मिनी नेपाल

मिनी नेपाल

  • फेसबुकबाट लगइन गुगलबाट लगइन
    अथवा

    पासवर्ड बिर्सिनुभयो ?

    मिनी नेपालमा नयाँ हुनुहुन्छ भने साइन अप गर्नुहोस् ।

  • विद्यालय
    सिकाइ सङ्ग्रह
    पाेस्ट
    अभिलेख
    अनुदान
    नेपाल
  • मिनी नेपाल
  • अभिभावक
  • योगदानकर्ता
  • अभिभावक
  • साझेदार
  • आथिर्क अनुदानकर्ता
  • प्राविधिक अनुदानकर्ता
  • विषयवस्तु अनुदानकर्ता
☰
×
  • अभिभावक
  • साझेदार
  • आथिर्क अनुदानकर्ता
  • प्राविधिक अनुदानकर्ता
  • विषयवस्तु अनुदानकर्ता
  • महेन्द्र विष्ट

  • महेन्द्र विष्ट

    छम्पी, गाेदावरी नगरपालिका-९, ललितपुर
    9851176840
    mbista777@gmail.com

    महेन्द्र विष्ट श्री सरस्वती माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । सत्र २०७९ देखि नयाँ सोच र अभियानका साथ एक नमुना विद्यालयको रूपमा विकास गर्ने कार्यक्रमहरू गरिरहनु भएको विष्ट मिनी नेपाल सिकाइ शृङ्खलाको वास्तविक कार्यान्वयनकर्ता हुनुहुन्छ । वास्तविक सिकाइ अभ्यास केन्द्रित शैक्षिक वातावरण बनाउन दक्ष प्रधानाध्यापक विष्ट एक कुशल लेखक, पाठ्यक्रम निर्माता विज्ञ, तालिमकर्ता, नवीन अभ्यास तथा प्रयोगलाई कार्यान्वयन गर्न सक्षम व्यक्तित्व र नेतृत्व गर्नुहुने महेन्द्र विष्ट सर यस अभियानको अभिभावक हुनुहुन्छ ।

  • श्री सरस्वती माध्यमिक विद...

  • श्री सरस्वती माध्यमिक विद्यालय

    ठेचो, गाेदावरी नगरपालिका-१२, ललितपुर
    ०१५७०४८६
    saraswotischool2026@gmail.com

    ललितपुर जिल्लाकाे सदरमुकामबाट ५ किलाेमिटर दक्षिणी भागमा पर्ने गाेदावरी नगरपालिका, वडा न‌‍‌म्बर १२ ठेचाेमा वि.स. २०२६ वैशाख २२ गते स्थापना भएको श्री सरस्वती माध्यमिक विद्यालय मिनी नेपाल सिकाइ श्रृङ्खला परियोजनाको सबैभन्दा पहिले कार्यान्वयन मिति २०८० भाद्र महिनाबाट सुरूवात भइ निरन्तर कार्यान्वयन गरिरहेकाे छ । यस विद्यालयले वास्तविक सिकाइ केन्द्रित यस परियोजना कार्यन्वयन, खाेज अनुसन्धान र सिकाइ उपलब्धीका विधिहरूकाे प्रयाेग तथा स्तराेउन्नतीका लागि गर्नु भएकाे याेगदान सहित मिनी नेपाल यस विद्यालय, विद्यालय परिवार प्रति हार्दिक सम्मान व्यक्त गर्दछाै ।

  • प्रा.डा. विद्यानाथ काेइरा...

  • प्रा.डा. विद्यानाथ काेइराला

    चावहिल काठमाडाैँ
    +९७७ ९८५११०४१७९
    koiralabidyanath@gmail.com

    शिक्षाको पहिलो काम सम्भावनाको खोजी गर्ने र जीवन उपयोगी बनाउने हो । यो देखिने गरी व्यवहारमा लागु हुनु पर्दछ भन्ने सकारात्मक सोच (सोच, गर र भन) र निरन्तर क्रियाशील कर्मबाट प्रसिद्ध रहनुभएका प्रा.डा. विद्यानाथ कोइराला शिक्षाविद् हुनुहुन्छ । 

    संवाद, प्रवचन तथा लेख रचनाको माध्यमबाट शिक्षालाई व्यावहारिक, जनमुखी र उत्पादनमुखी बनाउन शिक्षाका सरोकार निकायहरू, शिक्षक, विद्यार्थी, अभिभावकहरूलाई सधैँ उत्प्रेरित गरिरहनु हुन्छ । मिनी नेपाल एक उदाहरण हो । 

    प्रा.डा. विद्यानाथ कोइरालाले अझै पनि त्रिभुवन विश्वविद्यालय (अवकाश प्राप्त) र देशका विभिन्न विश्वविद्यालयहरूका विद्यार्थीहरूलाई पिएचडीको सुपरिवेक्षण गरी रहनुभएको छ । सरको ७ वटा पुस्तकहरू र सयौँ लेख रचनाहरु प्रकाशित छन् ।  

    काठमाडौँ विश्वविद्यालय मार्फत सञ्चालन र व्यवस्थापन गर्ने गरी कर्म साधना सम्मान नामक ३० लाखको अक्षयकोष स्थापना पनि गर्नुभएको छ । यसरी सबैलाई सिक्न, खोज्न, ज्ञान निर्माण गर्न, उपयोग गर्न उत्साह, अवसर प्रदान गर्ने प्रा.डा. विद्यानाथ कोइराला मिनी नेपालको पनि अभिभावक हुनुहुन्छ ।  

Loading .....

सुझाव

  • गोपनीयता नीति
  • प्रयोगका सर्तहरू
  • सम्पर्क

© प्रतिलिपि अधिकार २०८२ - मिनी नेपाल । सर्वाधिकार सुरक्षित