Previous Next

हाम्रो बारेमा

ललितपुर जिल्लाको सदरमुकाम लगनखेलबाट करिब १३ कि.मि.दक्षिण तर्फ गोदावरी — ४, बडिखेलमा यस विद्यालय अवस्थित छ । यो विद्यालय वडा नं. ४ का मानिसहरुको लागि पाएक पर्ने बिच स्थानमा रहेको छ । यस विद्यालयको पूर्वमा तिर फर्केर हेर्दा हिमाली शृङ्लाको मनमोहक दृष्य देख्न सकिन्छ भने नजिकमा शन्तानेश्वर मन्दिर छ । वि.स. २०२० साल असोज १५ गतेका दिन १ कोठाको कच्चि छ्वालीले छाएको कटेरो जस्तो संरचनाबाट स्थापना भई विभिन्न आरोह अवरोह पार गर्दै  विं स. २०४० सालमा प्रा. वि. स्वीकृती पाई सञ्चालन हुंदै वि. स.२०५४/५५ मा नि. मा. वि. अनुमति र वि. स. २०६८/६९ मा मा.बि. अनुमति लिएर हाल आफ्नै पक्की भवनसहित  ई.सि.डी. देखि कक्षा १० सम्म कक्षाहरु सञ्चालन हुदै आइरहेको छ ।

शैक्षिक सत्र २०६९ सालदेखि एस.एल.सी. (हाल एस.ई.ई.) परीक्षामा सम्मिलित भई उक्त परीक्षामा ११ ब्याचहरु विद्यार्थीहरु उत्पादन गरिसकेको छ  । नगरपालीकाको वडा नम्वर ४ मा अवस्थित यस विद्यालय अध्ययनरत बालबालिकाहरुमा ९७% विद्यार्थीहरु पहरी समुदायका र अन्य ३% तामाङ, बाह्रमण, नेवार, क्षेत्री, राई, बुढामगर, प्रजा र दलित आदि समुदायका रहेका छन् । यस विद्यालयको प्राङ्गणमा पहरीको जातीको कूल देवताको मन्दिर अवस्थित छ जसले यस विद्यालय धार्मिक तथा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको छ ।

समाचार तथा गतिविधिहरू

Mini Nepal

Manisha Nagarkoti

२०८०-१२-२९

सम्पर्क ठेगाना

श्री पथ प्रदर्शक माध्यमिक विद्यालय

बडिखेल, गाेदावरी नगरपालिका-४, ललितपुर, बागमती प्रदेश

फोन नं.: ९८५११५०२०३

इमेल: manishanagarkoti2023@gmail.com