हलो जोत्ने  व्यक्ति हली भन्दछन्
पहिलो पटक जोत्नुलाई बाँझो मार्नु  भनिन्छ
दोस्रो पटक जोत्नुलाई राँटा मार्नु  भनिन्छ

हलो  

हलो  जमिन जोत्ने  प्रयोग गरिने कृषि औजार हो । यसको सहायताले बीउ छर्नु भन्दा पहिले जमिनको आवश्यक तयारी गर्न वा खनजोतको लागि उपयोग गरिन्छ ।कृषिको  प्रचलित औजारहरूमा हलो सबैभन्दा  प्राचीन हो ।  हलो कुनै न कुनै  रूपमा इतिहासमा प्रचलित औजारहरूमा हलो सबैभन्दा प्राचीन हो पाइएको छ । 

 हलोले जमिनको माथिल्लो सतहलाई पल्टाइको जसले नयाँ पोषक तत्त्व माथि आउने  गर्छ । यसबाट  खर पतिङ्गर एवं बालिका डाँठ आदि जमिनमा  दबिन्छन् ।यी दबिएका खर पतिङ्गर  कुहिएर मलको रूपमा परिवर्तन हुन्छन्  । जमिन जोत्नेले जमिन भित्र हावाको प्रवेश पनि हुन्छ जसले गर्दा जमिनमा  आर्द्रता वा  चिसोपन बनाइ राख्ने शक्ति बढ्छ । 

 हलो जोत्दा वा गोरु तान्ने काठ या फलामबाट बनाइको औजार हो ।  ड्याङमा सियो अथवा फाली रहेको हुन्छ ।  हलो ठाउँ अनुसार फरक फरक प्रकारको हुन्छ । हलो जोत्ने  व्यक्ति हली भन्दछन् । नेपालमा विशेष गरी गोरु अथवा राँगाले हलो तानेको पाइन्छ ।

हाम्रो गाउँघरमा धान रोप्ने बेलमा खन्ने कामको लागि पहिलो पटक जोत्नुलाई बाँझो मार्नु  भनिन्छ ।  दोस्रो पटक जोत्नुलाई राँटा मार्नु  भनिन्छ ।  तेस्रो पटक  जोत्नुलाई हिल्याउनु र चौथो पटक जोत्नुलाई  दाँर्द  लाउनु भनिन्छ ।  पाखा बारीमा डल्ला फुटाउने  लिजुल्को लाइन्छ । जुवामा लामो डोरी बाँधेर लिड्ल्कामा अड्काइन्छ र त्यसमाथि हली चढेर गोरु अथवा राँगा धपाएपछि थिचिएर डल्ला फुटाउने काम गरिन्छ ।       

             

सम्बन्धित पाेस्ट