मेरो बारेमा

म श्री सरस्वती माध्यमिक  विद्यालय गोदावरी नगरपालिका वडा न‌.- १२, ठेचाेमा सहायक प्रधानाध्यपकको रूपमा कार्यरत छु । मैले प्रथम श्रेणिमा स्नातक तह उत्तिर्ण  गरेको छु। म हाल गोदावरी न पा १२ ठेचाेमा बसोबास गदै आएको छु । 

म  माध्यमिक तहको अर्थशास्त्र तथा लेखाको  शिक्षक हुँ । अर्थशास्त्र  विषयको प्रशिक्षक पनि हुँ । म अर्थशास्त्र  विषयकाे विषय  विज्ञको रूपमा पाठ्यक्रम  विकास केन्द्रको राेष्टर सुचीमा  वि. स‍.२०८० देखि संलग्न रहेको छु । 

मैले स्नातक तह तेस्रो वर्षकाे ग्रामीण अर्थशास्त्र, दाेस्राे वर्षको विकास र शिक्षाको अर्थशास्त्र र कक्षा १२ दाेस्राे वर्षको ग्रामीण अर्थशास्त्र पुस्तक सह- लेखन गरेको छु भने कक्षा १० को अर्थशास्त्रका म्यानुअल एकल लेखन गरी प्रकाशन गरिएको छ । 

म वि. स‍. २०७१। ०५।०४ देखि स्थाई  रूपमा  शिक्षण पेसामा प्रवेश गरेको हुँ । मैले  तेल्लाेक माध्यमिक विद्यालय, सृजड्डा गाउँपालिका २ ताप्लेजुङबाट सुरु गरेको स्थाई शिक्षण पेसा वि. ‍स‍. २०७३ चैत्रबाट श्री शारदा शिक्षा सदन मा. वि. बागमती ५  माज खण्ड र हाल वि. स‍. २०७५ असोज २ देखि  श्री सरस्वती माध्यमिक , विद्यालय गोदावरी नगरपालिका वडा न‌. १२, ठेचाेमा कार्यरत छु । 

बिचमा श्री शारदा शिक्षा सदन मा. वि. बागमती ५ माज खण्डमा रहेर २ वर्ष उक्त विद्यालयको प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हाले । स्थायी रूपमा शिक्षण पेसामा प्रवेश गर्नु अघि वि स २०६६ साल देखि २०७१ साल सम्म बगलामुखी शिक्षा क्याम्पस, थैना प्रयाग पोखरी, ललितपुरमा अर्थशास्त्र विषय अध्यापन गरे । स्थायी सेवामा प्रवेश गरी शिक्षणलाई  मूल कर्म र धर्म मानी अगाडि बढदै गर्दा श्री तेल्लाेक माध्यमिक विद्यालयमा  अर्थशास्त्र विषयमा उत्कृष्ट नतिजा दिलाउन सफल  शिक्षकको रूपमा नगद पुरस्कार सहित सम्मानित भएको थिए । हाल गुणस्तर ,व्यावहारिक प्रयाेगमा अाधारीत र प्रविधिमैत्री शिक्षा दिलाइ विद्यार्थीहरुकाे क्षमता ,सम्भावनाहरु चिन्ने, हुर्काउने वढाउने ,फलाउने  र अक्षार मात्र िचन्ने तर अाफैले अाफैलाइ नचिन्ने िशक्षा पद्धतीलाइ सुधारेर पढाइमा मात्र पास होइन जीवनमा नै पास गराउने अभियानमा लागेको यस श्री सरस्वती माध्यमिक विद्यालयको विद्यालय परिवारसँग हातेमालो गदै विद्यालयको अभियानमा समर्पित रहेको छु । 

संक्षिप्त विवरण

नाम Prakash Shrestha
पेशा शिक्षक
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
इमेल ps4700187@gmail.com
लिङ्ग पुरुष