Himal pardesh Natural

हिमाली क्षेत्र

नेपालको उत्तरी भेगमा हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तरदक्षिण चौडाईभित्र फैलिएको हिमाली प्रदेश समुद्र सतहदेखि ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली श्रृङ्खला देखिने नेपालका धेरै भूभागहरु छन् । जस्तै अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ, आदि नेपालका क्षेत्र पर्छन् । धवलागिरि चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन् । ती क्षेत्रहरुबाट हिमालय दक्षिणतिर देखिन्छ । विश्वका उच्चतम र मनोरम हिमाली टाकुराहरु नेपालको हिमालयखण्डमा छन् । कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दमोदर, निलगिरि, अन्नपूर्ण, धवालागिरि, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चङ्गला, चण्डी, नालकङ्कर, गुराँस पूर्वदेखि पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खलाहरु हुन् । यी शृङ्खलाहरु अधिकतम भोट (तिब्बत)का सीमावर्ती क्षेत्रमा रहेका छन् ।

हिमाली क्षेत्रको आर्थिक गतिविधिमा याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न छ । उनका गलैचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरु रहेको पाइन्छ । पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् ।

यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायु क्षेत्रअन्र्तगत पर्छ । उचाइ र पर्वतको अवस्थितिअनुसार जलवायु फरक पर्छ । सोलुखुम्बुको ४,४०० मिटर उचाइमा रहेको चुङकुङ गाउँमा आलु फल्छ । २,८०० मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा दुईसय मिलिमिटर बर्षा हुन्छ । यस्ता उच्च हिमालका खेतीयोग्य जमिन सोलुखुम्बु, मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा पाइन्छ ।

सम्बन्धित पाेस्ट