गुणात्मक र व्यवहारिक शिक्षाको लागि डिजिटल शिक्षा, आजको आवश्यकता

डिजिटल शिक्षा भनेको विद्यार्थीहरूलाई सिक्न मद्दत गर्ने डिजिटल प्रविधिहरूको प्रयोग हो । डिजिटल शिक्षा अन्तर्गत अनलाइन पाठ्यक्रम र शैक्षिक भिडियोहरू देखि अन्तरक्रियात्मक एप र खेलहरू सम्म पर्दछ । यो सिकाइलाई थप आकर्षक र विद्यार्थीहरूको लागि पहुँचयोग्य बनाउनको लागि उत्कृष्ट तरिका हो । एउटा उदाहरण,डिजिटल पुस्तकालयमा लाखौँ पुस्तकहरू निःशुल्क उपलब्ध हुन्छन् । सिकारुको आफ्नो रुचि र क्षमता अनुसार पुस्तकहरू डाउनलोड गरेर पढ्न,प्रिन्ट गर्न सक्छन् । सित्तैमा नपाइने पुस्तक इन्टरनेट मार्फत किन्न पनि सकिन्छ । इन्टरनेट नयाँ प्रविधि हो । सन् १९९० तिर इन्टरनेटको आविष्कार सँगै डिजिटल शिक्षा मजबुत भयो । इन्टरनेटमा मुद्रित,श्रव्य ,दृश्य, श्रव्यदृष्य , जीवन्त अन्तर्क्रिया जस्ता सबै प्रकारका अवसर उपलब्ध हुन्छन् । इन्टरनेटको माध्यमबाट इमेल गर्न सकिन्छ । इमेलबाट शिक्षक र विद्यार्थीहरू बिचमा प्रश्नोत्तर, गृहकार्य गराउने र फिडव्यक दिने जस्ता कार्य गर्न सकिन्छ । फेसबुक, ट्विटर,युटुव, गुगल टक, स्काईभ, भर्चुअल प्रयोगशाला, डिजिटल पुस्तकालय आदि इन्टरनेटमा निःशुल्क उपलब्ध हुने सेवा हुन् । यिनीहरूको सही प्रयोग हाम्रो लागि वरदान हुन सक्छ । हेयारी पोटर को कथाकार जे. के . रोलिङले भनेका छन् कि "इन्टरनेट किशोर किशोरीहरूको लागि एउटा वरदान र एउटा श्राप हो"। यसलाई वरदान बनाउने उपाय भनेको यसको अवसर र जोखिमको बारेमा जानेर यसलाई सही र सुरक्षित रूपले प्रयोग गर्नु हो । यिनीहरूको सही प्रयोगले बालबालिका, किशोर किशोरीको ज्ञान, क्षमता र वृत्ति विकाशका अनगिन्ती अवसर जुट्छन् । उनीहरूले आफ्नो प्रतिभाहरूलाई व्यक्त गर्न उपयोगी मञ्च बनाउँछन् । सारा मनुष्यको चाहाना पनि यसैमा निहित भएको हुन्छ । उदाहरण टिकटकको बढ्दो लोकप्रियता काफी छ । त्यस कारण इन्टरनेट र यसमा आधारित प्रविधिबाट बालबालिका, किशोर किशोरीहरूलाई पर राख्न सकिन्न । कथम् कदाचित यसो गरियो भने पनि यसले पार्ने असर र जोखिमले  बालबालिकाका भविष्य अझ अन्योलपूर्ण तुल्याउन सक्छ । यसर्थ डिजिटल शिक्षा आजको आवश्यकता हो । यसले बालबालिकाहरूलाई मात्र होइन शिक्षक तथा प्रशासनलाई समेत उतिकै फाइदा पुर्‍याएको छ । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

शिक्षकलाई फाइदा

डिजिटल प्रविधिको प्रयोगबाट शिक्षकले सजिलै सन्दर्भ सामाग्री जुटाउन सक्दछ । शिक्षकले विद्यार्थीहरुलाइ सजिलो तरिकाले पाठ बुझाउन मात्र होइन, अभिभावक, बालबालिकाहरूले स्वअध्यापनका लागि समेत यो प्रविधि प्रयोग गराउन सकिन्छ । डिजिटल प्रविधिको प्रयोग गर्दा विकसित देशका बालबालिका र सुविधा सम्पन्न ठुला ठुला विद्यालयको लागि मात्र उपलब्ध थुप्रै ज्ञान साधारण विद्यालयको बालबालिकाहरूलाई पनि सिकाउन सकिन्छ ।

शिक्षण एक दमै जटिल कार्य हो । एक पटक सिकिसकेका सिप सधैँ भरि उपयोगी नहुन सक्छ । तत्काल आँकडा तथा तथ्यहरू सिक्न मौका पाइएन भने आफ्ना समस्या प्रश्नको माध्यमबाट वेवसाइटमा राखी दियो भने तत्कालै सयौँ जवाफ प्राप्त हुन्छ । प्रशिक्षक सँग , विश्व विद्यालय सँग, र अन्य शिक्षकहरुसगँको अनलाइन सम्पर्कबाट पनि थुप्रै तरिका तथा सुझावहरू हासिल गर्न सकिन्छ ।

 प्रशासनको लागि फाइदा 

डिजिटल प्रविधिको प्रयोगले व्यवस्थापकीय कार्यलाई सरल र सहज बनाउँदछ । विद्यार्थीको विवरण, शिक्षकको विवरण, विद्यालयको आय, व्यय, चल अचल सम्पत्ति तथा विभिन्न क्रियाकलापहरूलाई सरल सहज, छिटो, र पारदर्शी  तरिकाले व्यवस्थापन गर्न सकिन्छ ।अर्को तर्फ शिक्षक एउटा कक्षामा पठनपाठनमा व्यस्त रहँदा वा अनुपस्थित हुँदा विद्यार्थीहरूलाई खोज कार्य दिएर,लाईब्रेरी वा शैक्षिक कार्यक्रमहरू देखाएर, ट्यूटोरियल सिडीहरू दिएर विद्यालय प्रशासनले सजिलै सँग कक्षा व्यवस्थापन गर्न सक्दछ ।

सिकारुको लागि फाइदा

डिजिटल शिक्षाको सबै भन्दा ठुलो फाइदा भनेको बालबालिकाहरू विद्यालयको सुखद अनुभूतिमा मद्दत पुर्‍याउनु हो । खुसी हुँदै विद्यालय आउनु हो  र आफ्नो क्षमता अनुसार अनुभव ,विचार, भावना डिजिटल्ली व्यक्त गर्नु हो । सबै बालबालिका पढाइ वा लेखाइमा उत्तिकै राम्रा हुँदैनन् । हरेकमा केही न केही कमी कमजोरी हुन्छन्  नै । यति मात्र होइन सामुदायिक  विद्यालयमा विभिन्न पारिवारिक परिबेसका कारण बालबालिकाहरूमा आत्मा सम्मान र आत्माबिश्वासको विकासमा सहयोग नगरी भावनात्मक जोखिममा परेका हुन्छन् । यस्ता बालबालिकाहरू अन्तरमुखी स्वभावका पनि हुन्छन् । त्यस्ता बालबालिकाहरूको लागि डिजिटल शिक्षा आत्मा विश्वास र आत्मावल बलियो पार्न सहयोगी हुन्छ । भावना पोख्ने, बिचार व्यक्त गर्ने चौतारी बन्दछ । कतिपय बालबालिकाहरू बारम्बार हेपाइमा वा जिस्क्याइमा पर्ने गरेका पनि हुन सक्छन् त्यस्तो बालबालिबाहरु डिजिटल प्रविधि मार्फत अरू साथीहरूबाट प्रशंसा प्राप्त गरेर त्यो पिडा वा निराशालाई कम गर्न सक्छन् । यति मात्र होइन Howard Gardner को अनुसार हरेक बालबालिकाहरूमा तलका ८ प्रकारका intelligence हुने अनुसन्धानले पत्ता लगाएको छ । र सो मध्ये कम्तीमा २ वटामा strong हुने अनुसन्धानले देखाए अनुरूप तत्सम्बन्धी intelligence को प्रस्फुटन हुन पनि डिजिटल शिक्षाको नै खाँचो पर्दछ ।

Multiple Intelligence

Howard Gardner

An image

समग्रमा शिक्षा मानिसको सम्भावनालाई फराकिलो  पार्ने माध्यम हो । विद्यालय, कलेज,कारखाना, अस्पताल,डिजिटलको प्रयोग नभएको ठाउँ छैन । डिजिटलले विश्वलाई एकदम नजिक ल्याइदिएको छ । विश्वलाई हत्केलामा राखेर हिँड्न सक्ने बनाई दिएको छ । विश्वलाई ग्लोबल भिलेज भन्न थलिएको छ । त्यसैले विश्व स्तरको प्रविधिलाई ध्यानमा राख्नै पर्छ । डिजिटल शिक्षा हरेक विद्यालय, कलेजमा उपयोगमा ल्याउनै पर्दछ । यस्तो प्रविधिले मात्र बालबालिकामा सृजना,सूचना,पाठ्यक्रमको ज्ञान,मनोरञ्जन,सञ्चार सहज रूपमा प्रवेश गराउन सक्छ ।

An image

डिजिटल प्रविधिको प्रयोगले शिक्षण विधिलाई शिक्षक केन्द्रित विधिबाट विद्यार्थी केन्द्रित विधिमा रूपान्तरण गर्दछ । इन्ट्रिग्रेटिङ टेक्नोलाजि इन टिचिङमा रोवलियर लेख्छन् "शिक्षक केन्द्रित शिक्षण विधिको ठाउँमा विद्यार्थी केन्द्रित शिक्षण विधिको सुरुवात गर्नु आधुनिक पाठ्यक्रमको मुख्य मुद्दा हो । यसले विद्यार्थीहरूमा उत्प्रेरणा जगाउँछ । शिक्षण विधिलाई प्रभावकारी बनाउँछ । शिक्षक तथा विद्यार्थीको उत्पादनशीलतामा बृद्घि गर्छ । सूचना युगको लागि आवश्यक सिप हासिल गर्दछ ।” अतः आजको आवश्यकता डिजिटल शिक्षा हो । 

आज देश बेरोजगारी समस्याले ग्रस्त छ । उत्पादित जनशक्ति मानसिक रूपमा पढेलेखेका तर व्यवहारिक रूपमा अनपढ जस्तो देखिएको छ ।  अज भनाै ,अक्षर चिन्ने अाफुले अााफैलाइ नचिन्ने, पढाइमा पास जीवनमा फेल हुने खालकााे जनशत्ति उत्पादित छ । हाम्रा विद्यालय र विश्व विद्यालय बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भई उत्पादित जनशक्ति कामविहीन भएका छन् । विदेश पढ्न जाने विद्यार्थी मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा मात्र ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको तथ्याङ्क छ । शिक्षित व्यक्तिले देश छोड्नुको एउटै कारण हो उनीहरूले व्यवसायी रूपले काम नपाउनु  र आफ्नै देशमा भविष्य नदेख्नु । यसको समाधान भनेको शिक्षण सिकाइमा सुधार नै हो । शिक्षण सिकाई मा अनुसन्धानमा आधारित विद्यार्थी केन्द्रित, परियोजनामा आधारित अन्तरक्रियात्मक शिक्षण विधि अपनाउनु पर्छ । आजको दिनमा प्रविधिमैत्री कक्षा कोठा,प्रविधि मैत्री शिक्षण सिकाइ, प्रविधि मैत्री कार्य वातावरण र प्रविधि मैत्री शिक्षक,कर्मचारी, अभिभावक हुनु आवश्यक छ । यसको लागि डिजिटल साक्षरता कार्यक्रम प्रवर्धन गरी आइसिटी उपकरण  र प्रविधिको शक्तिलाई प्रभावकारी शिक्षण सिकाइको रूपमा प्रयोग गर्न सकेमा समयको माग अनुसारको गुणस्तर शिक्षा हुनेमा विश्वस्त रहन सकिन्छ ।

लेखकः  प्रकाश श्रेष्ठ

माध्यमिक तह इन्चार्ज तथा अतिरित्त क्रियाकलाप संयाेजक

श्री सरस्वती माध्यमिक विद्यालय, गाेदावरी नगरपालिका ,१२, ललितपुर                                                   

सम्बन्धित पाेस्ट