प्याला

नमस्ते ! म आयुसा मगर कक्षा ९ मा अध्ययनरत छु । म सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय भित्रको हाम्रा परम्परागत प्रविधि, सीप र अभ्यास  विषय अन्तर्गत परियोजना कार्य प्रस्तुत गर्न गइरहेको छु । मेरो विषय प्याला एक परम्परागत सीप र अभ्यास अध्ययन परियोजना हो । 

प्याला धार्मिक र सांस्कृतिक पहिचानसँग सम्बन्धित एउटा परम्परागत सामग्री हो । प्याला जैविक पदार्थ माटोबाट बनेको हुन्छ । प्यालाको आकार अर्धगोला हुन्छ । यो दियो बत्ती जस्तै कचौरा आकारको हुन्छ तर दियो भन्दा ठुलो हुन्छ ।  यो विशेष गरी नेवारी समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छ । यो नेवारी जातिको परम्परागत रक्सी खाने भाँडा हो । प्यालामा लगभग २०० मि.लि. जति रक्सी वा ऐला राख्न मिल्छ । नेवार समुदायको भोज भतेर, जात्रा, विवाह, व्रतबन्ध, विभिन्न धार्मिक तथा सांस्कृतिक काममा शुद्ध भाँडामा रक्सी राखी भगवान् अर्पण गर्न प्रयोग गरिन्छ । एक पटक प्रयोग गरी फाल्ने भएकाले ठुला ठुला भोज भतेरमा यसको उपयोग गरिन्छ । यो सस्तो, सरल, सहज र वातावरणमैत्री भएकाले यसको प्रयोग नेवार समुदायमा निक्कै नै प्रचलित रहेको छ ।  

प्यालाको प्रयोग काठमाडौँ उपत्यकामा निकै पुरानो मानिन्छ । माटोबाट बन्ने यस्ता सामग्रीहरू नेवारी समुदाय  भित्रका प्रजापति समुदायका पुर्ख्यौली पेसा हो । परम्परादेखि नै यसको प्रयोग हुँदै आइरहेको छ । उपत्यकामा बन्ने यस्ता माटोको सामग्रीहरू देश भरी नै प्रख्यात रहेको देखिन्छ । देशका विभिन्न समुदायले आफ्नो आवश्यकता अनुसार यसको प्रयोग गरेको पाइन्छ । प्याला रक्सी, दही र तेल राख्नको लागि पनि प्रयोग गरिन्छ । 

प्यालालाई विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । प्याला नेपाली फारसी शब्द हो । अङ्ग्रेजीमा wine-pot भनिन्छ । नेवारी भाषामा सलिचा वासली भनिन्छ । तामाङ भाषामा साप्राङला ताङ भनिन्छ । भोजपुरीमा काेसेया भनिन्छ । यो कुरा मैले साथीभाइ सरलाई सोधेर लेखेको हुँ ।  

हिजोआज नेवारी समुदायमा प्याला भन्दा बजारमा पाइने प्लास्टिकका कप प्रचलनमा बढी भएको देखिन्छ । उपत्यकामा भएको तीव्र सहरीकरण, प्यालाका लागि आवश्यक सामग्रीहरू माटो, दाउरा, बनाउने ठाउँ, बजार, दक्ष जनशक्तिको अभाव जस्ता कारणले प्यालाको प्रयोगमा निक्कै कम भएको पाइन्छ । प्लास्टिकका कपको तुलनामा प्याला वातावरण मैत्री हुँदा हुँदै पनि यसको प्रयोग कम हुनु चिन्ताको विषय बनेको छ । पर्यावरण मैत्री समाज निर्माणको लागि प्यालाको पुर्न उपयोगमा ल्याउन प्रभावकारी विधिको खोज गरी उद्ममशिलता बन्ने अवसर पनि छ ।

भविष्यमा स्वच्छ, हराभरा र सफा समुदाय बनाउने पहलकदमीका लागि र जलवायु परिवर्तनबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका र उपायको खोजी गर्ने क्रममा यस्ता प्राकृतिक सामग्रीबाटै निर्माण गरिएका सामग्रीहरू बनाउने सीप, कलाको ठुलो महत्त्व देखिने प्रस्ट छ । प्रकृतिमैत्री जीवन शैलीको विकास र अभ्यासका लागि प्यालाको महत्त्व रहेको देखिन्छ । 

प्यालाको परिचयसँगै यसलाई कक्षा ९ मा अध्ययन गरिरहेको विषयहरूसँग जोड्ने कार्य परियोजनाको महत्त्वपूर्ण काम भए अनुसार म कक्षा ९ को नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान र लेखा विषयसँग जोडेर गरिएको अध्ययनको बारेमा लेख्न गइरहेको छु । 

प्याला फारसी भाषाबाट आयात गरिएको नेपाली शब्द हो । यो नामवाचक वर्गमा पर्दछ । प्यालाको नेपाली शब्दकोश अनुसार पियालो दूध, चिया आदि खाने काममा उपयोग गरिने कचौराजस्तो भाँडो; चिया खाने कप भन्ने बुझिन्छ । मैले सङ्कलन गरेको प्याला नेवारी समुदायबाट हो । यसको जानकारी पनि नेवारी समुदायबाट लिएको हुनाले यो नेवारी समुदायमा रक्सी वा ऐला राख्ने कचौराजस्तो भाँडो भन्ने बुझ्नुपर्छ । नेपाली शिक्षकका अनुसार प्यालालाई कविता, कथा, स्मृति लेखन, अनुच्छेद लेखन, वर्णन, व्याख्या, हास्य व्यङ्ग्य आदिको रचना गर्न सकिन्छ । म यहाँ नेवारी समुदायमा प्यालाको धार्मिक तथा सांस्कृतिक महत्त्वको बारेमा एक अनुच्छेदमा लेख्न गइरहेको छु । 

प्याला नेवारी समुदायको धार्मिक एवं सांस्कृतिक महत्त्वको घरायसी सामग्री हो । नेवार समुदायले मान्ने गरेका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरूमा देउतालाई रक्सी वा ऐला चढाउनु पर्ने हुन्छ । यस्ता रक्सी वा जाँडहरू शुद्ध र सफा हुनुपर्छ । देवतालाई मन, बचन, कर्मले सफा र शुद्ध भएका सामग्रीहरू मात्रै चढाउने गरिन्छ । प्याला माटोबाट बनेको एक सफा र शुद्ध भाँडो हो । यो एक पटक मात्र प्रयोग गरिन्छ । त्यसैले नेवारी समुदायले प्याला मा रक्सी वा जाँड राखी देउतालाई चढाउने गर्दछन् । नेवारका जात्रा, तिथि, पर्वहरूमा रक्सी नभई नहुने हुन्छ । देउतालाई नचढाई कुनै कुरा सुरु हुँदैन । एक सफा र शुद्ध सामग्रीको रूपमा उपयोग प्यालाको नेवारी समुदायमा यसको धार्मिक तथा सांस्कृतिक महत्त्व धेरै रहेको छ । 

प्यालालाई अङ्ग्रेजी विषयसँग जोडेर परियोजना कार्य अगाडि बढाउँछु । प्यालालाई अङ्ग्रेजीमा ठ्याक्कै अर्थ भेटिएन तर पनि यसलाई Wine-cup भनिन्छ । यो noun हो । अङ्ग्रेजी विषयमा poem, eassy, story, description, paragraph writing जस्ता धेरै कुरा लेख्न सकिन्छ । यहाँ म प्यालाको introdoction paragraph लेखिरहेको छु: 

 A wine pot ("pyala") is traditional household materials that is made from clay. It has a hemispherical shape, larger than a traditional oil lamp but smaller than a plate. It holds cultural importance, especially in the Newar community. In the Newar community, the pyala is used in various religious and cultural events such as feasts, processions, weddings, religious fasts, and other ceremonies. It is used to offer raksi to deities as a symbol of devotion. The use of pyala is deeply rooted in Kathmandu Valley's culture and has been a part of the Newar community for a long time. The materials for making pyala are traditionally sourced within the community, and the skill of making these items has been passed down through generations.

प्यालालाई गणित विषयसँग जोडेर जानकारी प्रस्तुत गर्दछु । प्याला अर्ध गोलाकार हुन्छ ।  प्यालाको ज्यामितीय आकार, क्षेत्रफल, आयतन निकाल्न सकिन्छ । प्यालाको ज्यामितीय आकार अर्ध गोलाकार रहेको छ । यसको क्षेत्रफल निकाल्न प्यालाको व्यास स्केलले नापेर निकालेको छु । यो ७ से.मि रहेको छ ।

प्यालाको क्षेत्रफल (A) =πr2     

प्यालाको क्षेत्रफल (A) = ७*२२/७ 

यो प्यालाको क्षेत्रफल   २२  से.मि.²  रहेको छ । 

प्यालालाई सामाजिक  विषयसँग जोड्न चाहन्छु । सामाजिक अध्ययनमा यो परम्परागत अभ्यास र सीप अन्तर्गत विषयसँग सम्बन्धित छ । माटोको भाँडाकुँडा बनाउने नेपालको मौलिक परम्परा हो । यो कुमाले, प्रजापति समुदायले पुस्ताै पुस्ता देखि यो पेसा गरिरहेको पाइन्छ । प्याला नेवारी समुदायले विशेष गरी सम्बन्धित रहेको देखिन्छ । यसबाट नेवारी समाज, यसका धर्म संस्कृति, परम्पराको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यसबाट समुदायको इतिहास र भूगोल, खाना पाना, रहनसहन, चालचलनको पनि साइनो गाँसेको हुन्छ । 

प्यालाको लेखा विषयसँग पनि सम्बन्ध जोडन सकिन्छ । प्याला एक सामग्री हो । यसको विक्री वितरण भइरहेको छ । त्यसैले यो एक व्यवसाय पनि हो । प्यालाको वर्तमान अवस्था कस्तो छ? किन प्यालाको उपयोग घटिरहेको छ ? के प्यालाबाट उद्यमी बन्न सकिन्छ? प्याला व्यवसायलाई कसरी पुनः जीवन दिन सकिन्छ? यो व्यवसाय गर्न  कति आम्दानी खर्च लाग्छ ? कसरी बजारीकरण गर्ने भन्ने कुरा अध्ययन गर्न सकिन्छ ।   

प्यालाको बारेमा विभिन्न जानकारी सङ्कलन गरी विभिन्न विषयसँग जोडेर परियोजना निर्माण गरेको हुँ । यसको उद्देश्य वास्तविक सिकाइ गर्नका लागि हो । साथै  हाम्रा वरिपरि रहेका मौलिक सर सामग्री, अभ्यासको बारेमा जानकारी खोज्ने, सङ्कलन गर्ने र संरक्षणमा सहभागी हुनका लागि हो । 

यस परियोजना कार्य गर्दा पहिले परम्परागत सामाग्री घरबाट विद्यालय ल्याए ।  त्यसपछि शिक्षकले प्यालाको अभिलेख राख्नुभयो । विद्यालयमा स्थानीय सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ प्रदर्शनमा राखे । म्युजियम कार्ड बनाए । सामग्रीको सूचना सङ्कलन गरे।  परियोजना कार्य गर्दा आफूलाई थाहा भएको कुरा विषयगत शिक्षकसँग सहयोग लिए ।  विषयगत रूपमा परम्परागत सामाग्रीको बारेमा लेखे । परियोजना कपीमा ‛सोच, गर र भन’ अभ्यास गरे।  कम्प्युटरमा टाइपिङ गरे । परियोजना कार्य मिनी नेपालमा पोस्ट गरे।

यो परियोजना कार्य गर्दा मलाई धेरै खुसी लागेको छ । मैले हाम्रा मौलिक सर सामग्रीको बारेमा बुझ्ने मौका पाए । एकै सामग्रीबाट यति धेरै कुरा गर्न सकिने रहेछ । खोज्न सकिने रहेछ भन्ने आत्मविश्वास बढाएको छ । परियोजना कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ।  

सम्बन्धित पाेस्ट