इतिहास

२०६२/६३ को जनआन्दोलन सफल भए पश्चात्, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले नेपालमा आएको राजनैतिक परिवर्तनहरूसँगै चलिआएका पुरानाशैलीहरूलाई पनि परिवर्तन गर्ने निर्णय गरेको थियो जहाँ राष्ट्रिय गानका कुरा समेत समावेश गरिएको थियो। सरकारले देशभरि रहेका कलाकारहरूलाई राष्ट्रिय गान लेख्नका लागि प्रेरित गरेको थियो र नयाँ राष्ट्रिय गान छनोट समिति पनि गठन गरेको थियो जसमा चौध सदस्यीय टोली रहेका थिए। सयौं थुङ्गा फूलका हामी बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनोट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनोट गरेको थियो। यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने सङ्गीतकार अम्बर गुरुङ हुन् . यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्।  यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मङ्सिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाख ७ गते राष्ट्रिय गानका रूपमा छानिएको छ।

सम्बन्धित पाेस्ट