आँखा पाक्ने रोग (Eye Flu)

भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग काठमाडौँ उपत्यकामा समेत देखिन थालेको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ ।पछिल्लो केही दिनयता देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेको छ।

लक्षणहरु:

•एक्कासि एउटा वा दुवै आँखा रातो हुने,

•आँखा धेरै चिलाउने तथा टाँसिने,

•आँखाबाट बारम्बार पानी बगिरहने,

•कचेरा लाग्ने तथा टाँसिने,

•आँसु बगिरहने,

•आँखा सुन्निने,

•घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देखिने।

आँखा पाकेपछि के गर्ने ?

•साबुन पानीले राम्ररी हात धुने,

•आँखा सफा राख्ने,
•आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय समयमा सफा गर्ने र त्यसपछि राम्ररी साबुन पानीले हात धुने,
•फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा नपुछ्ने,
•दिनदिनै लुगा र प्रयोग गरेको रुमाल फेर्ने,
•आँखामा लगाउने शृङ्गार सामग्रीको प्रयोग बन्द गर्ने,
•अरूका लुगा, रुमाल र शृङ्गारको उपकरण प्रयोग नगर्ने,
•आफूखुसी औषधि प्रयोग नगर्ने र आँखा विशेषज्ञलाई देखाउने,
•आँखा बेस्सरी नमिच्ने। यसो गर्दा कर्नियामा घाउ हुन सक्छ, कहिलेकाहीँ आँखा पाक्ने मात्रै नभई अरू रोग जस्तै: युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको आँखाको ज्योति गुम्ने खतरा हुन्छ।
•सङ्क्रमितसँग नसुत्ने, भिडभाड हुने ठाउँमा नजाने,
सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,
•कालो चस्माको प्रयोग गर्ने,
•स्कुल, कलेज लगायत भिडभाड हुने स्थानमा नजाने।

कसरी गर्ने घरमै हेरचाह ?

यो रोग लागेमा घरमै पनि आँखाको स्याहार गर्न सकिन्छ। जसले गर्दा एक-दुई सातामै आफैँ निको हुन्छ।
•आँखा बरफले सेक्ने,
•सफा पानीले सफा गर्ने,
•घरमा बस्दा वा बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने,
•सङ्क्रमित आँखालाई छोएपछि राम्ररी हात धुने,
•आँखालाई नचलाउने,
•अरूले प्रयोग गरेका रुमाल–तौलिया प्रयोग नगर्ने,
•आफूखुसी औषधिको प्रयोग नगर्ने,
•गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा जाने।

सम्बन्धित पाेस्ट