कर्दा

खुकुरी  भन्दा  कर्दा  लाग्ने  भन्ने  उखान  छ । यो एक कर्दा हो । कर्दाले हामीलाई  धेरै  महत्त्वपूर्ण  सामान  बनाउन  मदत  गर्छ ।  कर्दाले  चोया  काटेर डोको, डालो, नाङ्लो, ढाकर, थुन्चे, फिपी  बुन्न  मदत  गर्दछ । कर्दाले  तरकारी  काट्ने  केलाउने काम  गर्छ ।  यो  कर्दा  खुकुरी  जस्तो हुन्छ । तर यो  सानो  हुन्छ । कर्दाकाे  माथिल्लो भाग  धातुले  बनेको  हुन्छ र तल्लो  भाग  काठको  बिँड  हुन्छ ।  कर्दा  राख्नेलाई  दाप  भनिन्छ ।  कर्दालाई  चक्कु  वा  चुपी  भनिन्छ ।  कर्दाले  कुनै  पनि  काठ  वा  ढुङ्गामा  राम्रो  बुट्टा भर्न  सकिन्छ ।  कर्दाले  बाँसुरी, बिनायो  बनाउन  सक्छ । यो  कर्दा  खुकुरी  छेउमा राखिएको  हुन्छ । यसले खुकुरीले  काट्न  नसकेका  साना  सामान  काट्न  सक्छ । कर्दालाई सजाएर  राख्न  सकिन्छ । कर्दाले  सिकार  गर्न  मासु  काट्न  मदत गर्छ ।  कर्दाकाे  सुरक्षित  हेरचाह  गर्नुपर्छ । कर्दाले  मानिसको  ज्यान  लिन  सक्छ ।  

सम्बन्धित पाेस्ट