दियो

नमस्ते मेरो नाम बसन्त परियार हो । म कक्षा छ मा पढछु । मैले ल्याएको सामाग्री नाम दियो हो । यो घरायसी पुजा सामाग्री हो । यो सामाग्री मठ मन्दिर र घरमा पुजा आजामा प्रयोग गरिन्छ । यो दियो बाल्नु भन्दा पहिला दियोमा तोरीको तेल राख्नु पर्छ । कपास बत्ती दियोको भाडामा राखेर सलाई वा लाइटरले  दियो बाल्ने गरिन्छ । दियो बाल्दा हामीजस्ता बालबालीकाले बाल्नु हुदैन किनभने हामीलाई पोल्छ आगोलागीहुन्छ त्यसैले बालबालीकाले बाल्नु हुदैन ।
यो सामाग्री माटोबाट बनेको छ । यो सामाग्रीलाई नेपालीमा दियो भनिन्छ । अंङगे्रजीमा Diyo नै भनिन्छ । नेवारी भाषामा पाला भनिन्छ । तामाङ भाषामा नाङसाल  भनिन्छ ।  
मलाई यो परीयोजना गराउदा रमाईलो लाग्यो । यो परियोजना बनाउन सरले भन्नुभयो । अनी मैले माटो ल्याए र पानीमा भिजाए । माटो मुसे । अनि दियो बनाए । घाममा सुकाए । दियो तयार भयो । विद्यालयमा ल्याए । विद्यालयमा सरले दियोको बारेमा जानेको कुरा लेख्नु भन्नु भयो । त्यसपछि कम्प्युटर ल्याबमा लग्नुभयो । लेखेको कुरा टाइप गर्न लगाउनु भयो । मिनी नेपालमा लेखेको कुरा राख्न लगाउनु भयो । अनि यहा साथीहरूले पनि म जस्तै सामाग्रीहरू ल्याएका रहेछन्  जस्तैः दियो, सिक्का, मादल जस्ता सामाग्रीहरू । उनीहरूले पनि मैले जस्तै गरे । हामी सबैलार्इ रमाइलो  र धेरै खुसी लागेकाे छ ।  सबै सहयोगीहरूलाई धन्यवाद ।

सम्बन्धित पाेस्ट