पानी घट्ट पानीबाट चल्ने घरेलु यन्त्र
उपयाेग पीठाे बनाउन
घट्ट चलाउने व्यक्तिलाई घटेरो भनिन्छ
पानी घट्ट पर्यावरण मैत्री प्रविधि

पानी घट्ट

पानी घट्ट पानीबाट चल्ने अथवा घुम्ने एक प्रकारको ढुङ्गा को यन्त्र हो। जसको प्रयोगबाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। विशेष गरी नेपालको ग्रामीण इलाकामा यसको प्रयोग हुन्छ। पानी घट्ट प्राचीन काल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। ग्रीक भूगोलविद् स्ट्राबोका अनुसार सन् ७१ बिसीमा एसिया माइनरमा क्याबिराका राजा मिथराडेटस युपेटरको दरबार नजिकै पानी घट्टको प्रयोग भएको थियो।
 घट्ट पानीबाट चल्ने घरेलु यन्त्र हो। पानीलाई अग्लो ठाउँबाट काठको डूँडमार्फत छाँगो बनाई त्यसले हिर्काएपछि घुम्ने गरी पानी घट्टको मदानी राखिएको हुन्छ। मदानी घुमेपछि घट्टमा जोडिएको डुङ्गाको जाँतो चल्न थाल्छ र अन्न पिस्न थाल्छ। अन्न निरन्तर खस्नको लागि यसको माथि सोली अथवा कोठो राखिएको हुन्छ। सोलीमा अन्न खन्याइन्छ र अन्न सोलीबाट सोलीको मुखमा भएको धारा हुँदै घट्टमा खस्दछ। सोलीबाट अन्न खस्नको लागि सोलीमा कम्पनको आवश्यकता हुन्छ। यसको लागि सोली र घट्टको माथिल्लो फक्लेटोमा कटकटे अथवा चरो जोडिएको हुन्छ।
गाउँघरमा मकै, कोदो, फापर, गहुँ,चामल आदि अन्नबाली पिस्नका लागि पानी घट्टको प्रयोग अझैसम्म भइरहेको पाइन्छ। घट्ट चलाउने व्यक्तिलाई घटेरो भनिन्छ। अन्न पिसेबापत घटेरोले त्यही अन्नबाट निश्चित मात्रा लिएर जीविकोपार्जन गर्ने गर्दछ।
अधिकांश ठाउँमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगेको छैन। पुगेका ठाउँहरूमा पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानी पिसानीका आधुनिक मिल छैन। यसले गर्दा अझै पनि पानी घट्टमा नै आश्रित हुनु परेको छ। बढ्दो आधुनिकतासँगै सहर बजारमा पानी घट्टको प्रयोग हुन छाडे पनि बिजुली बत्ती नपुगेका गाउँ बस्तीमा भने घट्टको लोकप्रियता घटेको छैन।

सम्बन्धित पाेस्ट