पाँच रूपैयाँ

५ रूपैयाँ नेपालको मुद्रा हो । यो मैले घरबाट सङ्कलन गरेको हुँ । पाँच रूपैयाँ नोटको अगाडी राजा ज्ञानेन्द्र विर विक्रम शाहको तस्विर र पछाडी भागमा याकको तस्बिर रहेको छ ।

पाँच रूपैयाँ नेपाली शब्द हो । अंग्रेजी भाषामा रूपैयालार्इ money भनिन्छ । नेवार भाषामा ढेवा भनिन्छ । भोजपुरी भाषामा लार्इ ढैवा भनिन्छ भने उर्दुमा असर्फी भनिन्छ ।   

रूपैयाँ वा पैसा कुनै पनि सेवा सुविधा वा बस्तुको लेनदेनको माध्यम हो । सरकारको जमानतमा पैसाको निर्माण हुन्छ । त्यसैले यो हरेक देशमा आ आफ्नै पैसा हुन्छ । नेपालको पनि आफ्नै पैसा छ जसलाई रूपैया भनिन्छ ।

पैसाले आफनो आवश्यकता पूरा गर्न सकिन्छ जस्तैःमनपर्ने लुगा किन्न,घर किन्न,घरको सरसामान किन्न तथा खेल्नको लागि सामान आदि किन्न सकिन्छ। पैसा व्यापार व्यावसाय, काम,खेतीपाती, सेवा तथा बिक्री बितरणाबाट अर्जन गर्न सकिन्छ । 

नेपालमा सिक्का र नोट गरी प्रकारका पैसा छन् । कागजबाट बनेका नोट भनिन्छ । नेपालमा प्रचलनमा भएका नोट पैसाहरूमा जस्तैः रू. १ रुपैया, २ रुपैया, १० रुपैया, २५ रुपैया, ५० रुपैया, १०० रुपैया, ५०० रुपैया र १००० रुपैया छन। तामा, फलाम, सिल्भर जस्ता धातुबाट बनाइएका पैसालार्इ सिक्का भनिन्छ । नेपालमा प्रचलनमा भएका सिक्का पैसाहरूमा १ पैसा, २ पैसा, ४ पैसा, ५ पैसा, १० पैसा, २५ पैसा, ५० पैसाहरू रहेका छन् । १०० पैसा बराबर १ रूपैया हुन्छ । १ रूपैया, २ रूपैया, ५ रूपैया र १० रूपैयाको सिक्काहरू रहेका छन तर तिनीहरूको प्रयोग हुन छाडेकाले सिक्काहरू लोप भइसकेका छन् ।

सम्बन्धित पाेस्ट