लाली गुराँस लाली गुराँसलाई  अङग्रेजी भाषामा Rhododendron भनिन्छ
लाली गुराँस लाली गुराँसको वैज्ञानिक नाम Rhododendron arboretum हाे ।
लाली गुराँस यो पतझर (deciduous) वर्गमा पर्दछ।
लाली गुराँस लाली गुराँसलाई औषधीकाे रूपमा प्रयाेग गरिन्छ ।

लाली गुराँस

मलाई सबैभन्दा मन पर्ने फूल लाली गुराँस हो । लाली गुराँसको परियोजना कार्य निर्माण गरिरहेको छु ।

‘लाली र गुराँस’ दुई शब्दहरू विशेषण र नाम मिलेर बनेको लाली गुराँसले लाल वा रातो रङको फूल भन्ने जनाउँछ ।  लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो नेपालीहरूको  राष्ट्रिय प्रतीक भएकाले यो फूललाई ठुलो सम्मान गर्छन् । 

मैले खोजे अनुसार लाली गुराँस नेपाली भाषा हो ।  लाली गुराँसलाई  अङग्रेजी भाषामा Rhododendron भनिन्छ । लाली गुराँसलाई तामाङ भाषामा पाडामेन्दो भनिने रहेछ । नेवारी भाषामा लाली गुराँस नै भनिन्छ । लाली गुराँस नेपालकाे पश्चिम देखि पूर्वसम्म फैलिएको हुन्छ जुन धेरैजसो भिरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-वैशाख महिनामा फुल्छ।लाली गुराँसको वैज्ञानिक नाम Rhododendron arboretum हो । यो पतझर (deciduous) वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेने गर्दछ। लाली गुराँस नेपालको राष्ट्रिय फूल हो।

मलाई थाहा भएअनुसार नेपालमा धेरै प्रकारका लाली गुराँसहरू रहेका छन् । रङहरूमा पनि फरक फरक पाइन्छ जस्तै रातो, गुलाबी, र सेतो आदि रङहरू पाइन्छ । नेपालमा लाली गुराँस ३० भन्दा बढी प्रजातिहरू पाइन्छ । नेपालको प्राय हिमाली र पहाडी सबै ठाउँमा पाइन्छ । यो अलिकति चिसो र ठन्डा भूभागमा पाइन्छ । नेपालका पश्चिम देखि पूर्व सम्म लाली गुराँसहरू १२०० मिटरभन्दा माथि उचाइमा पाइन्छ । 

म अब लाली गुराँसलाई सामाजिक विषयमा जोड्न चाहन्छु । यो फूल पूजा आजाहरूमा उपयोग गरिन्छ । बिहे,व्रतबन्ध वा पूजा मा घर सजाउन, माला बनाउन पनि यसको प्रयोग गरिन्छ । हाम्रो विद्यालयमा पनि सरस्वती पूजा को दिनमा धेरै प्रयोग गरिन्छ । गाउँ घरमा लाली गुराँसको काठ बनाउन, आगो बाल्नका लागि दाउरा बनाउन प्रयोग गरिन्छ । जङ्गलमा आफ्नो गाई वस्तुलाई लैजाने पशु पालकहरू फूलका लागि रुखमा चढ्छन् र कानमा राख्नका लागि टिप्छन् । लालीगुराँसको फूलको रस चुस्ने चलन छ । यसको रस अमिलो गुलियो हुन्छ ।  केटीहरूले फूललाई आफ्नो कपालको गाँठोमा राख्छन् । लाली गुराँस दैनिक जीवन, सांस्कृतिक, धार्मिक, वातावरण र राष्ट्रियतासँग जोडिएको छ । 

म अहिले लाली गुराँसलाई नेपाली विषयमा जोड्न चाहन्छु । लाली गुराँस नामवाचक शब्द हो । यो फूल फुल्ने बिरुवा हो । यो पतझर वनस्पति हो । हामीले लाली गुराँसबाट कथा , कविता , गीत , लेख रचना निर्माण गर्न वा सृजना गर्न सक्छौँ ।  

लाली गुराँस वसन्त ऋतुमा फुल्छ । अर्थात् फाल्गुन, चैत्र र वैशाख महिनाहरूमा फुल्छन् । यी महिनाहरूमा यसले वनलाई यसको प्राकृतिक सौन्दर्यले सजाउँछ । लाली गुराँस फुलेर वन ढकमक्क हुन्छ । हावा दिन्छ र वातावरण पनि सफा देखिन्छ । लाली गुराँसको रुखमा हरित कण रहेको हुन्छ । यसले सूर्य, पानी, कार्बनडाइडअक्साईड र ग्लुकोज को माध्यमबाट खाना बनाउँछ त्यसैले यस बिरुवालाई सजीव बिरुवा भनिन्छ ।

लाली गुराँससँग मेरो बाल्यकालको स्मृति पनि जोडिएको छ । म सानो हुँदा गाउँमा पढ्थे । साथीहरूसँग घुम्थे र सबै रमाइलो गर्दथे । लाली गुराँस फाल्गुन र चैत्र महिनामा धेरै फुल्छ । हामी गाउँका सबै साथी एक ठाउँमा भेला हुन्थ्यौ । लाली गुराँस फुलेको वनमा जान्थ्यौ । लाली गुराँस फूल टिप्ने, यसको रस खाने गर्दथ्यौ । कहिलेकाहीँ लाली गुराँस बेच्न जान्थ्यौ । गुराँसको फूलको रस खान हामीहरू मात्रै होइन जङ्गलमा भएका चरा ,मौरी र पुतली आदि धेरै जनावर लाली गुराँसको रस चुस्न आउँथे । मलाई साथीहरूसँग यसरी नै रमाइलो गर्न मन लाग्छ ।

लाली गुराँसको जीवन चक्र कस्तो होला? लाली गुराँसलाई समुदाय अनुसार कसरी प्रयोग गरिरहेका होलान्? लाली गुराँसलाई हामीले के के कुरामा उपयोग गरी सिकाइ र उद्यमी बन्न सकिन्छ होला भन्ने कुरा जान्न धेरै उत्सुक छु । यस परियोजना साथी, सर म्याडमको सहकार्यमा निर्माण गरेको हुँ । थप जानकारी वा सुझाव भए तल अर्न्तक्रियामा लेख्नुहोला । 

 

सम्बन्धित पाेस्ट