउनका लागि विद्यार्थी, शिक्षक, अभिभावकलाई सिकाइको सामाजिक अभिव्यक्तिका लागि विद्यालयमा मिनी नेपाल उपलब्ध गराउने उद्देश्यबाट दुबै पक्ष बीच साझेदारी भएकाे हाे ।
यस साझेदारीले मिनी नेपालको कार्यान्वयन, अनुगमन, नियमन तथा सहकार्य, छलफल र सहयोग आदानप्रदान गर्ने काममा एक अर्का बिच सहयोग र सहकार्य गर्छ । विद्यालयमा मिनी नेपाल श्रृंखला संन्यन्त्रकाे निमार्ण र संचालन परियाेजना नामक कार्यक्रमबाट यसकाे कार्यान्वयन भइरहेकाे छ ।